No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनमा राष्ट्रपति सि को राजीनामा माग्दै प्रदर्शन

कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएका लकडाउन र निषेधाज्ञाको विरोधमा सर्वसाधारणहरु प्रदर्शनमा उत्रेका हुन्

चीनमा राष्ट्रपति सि को राजीनामा माग्दै प्रदर्शन

बेइजिङ — चीनमा कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएका कडा प्रतिबन्धको विरोधमा देशव्यापी प्रदर्शनहरू भएका छन् । सांघाई सहरमा सयौं मानिसहरूले राष्ट्रपति सी चिनफिङको राजीनामा माग्दै प्रदर्शन गरेका भिडियोहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् । त्यहाँका सडकहरूमा सर्वसाधारणले प्रहरीका गाडीमा अवरोध पुर्‍याएका बीबीसीले उल्लेख गरेको छ ।

त्यस्तै राजधानी बेइजिङ र नान्जिङका अधिकांश विश्वविद्यालयमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । नान्जिङ कम्युनिकेसन युनिभर्सिटीमा सबैभन्दा ठूलो प्रदर्शन भएको जनाइएको छ । सामाजिक सञ्जाल तथा अनलाइनहरूमा विद्यार्थीहरूले प्रदर्शन गरेका तस्बिर तथा भिडियो सार्वजनिक भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी र नेतृत्वविरुद्ध भएको पछिल्लो प्रदर्शन निकै दुर्लभमध्येको एक भएको बताइएको छ । आज्ञाकारी र सौम्य चिनियाँ समाजमा खुला रूपमा राष्ट्रपति सीको राजीनामा मागिनु उनीविरुद्ध बाहिर देखिएको अहिलेसम्मकै कडा खालको आलोचना हो । निषेधाज्ञाका समयमा उरुम्चीस्थित एक अपार्टमेन्टमा फैलिएको आगलागीमा १० जनाको ज्यान गएको थियो । उनीहरूको मृत्युपछि निकालिएको जुलुस चीनको शून्य कोभिड नीतिप्रति आक्रोशमा बदलिएको थियो ।

चिनियाँ अधिकारीहरूले भने कोरोना भाइरससम्बन्धी प्रतिबन्धका कारण उनीहरूको ज्यान गएको अस्वीकार गरेका छन् । तर कैयौं इन्टरनेट प्रयोगकर्ताहरूले उरुम्चीमा भएको मृत्युका लागि आवासीय घरहरूमा लगाइएको कडा लकडाउन कारक भएको जनाएका छन् ।

चीनको ठूलो सहर तथा विश्वव्यापी व्यापारिक केन्द्र सांघाईमा भएको प्रदर्शनका सहभागीले ‘सी चिनफिङ राजीनामा देऊ, कम्युनिस्ट पार्टी राजीनामा देऊ’ भन्दै नाराबाजी गरेका जनाइएको छ । सेतो ब्यानर बोकेका कतिपय सहभागीले ‘पीसीआर परीक्षण चाहिँदैन, हामीलाई स्वतन्त्रता देऊ’ लगायतका नारा लगाएका थिए ।

त्यस्तै केहीले मैनबत्ती बाल्नुका साथै फूल राखेर मृतकहरूप्रति सम्मान व्यक्त गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रदर्शन चर्कंदै गएपछि व्यापक मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको बीबीसीले उल्लेख गरेको छ ।

सांघाईको प्रदर्शनमा सहभागी एक युवकले बीबीसीसँग कुरा गर्दै सर्वसाधारणहरू सडकमा उत्रिएकामा ‘आश्चर्यचकित र उत्साहित भएको’ बताएका छन् । लकडाउनले आफूलाई ‘दुःखी, आक्रोशित र आशाहीन’ बनाएको बताइन् ।

‘मानिसहरू प्रदर्शनमा उत्रेकोमा कस्तो लागिरहेको छ ?’ भनेर एक युवतीले प्रहरी अधिकारीलाई सोधेकी र त्यसको जवाफमा उनले ‘तपाईंलाई जस्तै’ भनेर जवाफ दिएका बीबीसीले उल्लेख गरेको छ । ‘उनीहरूले सरकारी पोसाक लगाएका छन्, त्यसैले आफ्नो कतर्व्य निर्वाह गरिरहेका छन्,’ उनले भनिन् ।

चीनले कोरोना भाइरसविरुद्ध ‘शून्य सहनशीलता’ नीति अख्तियार गर्दै आएको छ । पछिल्लो समय दर्जनौं सहरका दसौं लाख मानिसहरू लकडाउनबाट बाँच्न बाध्य छन् । जसका कारण सरकारको ‘शून्य कोभिड’ नीतिका सुत्रधार राष्ट्रपति सीको आलोचना भएको हो ।

आर्थिक र सामाजिक रूपमा दबाब सिर्जना भए पनि सरकार आफ्नो नीतिबाट पछि हटेको छैन । भाइरसको परीक्षण र कडा लकडाउनमा जोड दिइएको भए पनि त्यही रूपमा खोप लगाउने काम भने हुन सकेको छैन । खोप लगाउन सर्वसाधारणलाई अनिवार्य गरिएको छैन भने स्थानीयस्तरमा उत्पादित खोप लगाउनुपर्ने व्यवस्था गरिएको छ । तर विभिन्न अनुसन्धानले ती खोप अन्तर्राष्ट्रिय रूपमा उत्पादित अन्य खोपको तुलनामा कम प्रभावकारी भएको पुष्टि भइसकेको छ । जसका कारण करिब डेढ अर्ब मानिसको जीवनयापन कष्टकर बनिरहेको छ ।

तर चीनले भाइरसको असरलाई सफलतापूर्वक निकै न्यून स्तरमा राख्न सफल भएको छ । यदि सबैतिर खुला गरियो भने भाइरस निकै तीव्र रूपमा देशभर फैलनेमा चिनियाँ अधिकारी चिन्तित छन् । जसका कारण शून्य कोभिड नीति कहिले अन्त्य होला भन्नेचाहिँ कुनै टुंगो छैन । भाइरस फैलिएयता चीनले सारा विश्वबाट टाढा बस्ने प्रयत्न गरिरहेकाले आर्थिकलगायतका मूल्य चुकाइरहेको छ । तर अब लामो समयसम्म यसै गरिरहन भने सम्भव छैन । एजेन्सी न्युज हरु बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
मधेश प्रदेशमा पनि अब जसपा सत्तामा नआउने अवस्था , उपेन्द्र सबै सपनाहरू चकनाचुर

मधेश प्रदेशमा पनि अब जसपा सत्तामा नआउने अवस्था , उपेन्द्र सबै सपनाहरू चकनाचुर

चिनियाँ एजेन्ट बनेर नेपाल-भारत सम्बन्ध बिगार्दा उपेन्द्रलाई मधेशी जनताले गरे अस्विकार

चिनियाँ एजेन्ट बनेर नेपाल-भारत सम्बन्ध बिगार्दा उपेन्द्रलाई मधेशी जनताले गरे अस्विकार

सीता विवाहोत्सवमा भारतबाट आएका जन्ती जनकपुरतर्फ लागे

सीता विवाहोत्सवमा भारतबाट आएका जन्ती जनकपुरतर्फ लागे

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .