No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

निधि दिल्लीमा , राजनीतिक भेटघाट हुने सम्भावना

निधि दिल्लीमा , राजनीतिक भेटघाट हुने सम्भावना

नयाँ दिल्ली । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि यतिबेला दिल्लीमा छन् । दिवंगत भारतीय नेता डीपी त्रिपाठीको स्मरणमा लेखिएका पुस्तकको विमोचन समारोहमा प्रमुख अतिथिका रुपमा आमन्त्रित निधिले त्यसबाहेक पनि केही राजनीतिक भेटघाट समेत गरेका छन् ।

नेपाली नेताहरुका मित्र तथा नेपाली लोकतन्त्रका शुभचिन्तकका रुपमा समेत चिनिएका त्रिपाठीको तीन वर्ष अगाडि निधन भएको थियो । त्रिपाठी राष्ट्रिय कांग्रेस पार्टीका महासचिव तथा राज्यसभा सदस्य थिए ।
शुक्रबार इन्डिया इन्टरनेसल सेन्टरको भरिभराउ सभा कक्षमा त्रिपाठीलाई स्मरण गर्दै निधि केहीबेर भावुक समेत बनेका थिए । ‘दिल्लीमा उहाँ(त्रिपाठी)ले आफ्नो निवासमा एउटा कोठालाई नेपाल कक्षकै नाम दिएका थिए, हामी उहाँलाई भेट्न पुग्दा यो तपाईंहरुकै लागि हो, कुनै साइनबोर्ड त झुन्ड्याइएको थिएन । नेपालीहरुका लागि त्यो कक्ष सदैव स्वागतका लागि तयार रहन्थ्यो,’ उनले भने, ‘त्यसले पनि नेपाल र नेपालीप्रति उनमा रहेको अथाह स्नेह देखिन्थ्यो ।’ निधिले सुनाए– नेपालमा लोकतन्त्र स्थापनाका लागि संघर्षरत नेपाली राजनीतिक दल र नेतालाई उनको साथ नै उनीसँगै विशेष सम्बन्ध हुनुको कारण थियो । नेपाली जनतालाई अधिकार, सम्मान र लोकतान्त्रिक वातावरण दिलाउन भारतको समर्थन प्राप्तीमा उनको सधैं सहयोग प्राप्त भएको निधिले उल्लेख गरे ।

‘बिना कुनै सन्देह नेपालको लोकतन्त्रलाई भारतको समर्थन रहँदै आएको छ, त्यसमा त्रिपाठीजीका पनि महत्त्वपूर्ण योगदान छ,’ निधिले भने, ‘नेपालमा लोकतन्त्र स्थापनाका लागि भारतीय शुभचिन्तकहरुको साथ मात्रै पाइएको छैन । त्यस्तो सहयोग दुईतर्फी भएको छ । हाम्रा नेताहरु पनि भारतमा भएको स्वतन्त्रताको लडाइँमा सहभागी थिए । जेलमा समेत बसेका थिए ।’

जनता दल युनाइटेटका महासचिव केसी त्यागीले भारतभित्र मात्रै होइन, बाहिरका देशमा पनि त्रिपाठीको मित्रता प्रगाढ रहेको र त्यसको उदाहरण नेपाल रहेको उल्लेख गरेका थिए । ‘नेपालमा एकैसाथ कांग्रेस र कम्युनिष्ट सबै दलका नेतासँग उहाँको एकै खाले राम्रो सम्बन्ध थियो,’ त्यगाीले भने, ‘अहिले त्रिपाठीजी भएको भए सायद प्रचण्डको शपथ ग्रहण समारोहमा पुग्थे र बेलुका देउवाजीको डिनर खान्थे । उहाँको नेपाली नेताहरुसँग त्यस्तो समानान्तर सम्बन्ध थियो ।’

त्रिपाठीको जीवनमा आधारित पुस्तकको विमोचन समारोहमा नेपालसँग उनको सम्बन्ध पनि चर्चामा रह्यो । कार्यक्रममा विभिन्न दलका राजनीतिज्ञहरुले त्रिपाठीको स्मरण गर्दै श्रद्धासुमन अर्पण गरेका थिए । राष्ट्रिय कांग्रेसका नेता पूर्वमन्त्री प्रफुल पटेल, सुप्रिया सुले, आम आदमी पार्टीका नेता एंव राज्यसभा सदस्य सञ्जय सिंह लगायतकाले त्रिपाठीको विद्ववता र समन्वयकारी भूमिकाको चर्चा गरेका थिए । (फाइल तस्बिर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
कांग्रेसका सांसदलाई सक्रिय भूमिका खेल्न सभापति देउवाको निर्देशन

कांग्रेसका सांसदलाई सक्रिय भूमिका खेल्न सभापति देउवाको निर्देशन

३२ महिनापछ‍ि चीनले अन्तर्राष्ट्रिय यात्रुका लागि ‘ट्रान्जिट’ खोल्यो

३२ महिनापछ‍ि चीनले अन्तर्राष्ट्रिय यात्रुका लागि ‘ट्रान्जिट’ खोल्यो

काठमाडौं आए नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत

काठमाडौं आए नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .