No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

इरानः किन महिलाहरूले हिजाब जलाउन थालेका हुन्? त्यहाँको ‘नैतिकता प्रहरी’ ले के गर्छ?


इरानः किन महिलाहरूले हिजाब जलाउन थालेका हुन्? त्यहाँको ‘नैतिकता प्रहरी’ ले के गर्छ?

इरानको तथाकथित आचार तथा व्यवहार निगरानी गर्ने प्रहरी निकायले हिरासतमा राखेकी २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि त्यहाँ आक्रोशपूर्ण प्रदर्शनहरू सुरु भएका छन्। उक्त इस्लामिक गणतन्त्रमा पोसाकसम्बन्धी कडा नियम र त्यसलाई लागु गर्नेहरूविरुद्धको विरोधमा महिलाहरूले आफ्नो टाउकोमा लगाउने स्कार्फ जलाएका छन्।

त्यहाँ गश्त-ए इर्शाद नामक ‘नैतिकता प्रहरी’ को विशेष एकाइलाई इस्लामिक आचरण सुनिश्चित गर्न र “अनुचित” लुगा लगाएका मानिसहरूलाई हिरासतमा राख्ने जिम्मा दिइएको छ।

शरियामा आधारित इरानी कानुनअनुसार महिलाहरू हिजाबले आफ्नो कपाल छोप्न र शरीर ढाक्न लामो तथा खुकुलो किसिमको लुगा लगाउन बाध्य छन्।

टाउको छोपेको स्कार्फमुनि केही कपाल देखिएको आरोपमा सेप्टेम्बर १३ मा अमिनीलाई आचार तथा व्यवहार निगरानी गर्ने प्रहरीले तेहरानमा गिरफ्तार गर्‍यो।

हिरासत कक्षमै अचेत भएपछि उनी कोमामा गइन् र त्यसको तीन दिनपछि अस्पतालमा उनको मृत्यु भयो। उनको टाउकोमा लट्ठी प्रहार गरिएको र प्रहरीको गाडीमा ठोक्काइएको विवरण सार्वजनिक भएको छ। यद्यपि अधिकारीहरूले उक्त त्यसको खण्डन गरेका छन्।

महसा अमिनी

तस्बिर स्रोत,MAHSA AMINI FAMILY

आफ्नो परिचय नखुलाउने सर्तमा बीबीसीलाई दुर्लभ अन्तर्वार्ता दिँदै प्रहरी अधिकारीले उक्त प्रहरी निकायमा काम गर्दाको आफ्नो अनुभव सुनाएका छन्।

“उनीहरूले हामीलाई नैतिकता निगरानी गर्ने प्रहरीको रूपमा काम गर्नुको प्रमुख उद्देश्य महिलाहरूको सुरक्षा भएको बताएका थिए,” उनले भने।

“किनकि यदि महिलाहरूले उचित लुगा लगाएनन् भने पुरुषहरू उत्तेजित हुन सक्छन् र उनीहरूलाई हानि गर्न सक्छन्।”

उनका अनुसार त्यस्ता प्रहरीहरूको एउटा समूहमा चार पुरुष र दुई महिला हुन्छन्। उनीहरू पैदलयात्री भएको ठाउँमा र मानिसहरूको घुइँचो हुने ठाउँ केन्द्रित हुन्छन्।

“यो निकै अनौठो छ। यदि हामी मानिसहरूलाई मार्गदर्शन गर्दै छौँ भने हामीले किन व्यस्त ठाउँहरू रोज्नुपर्‍यो? यसको अर्थ त हामीले त्यहाँ धेरै मानिसहरूलाई पक्राउ गर्न सक्छौँ भन्ने हुन सक्छ।”

“यो प्रक्रिया हामी सिकार गर्नका लागि निस्किए जस्तै छ।”

कुनै पनि अधिकारीले लुगासम्बन्धी नियम उल्लङ्घन गर्ने उल्लेख्य मानिसहरू पहिचान नगरेको खण्डमा कमान्डरले गाली गर्ने राम्ररी काम नगरेको बताउने उनले सुनाए। मानिसहरूलाई पक्राउ गर्न नमान्नु निकै कठिन काम भएको उनको अनुभव छ।

“उनीहरू मानिसहरूलाई बलजफ्ती भ्यानभित्र ल्याइओस् भन्ने चाहन्छन्। तपाईँलाई थाहा छ त्यसो गर्दै गर्दा मैले कति पटक आँसु बगाएको थिएँ?”

“म उनीहरू म उनीहरूजस्तो होइन भन्न चाहन्छु। हामीमध्ये धेरै जना अनिवार्य सैन्य सेवा दिन बाध्य सामान्य सिपाही हौँ। मलाई यस्तो काम गर्दा धेरै नराम्रो लाग्छ।”

भिडिओ क्याप्शन सुरु हुँदैछ,इरानमा लुकीलुकी हेभी मेटल सङ्गीतमा लागेका छन् केही महिला

क्रान्तिपछिको आदेश

इरानी अधिकारीहरूको “खराब हिजाब” अर्थात् टाउकोमा स्कार्फ वा अनिवार्य लगाउनुपर्ने अन्य कपडा गलत तरिकाले लगाउनेहरूविरुद्धको लडाइँ सन् १९७९ को इस्लामिक क्रान्तिलगत्तै सुरु भएको हो। उक्त लडाइँको प्रमुख उद्देश्य महिलाहरूलाई शालीन ढङ्गमा लुगा लगाउने बनाउनु थियो।

त्यतिबेला धेरै महिलाहरूले त्यसो गरिरहँदा पश्चिम समर्थक शाह मोहम्मद रेजा पहलवीलाई अपदस्थ गर्नुअघि तेहरानको सडकमा मिनिस्कर्ट लगाउने र कपाल नछोपी हिँड्ने चलन सामान्य थियो। प्रायः पश्चिमी लुगा लगाउने उनकी पत्नी फराह आधुनिक महिलाको रूपमा चिनिन्थिन्।

कपाल नढाकी विरोधमा उत्रिएका महिलाहरू

तस्बिर स्रोत,GETTY IMAGES

तस्बिरको क्याप्शन,सन् १९७९ मा भएको हिजाबको विरोधमा प्रदर्शन भएको थियो

यद्यपि इस्लामिक गणतन्त्र स्थापना भएको केही महिनाभित्रै शाहको नेतृत्वमा स्थापित महिला अधिकारको संरक्षण गर्ने कानुनहरू खारेज हुन थाले।

“यो रातारात भएको निर्णय नभई चरणबद्ध प्रक्रिया थियो,” मानवाधिकारसम्बन्धी अधिवक्ता मेहराङ्गिज करले भनिन्।

ती ७८ वर्षीया अभियानकर्मी हिजाबविरुद्धको पहिलो विरोध प्रदर्शन आयोजना गर्न सहयोग गर्नेमध्ये एक थिइन्।

 

“क्रान्तिलगत्तै सडकमा पुरुष र महिलाहरू कागजमा बेरिएका टाउको ढाक्ने कपडा महिलाहरूलाई निःशुल्क वितरण गर्दै थिए।”

१९८० को दशकमा मुहार ढाक्ने कपडाविरुद्ध प्रधानमन्त्री कार्यालय बाहिर प्रदर्शनमा उत्रिएका मुसलमान महिलाहरू

तस्बिर स्रोत,GETTY IMAGES

तस्बिरको क्याप्शन,१९८० को दशकमा मुहार ढाक्ने कपडाविरुद्ध प्रधानमन्त्री कार्यालय बाहिर प्रदर्शनमा उत्रिएका मुसलमान महिलाहरू

सन् १९७९ को मार्च महिनामा आन्दोलनको नेतृत्व गर्ने अयातुल्ला रुहोल्लाह खोमेनीले आफ्नो कार्यस्थलमा सबै महिलाहरूलाई हिजाब अनिवार्य हुने र हिजाब नलगाउने महिलालाई “नग्न” ठहर गर्ने बताए।

“उनको भाषणलाई धेरै क्रान्तिकारीहरूले महिलाको टाउकोमा जबरजस्ती हिजाब लगाउने आदेशको रूपमा बुझे,” करले वाशिङ्टन डीसीबाट भनिन्।

“धेरैले रातभरिमै उक्त आदेश लागु हुने ठानेका थिए। त्यसैले धेरै महिलाहरूले तत्काल प्रतिरोध गर्न थाले।”

आदेश दिइएको भोलिपल्ट अन्तर्राष्ट्रिय महिला दिवस थियो। त्यस दिन प्रायः महिलासहित एक लाखभन्दा बढी मानिसहरू तेहरानको सडकमा प्रदर्शनका निम्ति भेला भए।

‘हामी रचनात्मक रूपमा प्रस्तुत भयौँ’

आयातोल्लाहको खोमेनीले आदेश दिएको भए पनि अधिकारीहरूलाई महिलाहरूको लागि “उचित” लुगा के हो भनेर निर्णय गर्न समय लाग्यो।

आदेश दिइएको भोलिपल्ट अन्तर्राष्ट्रिय महिला दिवस थियो। त्यस दिन प्रायः महिलासहित एक लाखभन्दा बढी मानिसहरू तेहरानको सडकमा प्रदर्शनका निम्ति भेला भए।

‘हामी रचनात्मक रूपमा प्रस्तुत भयौँ’

आयातोल्लाहको खोमेनीले आदेश दिएको भए पनि अधिकारीहरूलाई महिलाहरूको लागि “उचित” लुगा के हो भनेर निर्णय गर्न समय लाग्यो।

“कुनै स्पष्ट निर्देशन दिइएको थिएन। त्यसैले उनीहरूले कार्यालयका भित्ताहरूमा केही नमुना पोस्टर तथा ब्यानरहरू ल्याएर टाँसे। उनीहरूले महिलाहरूले हिजाब लगाउने विषयमा ती निर्देशनहरू पालना नगरे कार्यालयमा प्रवेश गर्न नदिने चेतावनी दिए,” करले भनिन्।

इरान

तस्बिर स्रोत,GETTY IMAGES

तस्बिरको क्याप्शन,अमिनीको मृत्युपछि इरानको विशेष प्रहरी निकायविरुद्ध प्रदर्शन सुरु भएको छ

सन् १९८१ सम्ममा महिला तथा युवतीहरूले कानुनी रूपमै सामान्य “इस्लामिक” लुगा लगाउनुपर्ने भयो। यसको अर्थ टाउको र काँध छोप्ने साना कपडासहित शरीर पूर्ण रूपमा ढाक्ने ‘चादर’ लगाउनु थियो।

“तर अनिवार्य हिजाब लगाउनुपर्ने नियमविरुद्धको लडाइँ व्यक्तिगत स्तरमा जारी रह्यो। हामी स्कार्फ लगाउने वा कपाल राम्ररी नढाक्ने कुरामा रचनात्मक थियौँ,” करले भनिन्।

 

“हरेक पटक उनीहरूले हामीलाई रोकिरहेका थिए, हामी लडिरहेका थियौँ।”

सन् १९८३ मा संसद्ले सार्वजनिक स्थानमा कपाल नढाक्ने महिलालाई ७४ कोर्रा लगाउने निर्णय गरेको थियो। पछिल्लो समय यसमा ६० दिनसम्मको जेल सजाय थप गरिएको छ।

तर अधिकारीहरू भने त्यस बेलादेखि नै कानुन कार्यान्वयन गराउन सङ्घर्षरत छन्। किनकि प्रायः सबै उमेर समूहका महिलाहरू प्रायः कसिएको लुगा, छोटो कोट, रङ्गीचङ्गी स्कार्फ लगाएको वा कपाल बाहिर निस्किएको अवस्थामा देखिन्छन्। उनीहरूले सार्वजनिक रूपमा विद्यमान कानुनी सीमालाई केही हदमा मिचेका हुन्छन्।

जबरजस्ती गर्ने शैली

कपाल ढाक्ने कपडा खोलेर विरोध

तस्बिर स्रोत,BBC PERSIAN

तस्बिरको क्याप्शन,कपाल ढाक्ने कपडा खोलेर हावामा हल्लाउँदै एक महिला
1px transparent line

यी नियमहरू लागु गरिने हद र सजायको गम्भीरता विभिन्न राष्ट्रपतिको पालामा फरक पर्दै आएको देखिन्छ।

तेहरानका अतिरूढिवादी तात्कालिन नगरप्रमुख महमूद अहमदिनेजाद सन् २००४ मा राष्ट्रपति पदका लागि प्रचार गर्दा यस विषयमा प्रगतिशील देखिन खोजेका थिए।

उनले एक टेलिभिजन अन्तर्वार्तामा भनेका थिए,”मानिसहरूको स्वाद फरक हुन्छ र हामीले उनीहरू सबैको सेवा गर्नुपर्छ।”

तर त्यसपछिको वर्ष चुनाव जितेलगत्तै गश्त-ए इर्शाद औपचारिक रूपमा स्थापित भएको हो। त्यति बेलासम्म अन्य कानुन लागु गरेर र अर्धसैनिक एकाइहरूद्वारा लुगासम्बन्धी नियमहरू अनौपचारिक रूपमा निरीक्षण गराइएको थियो।

विशेष प्रहरी बलकी महिला अधिकारी

तस्बिर स्रोत,AFP

आचार तथा व्यवहार निगरानी गर्ने प्रहरी उनीहरूको बलजफ्ती गर्ने शैलीका कारण सर्वसाधारण मानिसबाट आलोचित छ। उनीहरूले महिलाहरूलाई बारम्बार हिरासतमा लिन्छन् र उनीहरूका आफन्त आएर आगामी दिनमा नियम पालना गर्ने बताएको खण्डमा रिहा गरिदिन्छन्।

“हामीलाई लिपस्टिक लगाएको कारण रोकिँदा मलाई मेरी छोरीसहित पक्राउ गरिएको थियो,” मध्यवर्ती सहर इस्फाहानकी एक महिलाले बीबीसीसँग भनिन्।

“उनीहरूले हामीलाई प्रहरी चौकीमा लगे र मेरा पतिलाई त्यहाँ बोलाए। उनलाई हामीलाई त्यस दिनउप्रान्त हिजाबबिना बाहिर निस्किन नदिने सम्झौतामा हस्ताक्षर गर्न लगाए।”

महसा अमिनीको मृत्युबारे प्रश्न गरेका पत्रिकाहरू बिक्रीमा राखिएको दृश्य

तस्बिर स्रोत,WANA NEWS AGENCY

तस्बिरको क्याप्शन,महसा अमिनीको मृत्युबारे स्थानीय पत्रिकाहरूले प्रश्न उठाएका छन्

तेहरानकी अर्की महिलाले बीबीसीलाई बताएअनुसार एक महिला अधिकारीले उनका जुत्ता पुरुषका लागि “निकै कामोत्तेजक” हुन सक्ने बताउँदै उनलाई हिरासतमा लिइन्।

“मैले मेरा पतिलाई सम्पर्क गरेर एक जोडी जुत्ता ल्याइदिन आग्रह गरेँ,” उनले भनिन्।

“त्यसपछि मैले अनुचित लुगा लगाएको स्वीकार गर्दै एउटा कागजमा हस्ताक्षर गरेँ। त्यसयता मैले अपराध गरेको देखाइएको छ।”

आचार तथा व्यवहार निगरानी गर्ने प्रहरीसँगको अनुभवका अन्य विवरणहरू पनि बीबीसीले प्राप्त गरेको छ। त्यसमा कुटपिटका घटना र थप क्रूर र असामान्य सजायहरू समाविष्ट छन्।

एक महिलाले आफूलाई एक पटक पक्राउ गर्दा प्रहरीले उनको शरीरमा साङ्ला हाल्ने धम्की दिएको बताइन्।

हिजाब जलाउँदै एक महिला
1px transparent line

गत वर्ष राष्ट्रपति निर्वाचित कट्टरपन्थी धर्मगुरु इब्राहिम राइसीले अगस्ट १५ मा प्रतिबन्धहरूको नयाँ सूची लागु गर्नेगरी एक आदेशमा हस्ताक्षर गरे।

त्यस सूचीमा शरीर नढाकेका महिलाहरूमाथि निगरानी गर्न र जरिवाना तिराउन वा उनीहरूलाई “परामर्श” का लागि पठाउन सीसीटीभी क्यामरा राख्ने कुरा समाविष्ट छ।

त्यसमा हिजाबसम्बन्धी नियमविरुद्ध अनलाइन सामग्री राख्ने, प्रश्न वा पोस्ट गर्ने इरानी नागरिकलाई अनिवार्य जेल सजाय तोकिएको छ।

ती प्रतिबन्धहरूका कारण गिरफ्तार हुने मानिसको सङ्ख्या त बढ्यो तर सामाजिक सञ्जालमा कपाल नढाकी आफ्नै तस्बिर तथा भिडिओहरू सार्वजनिक गर्ने महिलाहरूको सङ्ख्यामा पनि वृद्धि भयो। अमिनीको मृत्युपछि उक्त सङ्ख्या बढ्ने क्रम तीव्र भएको छ।

हाल अमेरिकामा रहेकी पत्रकार र अभियानकर्मी मासी अलिनेजादले अमिनीको मृत्युपछि सुरु भएको विरोधलाई आफूले व्यक्तिगत पनि महसुस गरेको बताइन्।

उनले वर्षौँदेखि #mystealthyprotest ह्याशट्यागसहित हिजाबसम्बन्धी कानुनविरुद्ध धेरै चर्चित अभियानहरू सञ्चालन गरिरहेकी छन् र सरकारलगायत धेरैले उनलाई हालको अशान्तिको पछाडि एक कारकको रूपमा हेरेका छन्।

शनिवार पश्चिमी इरानको सागेज सहरमा अमिनीको अन्तिम संस्कारका बेला महिलाहरूले आफ्नो टाउकोको कपडा खोलेर हावामा हल्लाएका थिए।

त्यसयता प्रदर्शनकारीहरू देशभरिका सडकमा ओर्लिएका छन्। केही महिलाले आफ्नो हिजाबमा आगो लगाएको भिडिओ सार्वजनिक भएको छ। त्यसो गर्दा पुरुषहरूले पनि समर्थन गर्दै आवाज निकालेको सुनिन्छ।

“जब उनीहरूले त्यसो गरे मलाई मानिसहरूले बर्लिनको पर्खाल ढाल्न सुरु गर्दाको समय याद आयो। यो त्यही क्षण हो,” अलिनेजादले भनिन्।

“मलाई के कुराले धेरै भावुक र आशावादी बनाएको छ भने यस पटक महिलाहरू एक्लै छैनन्, अहिले पुरुषहरू पनि महिलासँगै उभिएका छन्।” बिबिसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

Next Post
दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

पुटिनको आदेशपछि एडवर्ड स्‍नोडेनलाई रुसी नागरिकता

पुटिनको आदेशपछि एडवर्ड स्‍नोडेनलाई रुसी नागरिकता

नेपाल–भारत गृहसचिवस्तरीय बैठक बस्न नसकेपनि सशस्त्र प्रहरी र एसएसबीबीच समन्वय बैठक बस्दै

नेपाल–भारत गृहसचिवस्तरीय बैठक बस्न नसकेपनि सशस्त्र प्रहरी र एसएसबीबीच समन्वय बैठक बस्दै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .