No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एमालेले खोक्रो राष्ट्रवादलाई चुनावी मुद्दा बनाएपछि प्रधानमन्त्री देउवाको काउन्टर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको खोक्रो राष्ट्रवादलाई काउन्टर दिएका छन् ।

कुटनीतिक सम्वादका माध्यमबाट हल गर्नुपर्ने सीमा समस्यालाई उचालेर तनाव बढाउने र यसैलाई चुनावी मुद्दा बनाएर जनतालाई भ्रममा पार्ने काम एमाले नेतृत्वबाट भइरहेका बेला प्रधानमन्त्री देउवाले भाषण र गफ दिएर समस्या समाधान नहुने जवाफ दिएका हुन् ।

भाषण गरेर गुमेको भूभाग फिर्ता हुन नसक्ने भन्दै देउवाले ओलीलाई बन्दुक लिएर सीमामा लड्न जान चुनौती नै दिए ।

ओलीले आफू एक्लैले चुच्चे नक्सा जारी गरेको जस लिँदै गुमेको भूमि फिर्ता ल्याउन एमालेलाई जिताउन भन्दै सीमा समस्यालाई चुनाव जित्ने अस्त्रका रुपमा फ्याकेका थिए । संसदको सर्वसम्मत निर्णयबाट कायम भएको चुच्चे नक्सालाई एकल जस लिने र भाषणबाटै भूमि फिर्ता ल्याइदिने भ्रम ओलीले चुनाव जित्ने प्रयोजनका लागि फैलाउन थालेपछि प्रधानमन्त्री देउवाले खण्डन गरेका हुन् ।

डडेल्धुराको भद्रपुरमा बोल्दै देउवाले भने, ‘चर्का भाषणले मात्र सीमा विवाद समाधान हुँदैन । भाषण गरेर फिर्ता हुने भए काठमाडौंमै भाषण गरे भइहाल्थ्यो नि । सार्थक कूटनीतिक पहलबाट समस्या समाधान हुन्छ । यस्तो संवेदनशील विषयलाई भोट माग्ने माध्यम बनाउनु अनूचित हो ।’

देउवाले नेपाल–भारतबीच रहेका सीमा विवाद कूटनीतिक सम्बन्ध र वार्ताका माध्यमबाट समाधान गरिने प्रतिबद्धतासमेत जनाए ।

चीनसँगका सीमा विवाद पनि कूटनीतिक पहलकै आधारमा समाधान हुने विश्वास व्यक्त गर्दै उनले थपे, ‘भाषणले भूमि फिर्ता हुँदैन, त्यसका लागि कूटनीतिक पहल आवश्यक हुन्छ, त्यो हामी गरिरहेका छौँ ।’

राजनीतिक जीवनको सुरुवातबाट नै सुदूरका हरेक जिल्ला र नेपाली भूमिबारे आफू जानकार रहेको उल्लेख गर्दै उनले नक्सा, सीमा सम्झौताका आधार र तथ्यमा टेकी वार्ताबाट नेपाली भूमि फिर्ता ल्याउने उद्घोष गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
निर्वाचन आचारसंहिता अनुगमन गर्ने अधिकृतलाई सुरक्षा दिन प्रहरीलाई आयोगको पत्र

रौतहटको १ मा जसपा गठबन्धन भंग, एमालेलाई प्रभुको समर्थन

नक्कली ट्वीटर अकाउन्ट बन्द गर्ने मस्कको घोषणा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .