No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनमा ६ महिनापछि कोरोनाभाइरस सङ्क्रमितको मृत्यु, ‘व्यापक कोभिड परीक्षण’मा जोड

चीनमा ६ महिनापछि कोरोनाभाइरस सङ्क्रमितको मृत्यु, ‘व्यापक कोभिड परीक्षण’मा जोड

चीनमा छ महिनाको अवधिमा कोरोनाभाइरसको सङ्क्रमणका कारण मानिसको मृत्यु भएपछि र सङ्क्रमण दर बढ्न थालेपछि त्यहाँ गम्भीर रूपमा कोभिड-१९ परीक्षण भइरहेको बेइजिङले बताएको छ।

चीनको राजधानीमा शनिवारदेखि तीन जनाको मृत्यु भइसकेको छ। यससँगै त्यहाँ सङ्क्रमणपछि मृत्यु हुनेको आधिकारिक सङ्ख्या ५,२२९ पुगेको छ।

हालसालै भएका मृत्युको घटनाका कारण दुई करोड एक लाखभन्दा बढी मानिस बस्ने सहरका विभिन्न भागमा पुनः लकडाउन जारी गरिएको छ।

चीनको शून्य-कोभिड नीतिविरुद्ध दुर्लभ विरोधहरूका बीच सङ्क्रमितहरूको मृत्यु पुष्टि भएको हो। प्रकोप रोक्ने उद्देश्यले अपनाइएको उक्त विवादास्पद रणनीतिका कारण लाखौँ मानिस घरभित्रै थुनिएका छन् र सङ्क्रमण पुष्टि भएकाहरूलाई जबरजस्ती क्वारन्टीनमा राखिएको छ।

बेइजिङका अधिकारीहरूले यसअघि नै हाइडिआन र चाओयाङ जिल्लाहरूमा पसल, विद्यालय र रेस्टुराँहरू बन्द गरी लकडाउन लागू गरिसकेका छन्।

राजधानी यात्रा गर्नेहरूले पनि आफ्नो भ्रमणको पहिलो तीन दिनसम्म परीक्षण गर्नुपर्ने र उनीहरूको परीक्षण नतिजा नकारात्मक रहेको जनाउ नपाएसम्म भित्रै बस्नु पर्ने नियम छ।

अधिकारीहरूको प्रयासका बाबजुद सङ्क्रमण दर उकालो लागेपछि यो ठूलो देशका अन्य लाखौँ मानिसहरूले पनि लकडाउनको सामना गरिरहेका छन्।

आइतवार त्यहाँ २४,७३० जनामा सङ्क्रमण पुष्टि भयो। उक्त सङ्ख्या गत अप्रिलमा दर्ता भएको सर्वाधिक दैनिक सङ्क्रमणभन्दा थोरै मात्र कम हो।

सोमवार बेइजिङमा मात्रै ३१६ नयाँ सङ्क्रमण पुष्टि भएको रोएटर्स समाचार संस्थाले जनाएको छ। आइतवार यता सङ्क्रमणपछि ज्यान गुमाउनेहरूमध्ये एक जना ८७ वर्षीय वृद्ध हुन्।

चीनमा आम मानिस

तस्बिर स्रोत,SHUTTERSTOCK

‘जटिल र गम्भीर अवस्था’

बेइजिङको म्युनिसिपल सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका उपनिर्देशक लिउ सियाओफेङले यो अवस्थालाई सहरमा देखिएको सबैभन्दा जटिल र गम्भीर समस्याको रूपमा व्याख्या गरेको जनाइएको छ।

चाइना डेलीका अनुसार एक दिन अघि, एक जना नगरपालिकाका प्रवक्ताले बेइजिङले “एक गम्भीर र जटिल महामारी रोकथाम र नियन्त्रणको स्थिति” सामना गरिरहेको चेतावनी दिएका थिए।

चीनले आफ्नो कडा शून्य-कोभिड नीतिका कारण विश्वको अन्य देशको तुलनामा निकै कम कोरोना सङ्क्रमित मानिसको मृत्यु भएको बताउँदै आएको छ। यद्यपि, वास्तविक मृत्युदर अझै बढी हुन सक्ने ठानिएको छ।

त्यहाँ लकडाउन भएको क्षेत्रमा वा क्वारन्टीनमा रहेका गम्भीर प्रकृतिका बिरामीहरू आपत्कालीन सेवाबाट वञ्चित भएको घटनाहरू दोहोरिएका छन्।

पछिल्लो समय कोभिड नियन्त्रणका लागि जारी प्रतिबन्धका कारण समयमा उपचार हुन नसकेपछि एक बालकको मृत्यु भएको विवरणहरू सार्वजनिक भए। त्यसयता प्रतिबन्धविरुद्ध अनलाइन माध्यमहरूमा आवाज उठिरहेका छन्।

यसै महिनाको सुरुवातमा पश्चिमी सहर लान्झाउमा एक बुबाले आफ्नो छोरालाई अस्पताल पुर्‍याउन ढिला भएपछि कार्बन मोनो अक्साइड नामक विषाक्तका कारण उनको मृत्यु भएको बताएपछि प्रदर्शन भएको थियो। गत अक्टोबर महिनामा हेनान प्रान्तमा एक १४ वर्षीया किशोरीको कोभिड क्वारन्टीनमा स्वास्थ्य अवस्था बिग्रिएपछि मृत्यु भएको बताइएको थियो।

फरक प्रसङ्गमा, हङकङका नेता जोन लीले थाइल्यान्डमा आयोजित शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई भेटेको भोलिपल्ट उनमा कोभिड देखिएको छ।  BBC Nepali

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

Next Post
काठमाडौंमा एमालेभन्दा रवि लामिछानेको पार्टीको सानदार प्रदर्शन

काठमाडौंमा एमालेभन्दा रवि लामिछानेको पार्टीको सानदार प्रदर्शन

सप्तरी २ को अपडेट : डा. सीके राउत अघिअघि उपेन्द्र यादव पछिपछि

सप्तरी २ को अपडेट : डा. सीके राउत अघिअघि उपेन्द्र यादव पछिपछि

‘मेरो विजय भनेकै लोकतन्त्रको विजय हो’

‘मेरो विजय भनेकै लोकतन्त्रको विजय हो’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .