No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मतदाताको उपस्थित कम, ७० प्रतिशत मात्रै मतदान हुने अनुमान

मतदाताको उपस्थित कम, ७० प्रतिशत मात्रै मतदान हुने अनुमान

काठमाडौं । निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाताहरु उत्साहित नदेखिएको बताएका छन् ।

आइतवार बिहान ७ बजेबाट पर्यवेक्षण गर्दा काठमाडौं उपत्यकाका अधिकांश मतदान केन्द्रहरुमा उत्साजनक रुपमा मतदाताहरुको उपस्थिति नपाएको बताएका हुन् ।
उनीहरुले विगतका निर्वाचनको तुलनामा यस पटक कमै मात्रामा मतदाताहरु भोट हाल्न पुगेको पाएको बताए ।

दिउँसो आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल ९जिओक० ले गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचन शान्तिपूर्ण रुपमा अघि बढे पनि मतदाताहरुको उपस्थिति कम पाएको बताउनु भयो । उहाँले उपस्थित मतादाताहरुमा मतदान उत्साहजनक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन शान्तिपूर्ण रुपमा अघि बढ्यो, ललितपुर उपमहानगरपालिका र गोदावरी नगरपालिकाका मतदान केन्द्रमा अनुगमन गर्‍यौं । अनुगमनका क्रममा हामीले शान्त वातावरणमा धेरै उत्साहित भएर, आत्तिएर मतदान गर्न नआएको अवस्था देख्यौँ । मतदान उत्साहजनक छ र यसको परिणाम उत्साहजनक होला भन्ने आश छ ।’

त्यस्तै पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले मतदाताहरुको उपस्थिति तुलनात्मक रुपमा कम पाएको बताउनु भयो । उहाँले सुरक्षा व्यवस्थामा भने कतै खुकुलो र कतै कडा पारिएको पाएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मतदाताहरुको उपस्थिति तुलनात्मक रुपमा कम जस्तो देखिएको छ, विगतको तुलनामा । सुरक्षाकर्मीहरु सबै ठाउँमा एकै किसिमको चुस्त नभएको जस्तो देखिन्छ । कतै भित्र गएर निस्किँदा हुन्छ भनियो भने हामीलाई जान दिने आदेश छैन भनियो । कोर शहरी एरियामा उपस्थिति अलि कम थियो । बाहिर नयाँ बस्तीमा उपस्थिति बाक्लो थियो ।’

त्यसैगरी पूर्व गृहसचिव खेमराज रेग्मीले शान्त र सौहाद्रपूर्ण वातावरणमा निर्वाचन भएको पाइएको बताउनु भयो । उहाँले काठमाडौं उपत्यकाका कोर एरियामा भने मतदाताहरुको उत्साह कम देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शान्त र सौहाद्रपूर्ण वातावरणमा निर्वाचन भएको देखियो । कोर एरियामा मतदाता कम उत्साहीत भएको देखियो ।’

त्यस्तै पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले मतदान अधिकृत र मतदान केन्द्रका कर्मचारीहरुले नै मतदाताको उपस्थिति कम रहेको बताएको जानकारी दिनुभयो । उहाँले मतदान केन्द्रमा चाप कम रहेको बताउनु भयो । उहाँले मतदान गर्न आएकामध्ये वृद्धवृद्धा, महिला, अपाङ्गको उल्लेख्य उपस्थिति देखिएको र मतदान शान्त रहेको बताउनु भयो । उहाँले मतदात स्थलमा कुनै दबाब नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मतदान अधिकृत र मतदान केन्द्रका कर्मचारीहरुले नै मतदाताको उपस्थिति कम रहेको कुरा आयो, मतदान केन्द्रमा चाप छैन, वृद्धवृद्धा, महिला, अपाङ्गको उल्लेख्य उपस्थिति देखियो, मतदान शान्त छ, दबाब छैन, पहिलाको अनुपातमा मतदाताको सहभागिताको अनुपात नबढ्ला कि भन्ने भय छ ।’

त्यसैगरी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले वितका निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा मतदाताहरुको उपस्थिति कम रहेको बताउनु भयो । उहाँले यस निर्वाचनमा ७० प्रतिशत मतदान हुने आँकलन गर्नुभयो । उहाँले विगतका निर्वाचनको जस्तो माहोल नदेखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मतदानलाई हेर्दा शुरुदेखि नै मतदाता कम उत्साहीत रहेको पायौँ । पहिला कोलाहल हुन्थ्यो यस पटक कम पाएको छौँ । मान्छेहरुको संख्या पातलो छ । समष्टिगत ७० प्रतिशतसम्म मतदान हुन्छ जस्तो लाग्यो, पहिला देखेको निर्वाचन जस्तो माहोल छैन ।’

त्यस्तै पूर्व मुख्यसचिव तीर्थमान शाक्यले विगतको जस्तो उत्साह यस पटकको निर्वाचनमा नदेखिएको बताउनु भयो । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकैचरणमा देशभर भइरहेको छ । आज साँझ ५ बजेसम्म मतदान गर्न सकिने आयोगले जनाएको छ । ईमेजखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
विदेशी पर्यवेक्षकद्वारा निर्वाचन पर्यवेक्षण

विदेशी पर्यवेक्षकद्वारा निर्वाचन पर्यवेक्षण

राजधानी नजिकै विमान दूर्घटना, ४ को ज्यान गयो

राजधानी नजिकै विमान दूर्घटना, ४ को ज्यान गयो

भारतबाट मुलुकले १० अर्ब ३८ करोड ९६ लाख गर्‍यो आम्दानी

भारतबाट मुलुकले १० अर्ब ३८ करोड ९६ लाख गर्‍यो आम्दानी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .