No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

शैक्षिक क्षेत्र चलायमान बनाउन विकल्प खाेजाैं

शैक्षिक क्षेत्र चलायमान बनाउन विकल्प खाेजाैं

काठमाडौँ  : कोरोना महामारीविरुद्धको हाम्रो लडाईं कहिले सकिन्छ ? कसैले आँकलन गर्न सक्ने अवस्था छैन ।

कोरोनाले मानव जीवनसँगै, अर्थतन्त्र, शैक्षिक, पर्यटकीय, धार्मिक लगायत सबै गतिविधि ठप्प पारेको छ । हाम्रा अगाडि कोरोनासँगै जीवन चलायमान बनाउनुको विकल्प छैन । अहिले अर्थतन्त्र चलायमानका लागि व्यापार-व्यवसाय खुला गरिएकाे छ ।

अब शैक्षिक क्षेत्र पनि चलायमान बनाउनुपर्छ । विश्वविद्यालयका शैक्षिक गतिविधि त राेक्नै हुँदैन । कोरोनाबाट जोगिँदै शैक्षिक क्षेत्रलाई चलायमान बनाउने विकल्प के हुन सक्छ ? यो विषयमा तत्काल निर्णय गर्नुपर्छ ।

शैक्षिक शत्र खेर फाल्नु हुँदैन । एक वर्ष मात्र शैक्षिक सत्र ढिला हुँदा विद्यार्थीलाई त असर पर्छ नै विश्वविद्यालयसँगै सिंगो राष्ट्रलाई पनि घाटा हुन्छ । किनकी राज्यले पाउने दक्ष जनशक्ति पाउँन एक वर्ष ढिला हुन्छ । शैक्षिक तालिका बनाउन गाह्राे हुन्छ ।

त्यसकारण कोरोना महामारीबीच पनि शैक्षिक क्षेत्र खोल्न र शैक्षिक गतिविधि चलायमान बनाउन उत्तम विकल्प खोज्नुपर्छ ।  कोरोनाकै कारण पठनपाठन रोक्न हुँदैन ।

एसईईको विकल्प खोजिए जस्तै अरु तहको पनि विकल्प खोज्नुपर्छ । ताकी विद्यार्थीको पढाइसँगै उनीहरुको मनोविज्ञानमा पनि असर नपरोस् । कोरोनाकै कारण शैक्षिक सत्र पर सर्दै गयो भने भविष्यमा राज्यले ठूलो मूल्य चुकाउनुपर्छ ।

अहिले नयाँ नयाँ प्रविधिको पनि विकास भएको छ । कोरोनाकै कारण हामीले जुम प्रविधि र अनलाइन कक्षाको अवधारणा प्रयोग गर्‍याैं । प्रविधिमै फड्को मारेर विभिन्न विदेशका विश्वविद्यालयले विद्यार्थीलाई घरमै बसेर कक्षा लिने र घरमै बसेर परीक्षा दिने वातावरण मिलाएका छन् ।

हामीले पनि मिलाउनुपर्छ । याेजना बनाउनुपर्छ । प्रविधिको प्रयोग भएका विश्वविद्यालयमा विद्यार्थीको आर्कषण पनि बढेको पाइन्छ । त्यस्ता विश्वविद्यालयका विद्यार्थीहरुलाई कोरोनाले केही फरक पारेको देखिँदैन । किनकी उनीहरु प्रविधिको प्रयोगमार्फत शैक्षिक गतिविधिमा सामेल भएका हुन्छन् । घरबाटै विद्यार्थीलाई पठन-पाठनको व्यवस्था मिलाइएकाे हुन्छ ।

तर नेपालका विश्वविद्यालयहरूले आधुनिक प्रविधिको खासै प्रयाेग गरेकाे पाइँदैन । नेपालको जेठो विश्वविद्यालय त्रिभुवन विश्व विद्यालयले समेत प्रविधिको भरपुर प्रयोग गरेको पाइएको छैन ।

कोरोना अनि त्रिविको पठन पाठनका विषयमा अनेरास्ववियूका युवा नेता नरायण घर्ती भन्नुहुन्छ- ‘त्रिवि नेपालको जेठो ठूलो साधन स्रोत सम्पन्न विश्वविद्यालय हो, शैक्षिक सत्र व्यस्थापनमा त्रिभुवन विश्वविद्यालय गम्भीर बन्नुपर्छ ।’

कोरोना संक्रमणकाललाई अध्यन अध्यापनका वैकल्पिक विधिहरुको प्रयोग र विकास गर्ने अवसरका रुपमा प्रयोग गर्न सक्नुपर्ने घर्तीको सुझाव छ । ‘यो विश्व विद्यालयको नेतृत्व तहको परीक्षाको घडी पनि हो, विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न खोजे अनेरास्ववियू कडा रुपमा प्रस्तुत हुन्छ’ उहाँले भन्नुभयो ।

शैक्षिक क्षेत्र सुधारसँगै विभिन्न ४ बुँदे माग राखेर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई मागपत्र बुझाइएको पनि घर्तीले बताउनुभयो । उहाँका अनुसार साे मागपत्रमा शिक्षण संस्थामा रहेका क्वारेन्टिन हटाउन र शैक्षिक सत्र खेर नजाने गरी पठनपाठनको योजना बनाई कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन माग गरिएकाे छ ।

निजी विद्यालय र क्याम्पसहरूले अनलाइन कक्षाका नाममा चर्को शुल्क उठाएकाले कारबाही गर्न र कक्षा १२, क्याम्पस र विश्वविद्यालय तहका रोकिएका, नियमित तथा आंशिक परीक्षा सञ्चालनको ठोस मापदण्ड बनाइ क्रमशः तथा अन्तिम सेमेस्टरको परीक्षा यथाशीघ्र सञ्चालन गर्न पनि माग गरिएकाे छ ।

कोरोना भन्दा अघि पनि महामारी आएका थिए र कोरोना सकिएपछि अन्य महामारी पनि नआउलान् भन्न सकिँदैन । त्यति बेला पनि यसैगरी विश्वविद्यालय बन्द गर्ने ? यसो गर्नुहुँदैन बरु महामारी धान्न सक्ने गरी प्रविधिको उच्चतम व्यवस्था गर्नुपर्छ । विश्वविद्यालय तहमा यो लागू गर्न समस्या पनि हुँदैन ।

काेराेना महामारीबीच पनि भर्चुअल, भाैतिक दूरी वा अन्य विकल्पकाे प्रयाेग गरेर गतिविधि सुरू गर्नुपर्ने उहाँले बताउनुभयाे । ‘काेराेनाका कारण अलपत्र परेका गरिब विद्यार्थीलाई जीविकोपार्जन र कोठा भाडाको सन्दर्भमा तत्काल राहत प्याकेज घोषणा गर्न समेत माग गरेका छाैं’- घर्तीले भन्नुभयाे ।

असाेज २ गते ४ बुँदे मागपत्र बुझाउँदै १३ विद्यार्थी संगठनले ७ दिन भित्र माग पूरा गर्न मन्त्री पाेखरेललाई अनुराेध गरिसकेका छन् । ‘त्रिविका अगाडि अहिले अवसर नै अवसर छ यसको सदुपयोग गर्नुपर्छ, प्रविधिकै प्रयोग गरेर शैक्षिक गतिविधि अगाडि बढाउनुपर्छ’- धेरै विद्यार्थीकाे साझा माग हाे ।

पछिल्लो समय विद्यार्थी संगठनको दबाब र लामो प्रयासमा केही क्याम्पसमा अनलाईन माध्यमबाट पठन पाठन पनि सुरू भएको पाइएको छ ।  व्यवस्थापक संकायको शंकर देव क्याम्पसमा अनेरास्ववियूको पहलमा केही दिन देखि  निरन्तर स्नाकोतरका कक्षाहरु सञ्चालन त भएका छन् ।

तर परिक्षाको मिति भने त्रिविले निकालेको छैन् । रोकिएका परीक्षा कहिले सञ्चालन गर्ने टुंगो लागेको छैन । त्रिविले दशैअघि परीक्षा गर्न नसकिने समेत बताइसकेकाे छ ।

अनेरास्ववियूका नेता गिरीस ढगुन्नाले चाँडाे भन्दा चाँडाे शैक्षिक गतिविधि थाल्नुपर्ने बताउनुभयाे । ‘अब त्रिविले ढिला गर्ने बेला छैन चाँडो भन्दा चाँडाे भविष्यमा समेत दिगो हुने गरी आफ्नो शैक्षिक नीति तयार पारेर सम्पूर्ण विद्यार्थीलाई आशा दिलाउन सक्नुपर्छ’ – उहाँले भन्नुभयाे ।

एक बर्षअघि सम्म त्रिविमा खुल्ला शिक्षाको नीति रहेकाे बताउँदै उहाँले भन्नुभयाे – ‘राजनितिक शास्त्र र मेनेज्मेटको खुल्ना नितिबाट परिक्षा लिईन्थ्यो, तर अब त्यो पनि रहेन ।’

नेविसंघका नेता सुरज विष्टले पनि तत्काल शैक्षिक गतिविधि अघि बढाउने याेजना बनाएर काम गर्न सुझाव दिनुभयाे । शैक्षिक सत्र पर धकेलिँदा सबैलाई असर पर्ने उहाँकाे भनाइ छ । sunrisekhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post
वामदेवलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगराउन सर्वोच्चको आदेश

वामदेवलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगराउन सर्वोच्चको आदेश

धेरैजसो स्थानमा भारी वर्षा, शनिबारबाट मौसममा क्रमिक सुधार आउने

धेरैजसो स्थानमा भारी वर्षा, शनिबारबाट मौसममा क्रमिक सुधार आउने

सम्पत्ति विवरण नबुझाउने १७ हजार नेता तथा कर्मचारी कारवाहीमा

सम्पत्ति विवरण नबुझाउने १७ हजार नेता तथा कर्मचारी कारवाहीमा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .