No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मधेश प्रदेशमा पति, पत्नी र दाजुभाई उम्मेदवार

मधेश प्रदेशमा पति, पत्नी र दाजुभाई उम्मेदवार

जनकपुरधाम । प्रदेश र प्रतिनिधि सभाको चुनावमा मधेश प्रदेशमा पति, पत्नी र दाजु भाईहरुले प्रत्यक्षमा उम्मेदवारी दिएका छन् ।

धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको टिकटमा जुली महतो र ४ बाट एमालेकै टिकटमा रघुवीर महासेठले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । निर्वाचन क्षेत्र नम्बर ४ बाट महतोका पति रघुवीर महासेठ उम्मेदवार छन् ।त्यहाँ उनलाई जसपाले सहयोग गरेको छैन् ।जसपाले महाजन यादवलाई उनको विरुद्ध उम्मेदवार उठाएको छ । तर निर्वाचन क्षेत्र नम्बर ३ मा जसपाले महतोलाई सघाउन उम्मेदवार उठाएको छैन् ।जसपा र एमालेबीच चुनावी तालमेल भए पनि धनुषाको १ र ३ मा मात्र तालमेल रहेको छ । धनुषा जिल्लाको ४ मध्ये ३ क्षेत्रमा मात्र एमालेले प्रतिनिधि सभामा उम्मेदवार उठाएको छ ।त्यस मध्ये निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धन रहेको छैन् ।त्यस क्षेत्रमा नेकपा एसबाट रामचन्द्र झा, नेपाली कांग्रेसबाट रामकृष्ण यादव, एमालेबाट उमाशंकर अरगडिया र जसपाबाट गंगाराम यादवले उम्मेदवारी दिएका छन् । पतिपत्नी नै उम्मेदवारी दिनुको कारणबारे जानकारी लिन पटक–पटक प्रयास गरे पनि दुबै जना सम्पर्कमा आउन चाहेनन् । निर्वाचन क्षेत्र नम्बर १ मा जसपासितको तालमेलमा एमालेले उम्मेदवार उठाएको छैन् ।जसपाका दीपक कार्कीलाई एमालेले समर्थन गरेको छ । त्यहाँ पाँच दलीय गठबन्धनबाट नेकपा माओवादीका नेता मातृका यादवले उम्मेदवारी दिएका छन् । सप्तरी जिल्लामा जनमत पार्टीका अध्यक्ष सीके राउतले निर्वाचन क्षेत्र नम्बर २ बाट र उनका भाई जयकान्त राउत(जेके राउत) ले निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् । पहिलो पटक प्रतिनिधि सभा सदस्यका लागि चुनावमा उत्रेको जनमत पार्टीमा पारिवारिक सदस्यहरुले प्राथमिकता पाएपछि आलोचना सुरु भएको छ ।दुबै जना भने पीएचडी गरेका हुन् । प्रदेश सभातर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर २ को ‘क’ बाट शैलेन्द्र यादव र निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’बाट उनका भाई जितेन्द्र यादव उम्मेदवार बनेका छन् ।दुबै दाजु भाई जसपाको टिकट पाएका छन् । शैलेन्द्र यादव गत चुनावमा निर्वाचित भएर पाँच वर्ष जसपाको प्रमुख सचेतक थिए ।जसपाका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्री रहेको बेला जितेन्द्र यादव उनका स्वकीय सचिव थिए ।त्यसपछि उनी मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव रहेका थिए ।चुनावमा टिकट पाएपछि मात्र पदबाट राजिनामा दिएका हुन् । मुख्यमन्त्री राउतको कार्यालयमा आर्थिक अनियमितता गर्ने आरोप यादवमाथि पनि लागेको हो ।कर्मचारी सरुवा, भर्ना लगायतमा आर्थिक चलखेल गरेको आरोप पनि उनीमाथि लागेको छ । क्षमतावान भएका कारण दुबै दाजुभाईले टिकट पाएको जितेन्द्र यादवले बताए ।‘आर्थिक अनियमितता लगायतका अफवाह विपक्षीहरुले फैलाएको हो’ उनले भने, आफूहरु इमान्दारीपूर्वक जनसेवा गरेकाले पार्टी विश्वास गरी टिकट दिएको छ । परिवारवादको विरोध गर्नेहरुले नै पारिवारिक सदस्यहरुलाई चुनावमा प्राथमिकता दिएको आरोप विपक्षीहरुले लगाउन थालेका छन् । जनकपुरटुडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

Next Post
स्वीस बैंकले दियो भारतसहित एक सय एक देशसँग बैंक खाता विवरण

स्वीस बैंकले दियो भारतसहित एक सय एक देशसँग बैंक खाता विवरण

चिनियाँ र पाकिस्तानी राजदूत किन स्वदेश फर्किंदै

चिनियाँ र पाकिस्तानी राजदूत किन स्वदेश फर्किंदै

चिनियाँ राजदूतले गरिन् परराष्ट्रमन्त्रीसँग बिदाई भेट

चिनियाँ राजदूतले गरिन् परराष्ट्रमन्त्रीसँग बिदाई भेट

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .