No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सरकार बनाउन प्रधानमन्त्री देउवाले पुर्‍याए बहुमत

सरकार बनाउन प्रधानमन्त्री देउवाले पुर्‍याए बहुमत

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेश सभाको ४ मंसिरमा सम्पन्न निर्वाचनबाट सत्ता गठबन्धनले बहुमत जुटाएको छ । १६२ क्षेत्र र समानुपातिकको गणना सकिएर आएको नतिजामा १३३ सिट सुनिश्चित गरेको गठबन्धनले गणना भइरहेको दोलखा, स्याङ्जा–२ र बाजुरा पनि जित्ने देखिएको छ ।

दोलखामा माओवादी र स्याङ्जा–२ तथा बाजुरामा कांग्रेसको अग्रता छ । यी तीन सिट जोड्दा १३६ सिट पुग्छ । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा एस, लोसपा, जनमोर्चा छ । यी दलबाट १३३ निर्वाचित र ३ सिट पनि जित्ने गरी १३६ सिट पुगेको छ । २७५ सदस्यीय प्रतिनिधिसभाबाट सरकार बनाउन १३८ सांसद आवश्यक पर्छ । अपुग २ सिट पूर्ति गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई मनाइसकेका छन् ।

प्रत्यक्षमा एक र समानुपातिकमा चार गरेर जनमतको पाँच सिट छ । १३६ मा पाँच जोड्दा १४१ सिट पुगेको छ । जुन बहुमतका लागि पर्याप्त हो । अग्रता रहेको ३ सिट नजिते पनि जनमत सत्ता गठबन्धनमा जोडिदा बहुमत पुग्छ । जनमत पार्टीले उठाएका मुद्दा सम्बोधन गर्ने शर्तमा प्रधानमन्त्री देउवाले सीके राउतलाई सरकारमा सहभागी हुन राजी गराइसकेका छन् । जसका कारण सत्ता गठबन्धनको बहुमत पुग्ने निश्चित भएको हो ।

बहुमत जुटेसँगै गठबन्धनबाट कांग्रेसको नेतृत्वमा सरकार बन्दैछ । नेतृत्व सभापति देउवाले गर्नेछन् । अर्कोतिर जनमत सत्ता गठबन्धनमा जोडिँदा प्रदेशमा पनि गठबन्धनकै सरकार बन्ने छ । कांग्रेसले नेतृत्वमा दाबी गरेको छ । सत्ता गठबन्धनको अंकगणित कांग्रेसले हालसम्म प्रत्यक्षतर्फ ५५ सिट जितेको छ भने समानुपातिकतर्फ मत विभाजक सुत्रअनुसार ३२ सिट पाउने देखिन्छ । कांग्रेसको कुल सिट ८७ हुन्छ ।

माओवादीको प्रत्यक्षमा १७ सिट छ । समानुपातिकमा १४ पाउने देखिँदा कुल ३१ सिट पुग्नेछ । समानुपातिकमा थ्रेसहोल्ड कटाउने सम्भावना नरहेकाले एकीकृत समाजवादीको प्रत्यक्षतर्फ कुल १० सिटमात्रै छ । त्यस्तै समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको लोसपाको ४ र राष्ट्रिय जनमोर्चाको १ सिट छ । यी सबै जोड्दा १३३ हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
धनुषा दुर्घटना अपडेट : मृतक पाँचैजनाको परिचय खुल्यो

धनुषा दुर्घटना अपडेट : मृतक पाँचैजनाको परिचय खुल्यो

कम्पयुटर एसोसिएसन नेपाल महासंघको ६ औं अधिबेशन सम्पन्न

कम्पयुटर एसोसिएसन नेपाल महासंघको ६ औं अधिबेशन सम्पन्न

चिनियाँ भ्रमजालको भुमरीमा झापाको औद्योगिक टावर

चिनियाँ भ्रमजालको भुमरीमा झापाको औद्योगिक टावर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .