No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मधेश प्रदेशमा चुनाव केन्द्रित सुरक्षा व्यवस्थामा कडाइ

मधेश प्रदेशमा चुनाव केन्द्रित सुरक्षा व्यवस्थामा कडाइ

बारा । मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनलाई मध्यनजर गर्दै मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनका बखत हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

निर्वाचन नजिकिँदै गर्दा सीमा नाकामा खटेका सुरक्षाकर्मीहरूले नाकाबाट ओहोरदोहोर गर्नेहरूलाई कडाइका साथ चेकजाँच गर्नुका साथै मधेश प्रदेश प्रहरी कार्यालयको मातहतमा रहेको ८ वटा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाइसमेतबाट खटिएका प्रहरी गस्ती टोलीले मधेश प्रदेशको विभिन्न स्थानहरूमा अभियानकै रूपमा सुरक्षा चेक जाँचका साथै गस्तीलाई पनि कडा पारेको हो ।

मधेश प्रदेशमा प्रहरीको गस्ती टोलीले सिमानाका विभिन्न स्थानमा सञ्चालनमा रहेका अवैध मदिरा भट्टीका साथै नेपाल–भारतको खुल्ला नाकाका कारण हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न सवारी चेकजाँचमा पनि कडाइ गरेको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी प्रदेशमा सवारी चेक जाँचलाई कडाइसमेत गरिएको छ ।

चुनावका समयमा अवैधानिक सवारी साधन भित्रने र अवैधानिक गतिविधि हुने भन्दै प्रहरीले चेक जाँच सुरु गरेको हो । प्रदेश र प्रतिनिधिसभाका निर्वाचनलाई शान्तिपूर्ण बनाउन चेकजाँच कडाइ गरिएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मसऊद आलम खाँले बताए ।

प्रहरी नायव महानिरीक्षक खाँले उम्मेदवारले आयोजना गर्ने सभा सम्मेलन, प्रचार प्रसारका साथै घरदैलो कार्यक्रममा पनि प्रहरी सुरक्षा बढाएको बताउँदै मतदाताहरू माझ निर्वाचन सफल बनाउन प्रहरीलाई सहयोग गर्न जनचेतना मूलक कार्यक्रमसमेत सञ्चालन गरेको जानकारी दिए । उनले यस प्रदेशमा सुरक्षा व्यवस्था कडा बनाउन नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी, म्यादी प्रहरी र नेपाली सेनासमेत खटिएको बताए ।

आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेशमा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै तीन चरणमा सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनको बेला सिमानाकामा बढ्न सक्ने आपराधिक गतिविधिहरूलाई मध्य नजर गर्दै सुरक्षाकर्मीले सुरक्षा व्यवस्था कडा पारेको हो ।

मुलुककै प्रमुख नाकाको रूपमा रहेको वीरगञ्जको सीमा क्षेत्रमा दैनिक हजारौँको संख्यामा आवतजावत हुने गर्दछ । अवैध हातहतियार वा विस्फोटक पदार्थ भित्रिन सक्ने अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज–रक्सौल सीमा क्षेत्रमा सुरक्षाकर्मीले तालिम प्राप्त कुकुरको परिचालन गर्दै मानिसको शरीर खानतलासी गरिरहेका छन् ।

मधेश प्रदेशका ८ वटै जिल्लाले भारतीय सीमासँग जोडिएको छ भने खुला सीमा र अति व्यस्त नाकाहरू भएर मोटरसाइकल, गाडी ट्रक लगायतका गरी दैनिक २० हजारदेखि ३० हजारको हाराहारीमा सवारी साधन आवतजावत गर्छ । ५० देखि ६० हजारको संख्यामा मानिसहरू दैनिक ओहोरदोहोर गर्ने गरेको छ ।

नेपाल–भारत सीमा नाका खुला भएको हुँदा खास गरी सिमा क्षेत्रमा आपराधिक क्रियाकलाप बढी हुने गर्छ । साथै खुला सीमाको फाइदा उठाउँदै अपराधीहरूलाई छिमेकी मुलुक भारत प्रवेश गर्न, साना हातहतियार ल्याउन सहज रहेको छ । सोही कुरालाई मध्य नजर गर्दै मदेश प्रहरी कार्यालयले यस प्रदेशको सीमा नाकामा सुरक्षाकर्मीसहित तालिम प्राप्त कुकुरको परिचालन गरेको हो ।

निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना लागु गरिएको प्रहरी नायव महानिरीक्षक खाँले बताए । उनले सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्न भारतीय समकक्षीहरूसँग समन्वय गरेर सीमा क्षेत्रको दुवैतर्फ आकस्मिक चेकजाँच, गस्ती परिचालन भइरहेको बताए ।

उनले मधेश प्रदेशका जिल्लामा मतदान केन्द्रहरूमा सुरक्षाकर्मीहरू खट्ने कार्य सुरु भइसकेको हुँदा मंसिर ४ गतेको निर्वाचनमा निर्धक्क भई मतदान गर्न मतदाताहरूलाई आग्रह गरेका छन् । मधेश प्रदेशमा निर्वाचन अवधिभर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
इन्जिनियरिङ पेशालाई थाती राखेर स्वतन्त्र उम्मेदवारी

इन्जिनियरिङ पेशालाई थाती राखेर स्वतन्त्र उम्मेदवारी

युवा लक्षि्त सीप तथा उद्यमशीलता,मेरो पहिलो प्राथमिकता : मिर्जा राशिद

युवा लक्षि्त सीप तथा उद्यमशीलता,मेरो पहिलो प्राथमिकता : मिर्जा राशिद

दिल्लीमा क्यान्सरको नक्कली औषधि उत्पादन तथा बिक्री गर्ने डाक्टरसहित गिरोह पक्राउ

दिल्लीमा क्यान्सरको नक्कली औषधि उत्पादन तथा बिक्री गर्ने डाक्टरसहित गिरोह पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .