No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपालगञ्जमा दिनदहाडै खुकुरी प्रहार गर्ने ४ जना पक्राउ

नेपालगञ्जमा दिनदहाडै खुकुरी प्रहार गर्ने ४ जना पक्राउ

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ गणेशपुरमा दिनदहाडै खुकुरी प्रहार घटनाका चार जना अपराधीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार करिब सवा २ बजेको समयमा युपि ३२ इयु ८६१६ नम्बरको भारतिय कारमा आएका विनय भण्डारी, नारायण डाँगी, प्रकाश रसाईली, तासे भन्ने प्रकाश थापा समेतका व्यक्तीहरुले नेपालगञ्जको गणेशपुरमा तीन जनालाई घाइते बनाएका थिए ।

भारतीय गाडीमा आएका उनीहरुले नेपालगञ्ज उप-महानगरपालिका वडा नं.१२ का अनुराग शाह, जानकी गाँउपालिका वडा नं.३ का उज्वल शाह र नेपालगञ्ज उप-महानगरपालिका वडा नं.४ का सुभम जंग शाहलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । उनीहरु मध्ये लखनउमा उपचाररत अनुरागको अवस्था गम्भिर रहेको छ ।

जस पश्चात तत्काल जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरको कमाण्डमा घटनास्थलमा पुगेको प्रहरी टोलीले घाइतेहरुलाई उपचारको लागि नेपालगञ्ज स्थित शिक्षण अस्पताल पठाइएको थियो ।

खुकुरी प्रहार गरी भागेका व्यक्तिहरुको खोजतलास गर्ने क्रममा उनीहरु बाँकेको डुडुवा गाँउपालिका वडा नं. ३ स्थित बनकट्टीबाट रामपुरुवा जाने कच्ची बाटोको दक्षिण तर्फ गहुँ लगाएको खेतमा घटनामा प्रयोग भएको खैरो रंगको कार प्रहरी फेला पारेको थियो । उक्त घटनामा संलग्न नेपालगञ्ज उप-महानगरपालिका वडा नं. १८ का २९ वर्षिय विनय भण्डारी, नेपालगञ्ज वडा नं. ६ का ३१ वर्षिय तासे भन्ने प्रकाश थापा, राप्तीसोनारी गाँउपालिका वडा नं. २ का ३१ वर्षिय नारायण डाँगी र वैजनाथ गाँउपालिका वडा नं. ५ का २९ वर्षिय प्रकाश रसाईली भन्ने तुल्सीराम सुनारलाई डुडुवा गाँउपालिका वडा नं.२ दासपुरुवाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरीका सूचना अधिकारी राम प्रसाद घर्ती मगरले जानकारी दिए ।

उक्त घटनामा प्रयोग भएका २ थान खुकुरी नेपालगञ्ज वडा नं. ५ फुल्टेक्रा स्थित सडक नजिक बुट्यान झाँडीमा फेला पारेको र थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अंग्रेजी नयाँ बर्षको साँझ नेपालगञ्जको कारकादौंमा रहेको स्टारलाईट होटलमा भएको झगडाकै कारण उग्ररुप लिएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । नयाँ बर्षको साँझ नेपालगञ्जको उक्त होटलमा खुकुरी प्रहारबाट घाइते भएका अनुराग शाह र घटनामा संलग्न रहेका तासे भन्ने प्रकाश थापाको समूह बीचमा वादविवाद र झगडा भई थापाको टाउकोमा चोट लागेको थियो । सोही घटनाको प्रतिशोध लिने उद्धेश्यले शाह समेत माथि योजना बनाई खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । दुबै समूह फरक-फरक राजनीतिक पृष्ठभूमी भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

Next Post
प्रधानमन्त्री दाहालले आज सचिवहरुलाई ३० बुँदे निर्देशन जारी गर्दै

प्रधानमन्त्री दाहालले आज सचिवहरुलाई ३० बुँदे निर्देशन जारी गर्दै

ओलीले लगाए जुक्ति, एमालेको सिट सङ्ख्या ७९ पुग्यो

ओलीले लगाए जुक्ति, एमालेको सिट सङ्ख्या ७९ पुग्यो

पोखरा विमानस्थल सञ्चालनमा त्रुटिपूर्ण अभ्यास

पोखरा विमानस्थल सञ्चालनमा त्रुटिपूर्ण अभ्यास

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .