No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भोलिदेखि आचारसंहिता लागू

भोलिदेखि आचारसंहिता लागू

निर्वाचन आयोगले ४ मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बुधबार (भोलि)बाट आचारसंहिता लागू गर्ने भएको छ । १ महिनाअघि नै (१३ भदौमा) राजपत्रमा प्रकाशन भएको निर्वाचन आचारसंहितालाई १२ असोजबाट लागु गर्ने तयारी गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल राजनीतिक दलहरूले प्रतिबद्धता जनाइसकेका कारण अब आचारसंहिता कार्यान्वयनमा लैजाने चरणमा पुगेको बताउँछन् ।

१२ असोजवाट आचारसंहिता कार्यान्वयनमा लैजाने आयोगको प्रस्तावमा दलहरूले समेत सहमति जनाइसकेका छन् । तर दलहरूले चुनाव प्रचारमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने र प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो बाहेकको निर्वाचन क्षेत्रमा प्रचारमा जान नपाइने व्यवस्थाप्रति भने आपत्ति जनाएका छन् ।

दलहरूले आचारसंहिताको यो प्रावधान व्यावहारिक नभएको बताएपछि आयुक्तहरूबीच राजपत्रमा प्रकाशन भइसककेको आचारसंहिता परिमार्जन गर्ने कि ! भन्ने विषयमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासमेतले निर्वाचन आयोगमै पुगेर प्रधानमन्त्री र मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रबाहेकमा प्रचारमा जान नपाइने आचारसंहिताको व्यवस्थामा पुनर्विचार गर्न आग्रह गरेपछि आयुक्तहरूबीच आन्तरिक छलफल भइरहेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले आइतबार मात्र प्रधानमन्त्री देउवादेखि लिएर दलका नेतालाई बोलाएर आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएको छ । दलका शीर्ष नेता र प्रतिनिधिले आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेपनि केही प्रावधानमा भने संशोधन गर्न आग्रह गरेका थिए । तर आयोगका केही आयुक्त भने राजपत्रमा प्रकाशित भइसकेको आचारसंहिता पालनामा दलहरूको प्रतिबद्धतासहितको हस्ताक्षर आइसकेका कारण संशोधन गर्नुनपर्ने सोचमा छन् ।

आयोगले तयार पारेको आचारसंहितामा उम्मेदवारले अनुमानित खर्च र स्रोत खुलाउनुपर्ने व्यवस्था गरेको छ । खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खर्च प्रयोजनका लागि छुट्टै खाता खोल्नुपर्ने व्यवस्था छ । साथै २५ हजारभन्दा बढी सहयोग लिँदा बैंकमार्फत नै लिनुपर्ने भनिएको छ ।

आगामी निर्वाचनमा दलहरूले उम्मेदवारी मनोनयनका लागि जाँदा २५ भन्दा बढीलाई जुलुसमा सहभागी गराउन नपाउने व्यवस्था छ । त्यस्तै, आयोगले राष्ट्रिय झन्डा प्रयोगको विषयलाई स्पष्ट पार्दै जुलुस, आमसभा र घरदैलो लगायतमा जाँदा बढीमा १० वटा राष्ट्रिय झन्डा प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
इरानः किन महिलाहरूले हिजाब जलाउन थालेका हुन्? त्यहाँको ‘नैतिकता प्रहरी’ ले के गर्छ?

इरानः किन महिलाहरूले हिजाब जलाउन थालेका हुन्? त्यहाँको ‘नैतिकता प्रहरी’ ले के गर्छ?

दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

पुटिनको आदेशपछि एडवर्ड स्‍नोडेनलाई रुसी नागरिकता

पुटिनको आदेशपछि एडवर्ड स्‍नोडेनलाई रुसी नागरिकता

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .