No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आचारसंहिताको धज्जी उडाएपछि इस्तियाक राईमाथि आयोगले लियो एक्सन, तह लगाउन आफै खटिए सीडीओ

आचारसंहिताको धज्जी उडाएपछि इस्तियाक राईमाथि आयोगले लियो एक्सन, तह लगाउन आफै खटिए सीडीओ

काठमाडौं । बाँके २ मा धवलशम्शेर राणाको क्रेज बढ्दै जाँदा आत्तिएका जसपाका उम्मेदवार ईस्तियाक राईले सिलसिलेवार रुपमा निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै गएपछि निर्वाचन आयोगले एक्सन लिएको छ ।
यसअघि डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी ९पप्पु० धम्क्याएको भन्दै २४ घण्टे स्पष्टीकरणमा परेका राईले आचारसंहिता उल्लंघनलाईको सिलसिलालाई कायमै राखेपछि आयोगले स्थानीय प्रशासनलाई कडा निर्देशन दिएको छ ।

आयोगले आचारसंहिता उल्लंघनमा संलग्न उम्मेदवार इस्तियाक राई र उनको दललाई तह लगाउन बाँकेको प्रमुख जिल्ला अधिकारीलाई कडा निर्देशन दिएको हो । उम्मेदवार राईको क्षेत्र बाँके २ स्थित जनता समाजवादी पार्टी नेपालको वडा इकाई समितिको कार्यालय नेपालगञ्जमा निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै राखिएको राईसहित उक्त दलका उम्मेदवारको फोटो तथा चुनाव चिन्ह सहितको फ्लेक्स र निर्वाचन चिन्हको तोरण हटाउन आयोगले सीडीओ नै परिचालन गरेको छ । आयोगले यसमा उम्मेदवार राईलाई जरिवाना गर्ने चेतावनीसमेत दिएको छ ।

आयोगले लेखेको पत्रमा भनिएको छ, ‘उपर्युक्त सम्बन्धमा जनता समाजवादी पार्टी नेपालको वडा इकाई समितिको कार्यालय नेपालगञ्ज उपमहानगरपालिका वडा नं। २२ बाँकेमा उक्त दलका उम्मेदवारको फोटो तथा चुनाव चिन्ह सहितको फ्लेक्स र निर्वाचन चिन्हको तोरण बनाई राखेको विषयमा आयोगमा उजुरी प्राप्त भई यो पत्र लेख्ने कार्य भएको छ ।’

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड ९ड० मा “उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाईएको ३ ×४ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न बाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य समाग्रीहरु प्रदर्शन गर्न नहुने” व्यवस्था छ ।

ऐ। दफाको खण्ड ९ढ० मा “उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकका स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य समाग्रीहरु प्रदर्शन गर्न नहुने तर राजनितिक दल वा उम्मेदवारले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा वा घरदैलो कार्यक्रममा खण्ड ९ड० बमोजिमको आकारका दश दश वटा सम्म झण्डा र चुनाव चिन्ह प्रयोग गर्न तथा राजनीतिक दल तथा उम्मेदवारको नाम र चिन्ह भएको एउटासम्म तुल वा फ्लेक्स राख्न बाधा पर्ने छैन” भन्ने व्यवस्था छ ।

उल्लेखित कानूनी व्यवस्था रहेको सन्दर्भमा जनता समाजवादी पार्टी नेपालको वडा इकाई समितिको कार्यालय नेपालगञ्ज उपमहानगरपालिका वडा नं। २२ बाँकेमा उक्त दलका उम्मेदवारको फोटो तथा चुनाव चिन्ह सहितको फ्लेक्स र निर्वाचन चिन्हको तोरण बनाई राखेको विषयमा आवश्यक जाँचबुझ गरी जिल्ला भित्र कुनै पनि स्थानमा रहेका निर्वाचन आचारसंहिता विपरितका निर्वाचन प्रचारप्रसार सामग्री तत्काल हटाउन निर्देशन दिई सम्बन्धित उम्मेदवार ९प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य० लाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० बमोजिम कारवाही गर्न २४ ९चौबीस० घण्टाभित्रै स्पष्टीकरण लिई थप कारवाही गर्नुपर्ने भए आयोगमा पठाउन आयोगले निर्देशन दिएको हो । नेपालपाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
राप्रपाको चुनावी सभामा मनिषा कोइरालाले सम्बोधन गर्ने

राप्रपाको चुनावी सभामा मनिषा कोइरालाले सम्बोधन गर्ने

विकास बिरोधी शक्तिलाई परास्त गर्ने समय आइसकेको छ : जयप्रकाश ठाकुर

विकास बिरोधी शक्तिलाई परास्त गर्ने समय आइसकेको छ : जयप्रकाश ठाकुर

सत्ता गठबन्धनले शंकर पोखरेललाई कठिन

सत्ता गठबन्धनले शंकर पोखरेललाई कठिन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .