No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ओलीका दूतमार्फत दाहाललाई प्रधानमन्त्री प्रस्ताव

ओलीका दूतमार्फत दाहाललाई प्रधानमन्त्री प्रस्ताव

निर्वाचन आयोगले निर्वाचनको अन्तिम प्रतिवेदन घोषणा राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहँदा सरकार गठनबारे विभिन्न दलबीच औपचारिक–अनौपचारिक संवाद सुरु भएका छन्। वर्तमान सत्ता गठबन्धनका चार दलले नयाँ सरकार बनाउने बहुमत नपाएपछि विपक्षी खेमामा रहेको एमालेले पनि सरकार बनाउने विषयमा अनौपचारिक छलफल थालेको छ।

अनौपचारिक छलफलकै क्रममा एमालेले सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रलाई गठबन्धन छाडेर आए सरकार गठनका लागि सबै विकल्प खुला राख्ने सन्देश पठाएको छ। ‘गठबन्धन छाड्न गाह्रो देखिएको छ। गठबन्धन छाडेर आए कुनै न कुनै विकल्पबारे छलफल गर्न सकिन्थ्यो। त्यो भनेको दाहाललाई प्रधानमन्त्री पनि हो। तर त्यसका लागि गठबन्धन छाडेर आउनुपर्ने भनेर हामीले भनेका छौं,’ माओवादी केन्द्रका नेताहरूसँग अनौपचारिक कुराकानी गर्दै आएका एमालेका एक पदाधिकारीले भने।

माओवादी केन्द्रले एमालेलाई देखाएर कांग्रेससँग आधाआधा कार्यकाल बाँडेर सुरुमा प्रधानमन्त्री लिन खोजेको छ। एमालेको बुझाइ पनि आफ्ना नेताहरूसँगको भेटघाटलाई देखाएर माओवादी केन्द्रले कांग्रेससँग ‘बार्गेनिङ पावर’ बढाइरहेको भन्ने हो। ‘माओवादी केन्द्रका नेताहरूले एमालेलाई देखाएर कांग्रेससँग शक्ति बाँडफाँटबारे कुरा गरिरहेका छन्। उनीहरूले गठबन्धन छाडेर हामीसँग कुरा गरून्। सबै विकल्पमा खुला छलफल हुन्छ,’ एमालेका ती पदाधिकारीले भने।

पछिल्लोपटक कांग्रेसभित्र देखिएको शक्ति ध्रुवीकरण र गैरवामपन्थीको मिलेमतोमा सरकार बन्ने सम्भावना देखिएपछि माओवादी केन्द्र एमालेतिर आकर्षित भएको आकलन सो दलका नेताहरूको छ। ‘रात गयो बुद्धि पलायो भनेजस्तो भएको छ। माओवादी अनौपचारिक ढंगले संवादमा आए पनि विश्वासिलो वातावरण बनेको छैन। गठबन्धन छाडेर नआएसम्म विश्वासिलो आधार बन्दैन पनि,’ एमाले स्रोतले भन्यो।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल भने नेताहरूबीच शुभकामना आदानप्रदान हुनुलाई सामान्य ठान्छन्। ‘नेताहरूबीच शुभकामना आदानप्रदान हुनुलाई सामान्य रूपमा लिनुपर्छ। भेटघाटले सम्बन्धलाई सुमधुर बनाउँछ। नेताहरूले भेटघाट गर्दैमा सरकार बनाउने, गठबन्धन टुटाउने भन्नेजस्ता विषयमा कुराकानी भएको भनेर व्याख्या गर्न मिल्दैन। यसलाई ठुलो कुरा मान्नु पनि हुन्न। दलका नेताहरूबीच भेटघाट हुँदा राजनीतिक विषयमै कुराकानी हुन्छ भनेर सोच्नुपर्छ,’ रिजालले भने।

निर्वाचनमा मतदान भएको २४ दिनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका महासचिव देव गुरुङबीच मंगलबार भेट भयो। सो भेटलाई लिएर अनेकौं अड्कलबाजी गरिएको छ। भेटलाई संयोग र आकस्मिक मान्नुपर्ने कुनै कारण नभएको एमाले नेता बताउँछन्। स्रोतका अनुसार माओवादी केन्द्रका महासचिव गुरुङले एमाले अध्यक्ष ओलीसँग भेटघाट गर्नुका पछाडि एमाले सचिव रघुवीर महासेठको हात छ।

निर्वाचन क्षेत्र धनुषाबाट फर्किएलगत्तै महासेठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेका थिए। केही दिनदेखि महासेठले होटल हिमालयनमा माओवादी केन्द्रका नेताहरूसँग भेटघाट गर्दै आएका छन्। उनले ओलीकै इसारामा भेटघाट गरिरहेको स्रोतको दाबी छ। महासेठले ओलीका तर्फबाट सरकार गठनबारे सबै विकल्पमा छलफल गर्न एमाले तयार रहेको सन्देश माओवादी केन्द्रका अध्यक्ष दाहालसमक्ष पठाएका छन्। उनले आधाआधा कार्यकालमा सुरुमा सरकारको नेतृत्व गर्न दाहाललाई दिन सकिने गरी छलफलका लागि एमाले तयार रहेको सन्देश दिएको स्रोतको दाबी छ। तर एमालेका कतिपय नेताले भने माओवादी केन्द्रलाई प्रधानमन्त्री नै दिनेगरी संवाद अघि बढिनसकेको बताएका छन्।

माओवादी केन्द्रका महासचिव गुरुङले मंगलबार राति बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेटेपछि दाहालले बुधबार कास्की पुगेर एकपटक देशको नेतृत्व गर्न मन लागेको अभिव्यक्ति दिएका छन्। स्रोतका अनुसार कांग्रेसले गैरवामपन्थी सरकार गठन गर्ने प्रयास गरेसँगै महासचिव गुरुङले एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेर सहकार्य गर्न सक्ने छनक दिएका छन्। ‘एमाले अध्यक्ष ओली प्रतिनिधिसभामा निर्वाचित हुनुभएकोमा बधाई दिन बालकोट गएको हुँ। अलि बढी नै हल्ला भएछ। हल्ला भएजस्तो केही पनि कुराकानी भएको छैन,’ गुरुङले भने।

नेकपा विघटनपछि एमाले र माओवादी केन्द्रका नेताहरूबीच औपचारिक भेटघाट भएको छैन। एमाले अध्यक्ष ओलीले निर्वाचन परिणाम आएपछि दाहाललाई फोन गरेर बधाई दिएका थिए। यसपछि माओवादी नेताहरू एमालेका नेताहरूसँग अनौपचारिक संवादमा छन्। तर यसको सार्वजनिक रूपमा जानकारी दिइएको छैन। एमालेभित्र उपाध्यक्षहरू विष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङलगायत र माओवादी केन्द्रभित्र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव गुरुङ लगायत वाम गठबन्धनको पक्षमा छन्।

स्रोतका अनुसार एमाले र माओवादी केन्द्रका केही नेता एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाललाई भेट गराउने कोसिसमा छन्। संसद्मा गैरवामपन्थीको समेत बहुमत पुग्ने अवस्था रहेकाले कांग्रेस नेतृत्वको सरकारले अध्यादेश ल्याएर सिके राउत र रेशम चौधरीको साथ खोजेकै कारण वामपन्थीहरू आपसमा नजिक हुन थालेका छन्। एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका महासचिव गुरुङबीचको भेटले राजनीति तरंगित भएपछि बुधबार बिहान माओवादी अध्यक्ष दाहालले नेकपा एसका अध्यक्ष नेपालसँग भेट गरेका छन्। प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचनमा नेकपा एसले ‘थ्रेसहोल्ड’ नकटाएपछि माओवादीसँग एकता गर्ने चर्चा चलिरहेको छ।  नागरिकन्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
हिन्दुवादी पार्टी राप्रपाले क्रिश्चियनलाई समानुपातिक सांसद बनाएपछि तरङ्ग

हिन्दुवादी पार्टी राप्रपाले क्रिश्चियनलाई समानुपातिक सांसद बनाएपछि तरङ्ग

सिरहामा कर्तव्य गरी ज्यान मार्ने २ जना प्रक्राउ

सिरहामा कर्तव्य गरी ज्यान मार्ने २ जना प्रक्राउ

गाउँपालिकाका अध्यक्ष शिवउदगारले श्रीमतिको साट्टामा प्रअको रुपमा काम गर्ने विन्दीलाई समाते

गाउँपालिकाका अध्यक्ष शिवउदगारले श्रीमतिको साट्टामा प्रअको रुपमा काम गर्ने विन्दीलाई समाते

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .