No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सप्तकोशीले धार बदल्दा उदयपुर र सुनसरीका २० हजार सर्वसाधारण असुरक्षित

गत वर्ष भदौमा सप्तकोशी नदीको भंगालो जहाँबाट बस्ती छिरेको थियो, बुधबार बिहान त्यही ठाउँबाट बस्तीमा बाढी पस्यो । उक्त बाढी बस्तीमा प्रवेश गर्दा उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराह क्षेत्र नगरपालिकाका विभिन्न वडाका हजारौं सर्वसाधारण प्रभावित भएका छन् ।

सप्तकोशीले धार बदल्दा उदयपुर र सुनसरीका २० हजार सर्वसाधारण असुरक्षित

उदयपुर । गत वर्ष भदौमा सप्तकोशी नदीको भंगालो जहाँबाट बस्ती छिरेको थियो, बुधबार बिहान त्यही ठाउँबाट बस्तीमा बाढी पस्यो । उक्त बाढी बस्तीमा प्रवेश गर्दा उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराह क्षेत्र नगरपालिकाका विभिन्न वडाका हजारौं सर्वसाधारण प्रभावित भएका छन् ।

बेलका नगरपालिकाका १, २, ३, ८ र ९ का १८ हजार र बराह क्षेत्र नगरपालिका ६ र ९ का ५०० घरधुरीका २ हजार ५०० जना बाढीबाट प्रभावित भएका छन् । जसमध्ये ७०० जना भन्दा धेरैलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले डुंगबाट उद्धार गरेका छन् । केही बासिन्दा बिहानै बाढी पसे लगत्तै आफैं सुरक्षित ठाउँमा आएका थिए ।

बस्तीमै रहेकाहरूले पनि आफूहरु सुरक्षित रहेको बताएका सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । बाढीले सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका बासिन्दा पनि प्रभावित भएका छन् ।

कटान नियन्त्रणका लागि समयमा नै ठोस योजना नबनाएका कारण सप्तकोशी नदीको भंगालो बस्तीमा पसेको र विपद् आएको स्थानीय बासिन्दा बताउँछन् । ‘आरसीसी ढलान गरेको भए यस्तो अवस्था आउने नै थिएन्,’ बेलकाका हेमराज थापा भन्छन्, ‘राज्यले बेलैमा सतर्कता अपनाएको भए यस्तो अवस्था आउने नै थिएन ।’

बेलकाका सुशील सेढाईंका अनुसार अहिले कोशी पसेको क्षेत्रमा २०४५ साल अगाडि कोशीको भंगालो नै थियो । नदी विस्तारै गहिरिएर पूर्वतर्फ जाँदा यो क्षेत्रमा पानी आउन छाड्यो । त्यहाँ स्थानीयबासीले बसोबास र खेतीपाती गर्न थाले ।

‘२०४५ सालको भुइँचालोपछि सप्तकोशीको बहाव पूर्वतर्फ लाग्यो,’ उनले भने, ‘चतरामा दुई वटा स्पर थपेपछि पानी बीच भागबाट बग्यो, जसले गर्दा पानीको लेबल माथि आयो, भारतले च्यानलाइज गर्दा पानीको बहाव फेरि पश्चिम तिर आयो ।’ उनका अनुसार पुरानो भंगालोमा फर्किएको कोशी भागलपुरबाट फेरि मूल भंगालोमा नै मिसिएको छ ।

२०६५ भदौमा सप्तकोशीले पूर्वी तटबन्ध भत्काउँदा भारतको बिहारमा ठूलो क्षति भएको थियो । त्यसपछि भारतले कोशीको बहावलाई पश्चिमतर्फ फर्काउन ठाउँठाउँमा च्यानलाइज गर्दै स्पर बनाएको थियो ।जसका कारण पश्चिमतिर फर्किएको कोशी कटान गर्दै बस्ती पसेको हो । पश्चिमतर्फ धार परिवर्तन गर्दा सुनसरी उदयपुर र सप्तरीमा असर गरे पनि भारतमा भने ठूलो क्षति गर्दैन ।

चतरा पुलदेखि एक किलोमिटर तल सप्तकोशी नदीले बहाव परिवर्तन गर्ने संकेत पोहोर नै दिएको थियो ।

पोहोर भदौमा सप्तकोशीको वहाव परिवर्तन हेर्न गृहमन्त्री बालकृष्ण खाँण हेलिकप्टर चार्टर्ड गरेर आए, कोशी आसपासका मतदाताको भोटबाट चुनाव जितेर परराष्ट मन्त्री बनेका नारायण खड्काले पनि कोशी कटान हेरे । दुई मन्त्री कटान हेरेर फर्किए, तर नियन्त्रणका लागि उनीहरुले ठोस कदम चालेनन् ।

मन्त्रीले एक वर्षअघि हेरेर फर्किएको कटान क्षेत्र उदयपुरको बेलका नगरपालिका–८ लाहुरेखोच डुम्रीबोटमा बक्राह कोशी आयोजना अन्तर्गत एक महिनायता अस्थायी बाँध बनाइएको थियो ।

‘कटान गरेर बस्तीमा पस्ने जोखिम भएपछि कटान क्षेत्रमा एक महिना अघिबाट हामीले अस्थायी बाँध बाध्न थाल्यौं,’ प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की भन्छन्, ‘अस्थायी बाँध भत्काएर कोशी बस्तीतर्फ पस्यो ।’

बस्ती पस्दैछ भन्ने पूर्व सूचनाका आधारमा बाँध फुटाए पनि मानवीय क्षति नभएको उनले बताए । ‘हामीले कोशिस गर्‍यौं, प्रकृतिसँग नसकेपछि प्रभावित क्षेत्रका बासिन्दाको उद्धारतर्फ लाग्यौं,’ उनले भने, ‘बाढीको पूर्व तयारी भएका कारण मानवीय क्षति भएन ।’

सप्तकोशीले धार परिवर्तन गर्दा बराहक्षेत्र र बेलका नगरपालिकाका करिब २ हजार पाँच सय परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरुलाई सुरक्षित स्थानमा सारिएको मन्त्री कार्कीले बताए ।
उनका अनुसार विस्थापितहरुलाई प्रदेश सरकार र सहायोगी संस्थाबाट राहत संकलन गरेर उदयपुर पठाइएको छ । उनले भने ‘तत्कालका लागि हामीले आठ हजार किलो चामल र खाद्यान्न सामग्री पठाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
नेपाल एयरलाइन्सबाट मुम्बई जान लागेका शंकास्पद व्यक्ति सुन व्यवसायी

नेपाल एयरलाइन्सबाट मुम्बई जान लागेका शंकास्पद व्यक्ति सुन व्यवसायी

मेटा कम्पनीका सिओओले १४ वर्षपछि दिइन् राजीनामा

मेटा कम्पनीका सिओओले १४ वर्षपछि दिइन् राजीनामा

प्रहरी समायोजन मागको बेवास्ता गरेको भन्दै संघीय सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा

प्रहरी समायोजन मागको बेवास्ता गरेको भन्दै संघीय सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .