No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

स्वतन्त्रहरूको उम्मेद्वारी एक प्रकारको सचेत विद्रोह हो


स्वतन्त्रहरूको उम्मेद्वारी एक प्रकारको सचेत विद्रोह हो
काशिन्द्र यादव (कबिर), प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेद्वार, सिरहा निर्वाचन क्षेत्र नं. ४

० प्रतिनिधिसभा सदस्यका तपाइँको स्वतन्त्र उम्मेद्वारी किन ?

— अहिले राजनीतिक परिघटना सामान्य देखिएपनि देशको राजनीतिक, सामाजिक, आर्थिक अवस्था असामान्य छ । देश अहिले संकटग्रस्त बिन्दूमा छ । मुलुक अहिले राजनीतिक विचार शून्यताको अवस्थामा पुगेको हो । जसको परिणाम सिद्धान्तलाई हत्या गरेर गठबन्धनहरु बनेका छन् । त्यो हिसावले यो विशिष्ट कालखण्डमा हामी छौं । देशको आधारभूत समस्याहरु समाधान गर्न विशिष्ट कालखण्डमा दलहरु निर्माण भएका छन् । तर, आजको दिनमा दलहरु देश र समाजका विद्यमान समस्याहरु समाधान गर्न नभई समस्याहरु निर्माण गर्न लागिपरेका छन् । दलबाट निर्वाचित हुने प्रतिनिधिहरु नेताको रुपमा नभई दलाल र माफियाको रुपमा स्थापित छन् । त्यसैले विचारविहीन र मर्यादाविहीन राजनीतिको विरुद्धमा हामीजस्तो व्यक्तिहरु स्वतन्त्र उम्मेद्वारी दिनु सचेत असहमति हो ।

० त्यसो हो भने नेपालमा दलीय प्रणालीमा असफल भइसक्यो ?

— लोकतन्त्रमा दलीय व्यवस्थाको विकल्प हुँदैन । तर, दलहरु विशेष कालखण्डमा एउटा मिशन लिएर स्थापना भएको हुन्छ । त्यो बेला मिशनरी दल हुन्छ । त्यस्ता दलहरु सत्ता सञ्चालनको भूमिका पुग्छ । त्यसमा योग्य र पढेलेखेका व्यक्तिहरु राज्यसत्ता सञ्चालनको भूमिकामा पुग्छन् । त्यसकारणले स्वतन्त्रहरुको उम्मेद्वारी भनेको एक प्रकारको विद्रोह हो ।

० अहिलेका स्थापित दलहरु खराब भएकै हो भने तपाइँहरु एउटा नयाँ दल निर्माण गरेर निर्वाचनमा भाग लिनुपर्दथ्यो नि ?

— दल निर्माणको प्रक्रिया बौद्धिक अभ्यासभित्र मात्रै पर्छ भन्ने छैन । दल निर्माण भनेको एउटा विशिष्ट कालखण्डमा ऐतिहासिक भूमिका निर्वाह गर्न संगठित प्रयास हुन्छ । हामी एउटा परिवर्तनको संघारमा पुगेका छौं । मैले समाजलाई अध्ययन गर्दा दलहरुप्रति जनआक्रोश देखें । प्रत्येक दलमा नेतृत्वपंक्तिप्रति एक किसिमको कुण्ठित मनोविज्ञान छन् । यस्तै अवस्था रह्यो भने हामीले एउटा दल निर्माण गर्ने परिघटना आउन सक्छ । हामी नेता बन्नभन्दा पनि समस्याको समाधान गर्ने अभिभारा लिएर कोही न कोही जन्मिन्छन् । त्यो दलले ऐतिहासिक संकटलाई पार लगाउँछ । त्यसकारणले यो गर्भमा रहेको यो एउटा सम्भावना हो । अहिले हामीले दलभित्रको विकृत्तिलाई कसरी सच्याउने भन्ने आधारमा स्वतन्त्र उम्मेद्वारी दिएका हौं ।

० तपाइँ यदि निर्वाचित हुनुभयो भने अहिले देखिएका विकृत्ति, समस्या वा संकटलाई समाधान गर्न सक्नुहुन्छ ?

— सामान्य राजनीतिक अवस्था भइदिएको भए स्वतन्त्र उम्मेद्वारीको औचित्य हुँदैन । हाम्रो स्वतन्त्र उम्मेद्वारी भनेको दलगत व्यवस्थाको विकल्पभन्दा पनि ती दलहरुभित्र रहेका विकृत्तिको विरुद्धमा एउटा सचेत विद्रोह हो । अहिले विचार र विमर्शको शून्य अवस्था छ । संघीय संसदमा राष्ट्रिय नीति, परराष्ट्र नीति, संकटबाट पार लगाउन सकिने जस्ता नीतिहरुबारे बहस नै छैन । संसदमा एक दलका नेताले अर्को दलका नेतामाथि आरोप–प्रत्यारोप, गालीगलोज बाहेक केही भएकै देखिएन । यदि हामी संसदमा पुग्यौं भने महाबहस आरम्भ गर्ने आवश्यकता देख्छु । हामीले त्यो बेला एउटा इकाईको रुपमा काम गर्न सक्छौं । दलगत दबाब र सिन्डिकेटबाट मुक्त भएर राष्ट्रिय नीतिको रुपमा बहस गर्नेछौं र सदनमा आन्दोलनको रुपमा प्रयोग गर्नेछौं । ओजपूर्ण बहस गरेर सडकको आन्दोलनसँग जोड्नुपर्ने आवश्यकता छ ।

० तपाइँका राजनीतिक एजेण्डाहरु के–के छन् ?

— अहिले सामान्य अवस्थाको निर्वाचन होइन । अहिले मुलुकमा विचार, सिद्धान्त, दर्शनको संकटको अवस्था छ । समाजमा रहेका समस्याहरुलाई सदनमा नीतिगत बहसमा कसरी ल्याउन जरुरी छ । अहिले राजनीतिक दलहरुको चुनावी घोषणापत्र हेर्दा ठूल–ठूला आश्वासनहरु मात्रै छन् । हामी जनताका जीवनसँग जोडिएका आधारभूत आवश्यकताहरु कसरी पूरा गर्ने, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा युगान्तकारी परिवर्तन कसरी गर्ने लगायतका विषयमा सदनमा नीतिगत बहस चलाउने छौं । अहिले सरकारी अस्पतालहरुको अवस्था अत्यन्तै दयनीय छन् । तसर्थ, जमिनमा देखिएका समस्याहरुलाई एजेण्डा बनाएर नीति बनाउन सकियो भने अर्थपूर्ण निकास दिन सकिन्छ ।

० तपाइँ मत माग्न जाँदा मतदातालाई के आश्वासन दिनुहुन्छ ?

— अहिले दलहरुबाट उठेका उम्मेद्वारहरुलाई यतिसम्म सामान्य ज्ञान छैन कि यो निर्वाचन के हो । जनतालाई सुसूचित विकास भनेको हो, रोजगारी सिर्जना कसरी गर्ने, दीगो विकासको अवधारणा के हो, कृषिलाई आधुनिकीकरण कसरी गर्ने, मलखादको अभावलाई कसरी पूर्ति गर्ने र त्यसको दीर्घकालीन समाधान के हो लगायतका विषयमा ती दलका उम्मेद्वारहरुसँग कुनै विकल्प छैन । विकासका साना–साना परियोजनाका लागि स्थानीय सरकार छ । सदन भनेको नीतिगत कुरामा पोख्त समाधानका विषयमा बनाउने थलो हो । तर अहिले उम्मेद्वारहरुले सडक बनाइदिन्छु, रोजगारी दिन्छु लगायतका सामान्य आश्वासनहरु दिइरहेका छन् । मेरो चुनावी अभियान अलि फरक छ । मैले आमजनतालाई बुझाउन खोजिरहेको छु कि यो चुनाव के हो, विकासको एजेण्डाभन्दा पनि तपाइँका समस्याहरुलाई दीर्घकालीन समाधानका लागि नीतिगत छलफल गर्न सक्ने उम्मेद्वारलाई मतदान गर्नुस् भन्ने कुराको जागरण फैलाइरहेको छु । अहिले यदि गलत प्रतिनिधिहरु चुनिएर गए भने मुलुक पाँच वर्ष मात्रै होइन, ५० वर्षसम्म समस्याग्रस्त हुन्छ ।

० तपाइँ जतिसुकै सैद्धान्तिक कुरा गरेपनि पैसाको बलमा चुनाव जितिन्छ नि ?

— यो चुनाव मेरो लागि जीत वा पराजयको मात्रै कुरा होइन । यो चुनाव मेरो लागि एउटा आन्दोलन, सचेत विद्रोह वा असहमतिको आह्वान पनि हो । म यदि नजिते पनि निरन्तर जमिनस्तरमा सडकमा नीतिगत बहस चलाउँछु । तपाइँसँग यदि इच्छाशक्ति छ भने जनताको बीचमा रहेर पनि काम गर्न सक्ने अवस्था छ । यो मेरो अभियान भनेको जमिनसँगको सुदृढ र अर्थपूर्ण सम्वादको रुपमा लिएको छु । जनता यदि सचेतनपूर्ण तरिकाले उम्मेद्वारहरुको पृष्ठभूमिबारे अध्ययन ग¥यो भने सही र योग्य प्रतिनिधि निर्वाचित हुनेछन् । मेरो पृष्ठभूमि भनेको निरन्तर दुई दशकदेखि देश र मधेशका मुद्दाबारे वैचारिकरुपमा काम गर्दै आएको छु । त्यसकारणले विजयी हुन्छ भनेर आफ्नो दाबेदारी प्रस्तुत गरेको हुँ । मलाई आशा छ यो कुराको मूल्यांकन मतदाताले अवश्य गर्नेछन् ।

० तपाइँको विजय हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ?

— यदि मतदाताले मेरो कार्यको सही मूल्यांकन ग¥यो भने निश्चितरुपमा म विजयी हुन्छु ।

० तपाइँ विजयी हुनुहुन्छ भन्ने आधारहरु के–के छन् ?

— म अन्य उम्मेद्वारहरुभन्दा तुलनात्मकरुपमा जमीनसँग बढी जोडिएको छु । अन्य उम्मेद्वारहरुसँग एउटा ठूलो झुण्ड छ । अर्को कुरा तिनीहरुले करोडौं–करोड रुपैयाँ खर्च गरिरहेका छन् । तर, जनतामा अहिले दलप्रति एउटा आक्रोश देखिएको छ । यस्तो अवस्थामा मैले आफ्ना एजेण्डाहरु जनतामाझ पु¥याउन सकें भने हाम्रो जीत सुनिश्चित छ । तर, हाम्रो लागि चुनौतिपूर्ण छ कि कम संसाधनलाई उपयोग गरेर कसरी जनतासमक्ष पु¥याउने ।

० तपाइँको एजेण्डाबाट आममतदाता सचेत भइरहेका छन् ?

— जनताको सचेतनको सापेक्ष ढंगबाट विश्लेषण गर्नुपर्छ । पहिलेको चुनावभन्दा यसपटक जनता बढी सुसूचित छन् । एउटा कुरा सत्य हो कि पैसा र नेटवर्कले काम गर्दोरहेछ । यस्तो अवस्थामा जित्ने प्रयास त गर्ने नै हो । जित्नका लागि अनावश्यक संसाधन प्रयोग गर्ने, झुठा आश्वासन बाँड्ने लगायतका कामहरु कहिल्यै पनि गर्दिन । किनभने गलत तरिकाबाट प्राप्त गरेको साध्य दीगो हुँदैन । त्यसकारण चुनाव जीत वा पराजयभन्दा पनि भोलिको दिनमा परिवर्तनको संघारमा रहेको समाज, देश र राजनीतिमा आफूले पाएको मतलाई कसरी प्रयोग गर्ने । हामीले पाएको मतादेशलाई परिवर्तनका लागि कसरी सदुपयोग गर्ने त्यो वृहत् कार्ययोजनासहित प्रस्तुत भएको हुँ । त्यसकारणले मेरो उम्मेद्वारी भनेको एउटा आन्दोलनको आरम्भ पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

Next Post
नेपाल जनतान्त्रिक मुक्ति मोर्चाले लियो सवारी साधन आगलागीको जिम्मा

नेपाल जनतान्त्रिक मुक्ति मोर्चाले लियो सवारी साधन आगलागीको जिम्मा

वर्षै देखि आजकै दिन कमला नदीमा भूत मेला

वर्षै देखि आजकै दिन कमला नदीमा भूत मेला

संघर्षको भट्टीबाट जन्मिएका एकजना आशा एवं भरोसायोग्य युवा नेता सीबी साह

संघर्षको भट्टीबाट जन्मिएका एकजना आशा एवं भरोसायोग्य युवा नेता सीबी साह

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .