No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

राजनितिक स्थिरताको लागि प्रचण्ड-देउवा मित्रता अपरिहार्य

राजनितिक स्थिरताको लागि प्रचण्ड-देउवा मित्रता अपरिहार्य

काठमाडौं- नेपाली राजनीतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अस्थिर राजनीतिज्ञको रुपमा विश्लेषण गरिन्छ। तर, अध्यक्ष प्रचण्डले भने आफूलाई गतिशील राजनीतिज्ञको रुपमा ब्याख्या गर्ने गरेका छन्।

०६४ सालको निर्वाचनमा माओवादीलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाएपछि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका प्रचण्ड अहिले सत्ता गठबन्धनको साथमा रहेका छन्। केहीले प्रचण्डले प्रधानमन्त्री पद नपाएको अवस्थामा गठबन्धन छोड्नसक्ने आँकलनहरु गरिरहेका छन्।

तर, प्रचण्डलाई भने नेपाली राजनीतिको अस्थिर चरित्र सुधार गर्न र नेपालको राजनीतिक स्थिरताका लागि पनि गठबन्धन कायमै गर्नुपर्ने आवश्यकता खडा भएको छ। मंसिर ४ गते भएको आम निर्वाचन र गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा गठबन्धनबाट सबैभन्दा बढी लाभान्वित माओवादी केन्द्र नै बनेको छ।

उनले निर्वाचनअघि पनि वाम-लोकतान्त्रिक गठबन्धनलाई चुनावपछि पनि कायम राख्‍ने बताउँदै आएका थिए। उनले गठबन्धन कायम गर्ने नेपाली कांग्रेसको निर्णयलाई पनि स्वागत गरेका थिए। उनले भनेका थिए, ‘कांग्रेसले सही निर्णय गरेको छ। हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने छ। यो गठबन्धनमा यताउता गर्ने भन्ने हाम्रो कहीँ कतै छैन। बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ। यो गठबन्धन कुनै हालतमा छोडिँदैन।’

उनले यसअघि नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी चालेको र त्यसविरुद्ध गठबन्धन बनाइएकोले अहिलेको गठबन्धनको विकल्प नभएको बताउँदै आएका छन्। २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिकरुपमा संसद् विघटन गरेपछि प्रचण्डकै पहलमा अहिलेको गठबन्धन बनेको थियो।

उनले यस गठबन्धनको औचित्यबारे प्रष्ट पार्दै भनेका थिए, ‘नेकपा एमालेसँग पार्टी एकता गर्नु वस्तुत: सही भए पनि केपी शर्मा ओली र उनको गुटमा देखा परेको अहंकार, पदलोलुपता, आत्मसमर्पणवाद र दक्षिणपन्थी अवसरवादका कारण नेकपा विभाजन भएको हो। ओलीले पार्टीलाई दक्षिणपन्थी कित्तामा उभ्याउने, सरकारलाई आफू निकट व्यक्ति पोस्ने र दलाल नोकरशाही पुँजीवादलाई हुर्काउने साधनको रुपमा दुरुपपयोग गरेको, संघीयता, गणतन्त्र र संविधानमाथि नै आक्रमण गरेका कारण हामीले गठबन्धन बनाएका हौं।’

ओलीले प्रधानमन्त्री पदमा पुग्न र निरंकुश बन्नका लागि मात्र पार्टी एकता गरेको क्रमशः प्रष्ट हुँदै गएकोले ओलीसँग मिल्‍न सकिने कुनै सम्भावना नरहेको पनि उनले प्रष्ट पारेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले पनि ओलीले गरेका असंवैधानिक कदमलाई आँखा चिम्लिएर समर्थन गरेकोप्रति उनी रुष्ट बनेका थिए।

संविधानको रक्षा, लोकतन्त्रको संस्थागत, संघीयताको पूर्ण कार्यान्वयन, प्रतिगमनलाई पूर्ण रुपमा परास्त गर्ने, र शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता जस्ता जिम्मेवारी गठबन्धनको रहेकाले अहिले यस गठबन्धनको विकल्प नभएको उनले बताएका छन्।

यसरी गठबन्धनको विकल्प नभएको बताउने प्रचण्डलाई अहिले एमाले अध्यक्ष ओलीले विभिन्‍न अफरहरु देखाएर आफूतिर तान्‍ने प्रयास गरिरहेका छन्। तर, प्रचण्डले भने आफ्नो विगतमा गरेका गल्तीहरुलाई स्वीकार गर्नुको साटोले ओली आत्मकेन्द्रित भएको टिप्पणी गर्दै विश्वास गर्न नसकिने बताइरहेका छन्।

२०७२ सालमा पनि ओलीले आधा-आधा कार्यकाल प्रधानमन्त्री बन्‍ने सहमति भएको र अन्तिममा धोका दिएको र २०७७ मा पनि प्रचण्डलाई धोका दिँदै संसद् विघटन गरेका कारण ओलीले गरेका कुनै पनि प्रस्तावमा समर्थन गर्न नसकिने बताइरहेका छन्।

प्रचण्डका लागि सहज र दुई-दुई वर्ष कार्यकाल विभाजन गरेर देउवासँग रहनु नै उनका लागि हितकर हुने देखिन्छ। प्रचण्डलाई २०७२ मा ओलीले धोका दिएपछि कांग्रेसले साहरा दिएको र प्रधानमन्त्री देउवाले सहमति अनुसार नै पहिला प्रचण्डलाई नै प्रधानमन्त्री बनाएका थिए। अहिले पनि पहिले देउवालाई प्रधानमन्त्री बन्‍न दिने र त्यसपछि प्रचण्ड प्रधानमन्त्री बन्दै मुलुकको सर्वाधिक हितका लागि जनताले दिएको म्यान्डेटलाई सम्मान गर्नु नै प्रचण्डको राजनीतिक सफलता मानिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार

लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार

सांसदहरुको शपथ ग्रहण हुँदै, त्यसअघि सर्वदलीय बैठक

सांसदहरुको शपथ ग्रहण हुँदै, त्यसअघि सर्वदलीय बैठक

कुख्यात अपराधी चार्लस् शोभराजलाई १५ दिनभित्र छाड्न सर्वोच्चको आदेश

कुख्यात अपराधी चार्लस् शोभराजलाई १५ दिनभित्र छाड्न सर्वोच्चको आदेश

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .