No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनकपुरमा जथाभावी फालिन्छ कोरोना संक्रमितलाई उपचार गरेको फोहोर, स्थानीय त्रसित

जनकपुरमा जथाभावी फालिन्छ कोरोना संक्रमितलाई उपचार गरेको फोहोर, स्थानीय त्रसित

धनुषा : जनकपुरमा कोरोना संक्रमितको उपचारको क्रममा स्वास्थ्यकर्मी तथा डाक्टरले प्रयोग गरेका स्वास्थ्य सामग्री जथाभावी फाल्ने गरेका कारण स्थानीयवासी त्रसित भएका छन्।

कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीले प्रयोग गरेका पीपीई, मास्क, पञ्जा लगायतका फोहोर सामग्री प्रादेशिक अस्पताल जनकपुरको प्राङ्गणमै फालिएपछि उपचार गराउन पुग्ने अन्य बिरामी तथा आसपासका वासिन्दामा त्रास फैलिएको हो।

संवेदनशील स्वास्थ्य संस्थाहरु गंगालाल हृदयकेन्द्र, खोप तथा परिवार नियोजन संघ, जिल्ला स्वास्थ्य कार्यालय र नर्सिंग क्यम्पसमै संक्रमितलाई उपचार गर्ने आइसोलेसन कक्ष रहेको छ। र त्यहीँ परिसरमा अहिले ती फोहोरमैला फालिँदै आएको छ।

उक्त फोहोरको डङ्गुरमा दिनभरी दर्जनौ गाई, सुँगुर र कुकुर जम्मा हुने गरेको र ती जनावर वस्तीमा पस्ने गरेकाले बस्तीमा त्रास फैलिएको छ।

अस्पतालले संक्रमण फैलाउन सक्ने फोहाेरमैला व्यवस्थित गर्न नसकेकाले आफूहरु त्रसित भएको स्थानीय पुजा शर्माले गुनासो गरिन्।

‘यहाँ आइसोलेसन निर्माण गरेदेखि नै हामी स्थानीय त्रसित छौं। तर कोरोना संक्रमितलाई उपचार गर्दा प्रयोग गरिएका फोहोर समेत अस्पतालले जथाभावी फालेपछि बस्तीमा कोरोनाको जोखिम बढेको छ,’ उनले भनिन्, ‘कोरोना संक्रमितको संख्या दिनानुदिन बढेकै छ। अस्पताल परिसरमा जथाभावी फालेको फोहोर खाएर सुंगुर, कुकुर, गाई बस्तीमै डुलेपछि डरले हामीलाई कुनै अति आवश्यक कामले घरबाट निस्किन समेत गाह्रो भएको छ।’

सबभन्दा बढी गंगालाल हृदयकेन्द्रमा उपचार गराउन जाने गरेका बिरामी डराउने गरेका छन्।

मुटु रोगीलाई कोरोना भाइरसको संक्रमणबाट बढि जोखिम हुने पछिल्लो अध्ययन तथा घटानाक्रमले देखाएका छन्।

गंगालाल हृदयकेन्द्रमा आफ्नो छोराको उपचार गराउन पुगेका सखुवा महेन्द्रनगरका जनकलाल सिंह अस्पतालकै छेउमा कोरोना संक्रमितलाई उपचार गरेको पीपीई जस्ता फोहोर जथाभावी देखेपछि त्रसित हुने गरेका छन्।

‘यस्तो संवेदनशील ठाउँमा यसरी जथाभावी अस्पतालजन्य फोहोर फाल्नु मुटु रोगीको लागि निकै घातक छ। झन् त्यो फोहोरमा सुंगुर, कुकुर र गाईहरु डुल्छन् र पछि बस्तीमा पुग्छन्,’ उनले भने, ‘प्रादेशिक अस्पतालले किन यहाँ फोहोर यसरी जथाभावी फालेको हो? यस्तो फोहोरलाई त झन् संवेदनशील भएर मानिस नजाने ठाउँमा राम्ररी व्यवस्थापन गर्नुपर्ने हुन्छ। यहाँ त चारैतिर स्वास्थ्य संस्था नै छन्।’

गंगालाल हृदयकेन्द्र जनकपुरका प्रमुख डा.राजेश साहले जथाभावी फालेको फोहोरले यहाँ उपचार गराउन आउने बिरामीमा त्रास फैलिएको बताए।

‘यो ठाउँमा प्रादेशिक अस्पतालले पहिलेदेखि नै फोहोर फाल्दै आएको छ। कहिलेकाँही नगरपालिकाले पनि फोहोर फाल्छ।

अस्ति मरेको एउटा गाई नगरपालिकाले यही ल्याएर गाडेको थियो,’ डा. साहले भने भने ‘यो अति संवेदनशील ठाउँ भएकाले पटक पटक यहाँ फोहर नफाल्न प्रादेशिक अस्पताल र जनकपुरधाम उपमहानगरपालिकामा आग्रह गर्दा कुनै वास्ता गरिएको छैन। झन् अव संक्रमितलाई उपचार गरेको फोहर नै फ्ँयाकिएको छ।’

यता प्रादेशिक अस्पताल जनकपुरले अन्यत्र फोहोर फाल्ने ठाउँ नभएकोले अस्पतालकै जग्गा भएको उक्त ठाउँमा फोहोर व्यवस्थापन गर्ने गरेको बताएको छ।

तर संक्रमितलाई उपचार गरेको पीपीई लगायतको फोहोरको केमिकल प्रयोग गरी डिस्पोज गरेर मात्र छेउको कन्टेनरमा राखेर जलाउने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जामुन सिंहले बताए।

‘फोहोर व्यवस्थापनको लागि डम्पिंग साइट चाहिन्छ। उपमहानगरको डम्पिंग साइट छैन। उसले वास्ता पनि गर्दैन। त्यसैले अस्पतालकै जग्गामा व्यवस्थापन गर्नुपरेको छ,’ डा. सिंहले भने, ‘कोरोना संक्रमितलाई उपचार गरेको फोहरलाई केमिकल प्रयोग गरी डिस्पोज गरेर मात्र व्यवस्था गर्ने गरिएको छ। त्यो फोहोरबाट आतिनु पर्दैन। अहिले बाहिर फोहोर व्यवस्थापनको कुनै विकल्प छैन। अब चाँडै संघीय सरकारको सहयोगमा फोहोर व्यवस्थापन गर्ने थर्मल प्लान्ट जडान हुन्छ। त्यसपछि यो समस्या रहँदैन।’

उनले कन्टेनरमा मात्र फोहोर राखेर जलाउने गरेको बताउँदै कहिले काहीँ फ्याँक्नेहरुले कन्टेनरबाहिर पीपीई फालेको हुनसक्ने बताए। अब सीसीटीभीबाट निगरानी गरेर जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्ने उनको भनाइ छ।

यता जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता झाले डम्पिंग साइट नरहेकोले फोहोर व्यवस्थपनमा समस्या भएको बताइन्।

फोहोर व्यवस्थापनको समस्या चाँडै समाधान गर्न उपमहानगरपालिकाले पहल गरिरहेको उनको भनाइ छ। todaypati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

अझै निभेको छैन मोहनबहादुर बस्नेतको घरको आगो

अझै निभेको छैन मोहनबहादुर बस्नेतको घरको आगो

छोरीलाई पढ्न सघाउँदा आमाले नै डाक्टरी पढ्न एमबीबीएसको परीक्षा पास गरिन्

छोरीलाई पढ्न सघाउँदा आमाले नै डाक्टरी पढ्न एमबीबीएसको परीक्षा पास गरिन्

सिरहाबाट सुरु भएको ज्ञापनपत्र अभियान देशभर चर्नवध आन्दोलन गर्ने सरकारलाई चेतावनी

सिरहाबाट सुरु भएको ज्ञापनपत्र अभियान देशभर चर्नवध आन्दोलन गर्ने सरकारलाई चेतावनी

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

Next Post
नेपाली भुमी अतिक्रमण गरी चीनले भवन निर्माण गरेकाेमा लुम्बिनी नागरिक समाजकाेआपत्ति

नेपाली भुमी अतिक्रमण गरी चीनले भवन निर्माण गरेकाेमा लुम्बिनी नागरिक समाजकाेआपत्ति

अर्थ समितिले राजस्व चुहावट समाधान गर्न बिभिन्न चार उपसमिति गठन

अर्थ समितिले राजस्व चुहावट समाधान गर्न बिभिन्न चार उपसमिति गठन

युरिया मलको अन्तिम खेप आउँदै, साढे १७ हजार टन आईसक्यो

युरिया मलको अन्तिम खेप आउँदै, साढे १७ हजार टन आईसक्यो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

हत्या मुद्दा खेपिरहेका उपेन्द्रलाई भोट नदिने सप्तरीबासीको उदघोष

सप्तरी–२ मा पराजयपछि उपेन्द्र यादवद्वारा जनादेशको सम्मान

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गृहमन्त्रीको विश्वास

जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गृहमन्त्रीको विश्वास

८३ क्षेत्रमा नतिजा सार्वजनिक, कहाँ को विजयी?

८३ क्षेत्रमा नतिजा सार्वजनिक, कहाँ को विजयी?

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .