No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘यौनको विधि र आसनबारे छलफल नै गर्दैनन् नेपाली दम्पती’

‘यौनको विधि र आसनबारे छलफल नै गर्दैनन् नेपाली दम्पती’

काठमाडौं । एउटा भनाइ छ, नेपाली दम्पतीको खटपट ओछ्यानबाट सुरु हुन्छ । यसले दम्पतीबीच हुने यौन असमझदारी र असन्तुष्टितर्फ संकेत गर्छ ।

‘यौन’ भन्नासाथ खुम्चिने नेपाली समाज यसबारे खुला बहस गर्न हच्किन्छ । यौनलाई ‘छाडा’ भन्ने मनोसामाजिक धारणाको दीर्घकालीन असर दम्पतीको ओछ्यानसम्म परेको छ । नतिजा, श्रीमान-श्रीमती एकआपसमा यौनका विषयमा कुरा गर्दैनन् । यौनका तौरतरिका र विधिहरुमा बहस गर्दैनन् । त्यसैले उनीहरु उन्मुक्त यौनसुखबाट वञ्चित छन् ।

नेपाली दम्पतीको यौन व्यवहार आफैंमा संकुचित र अतृप्त रहेको बताउँछन्, मनोविद्हरु । ‘अधिकांश दम्पती यौन सुखको उत्कर्षमा पुग्न पाउँदैनन्,’ मनोचिकित्सक विजय ज्ञवाली भन्छन्, ‘यसमा उनीहरु पूर्णतया सन्तुष्ट भइरहेका छैनन् ।’

विवाहेत्तर सम्बन्धदेखि सम्बन्ध-विच्छेदसम्मको स्थिति आउनुमा ‘अतृप्त यौन’ पनि एउटा मूल कारण रहेको उनीहरुको भनाइ छ । ‘नेपाली समाजले यौन व्यवहारलाई सहर्ष रुपमा स्वीकार्न सकेको छैन,’ मनोचिकित्सक ज्ञवाली भन्छन्, ‘किनभने यसलाई बद्नाम गरिएको छ ।’

यौनका विषयमा दम्पतीबीच जति बहस हुनुपर्ने हो त्यसो नभएको उनको विश्लेषण छ ।

अक्सर यौनमा पुरुष हाबी हुने गरेका छन् । जब पुरुषलाई यौन इच्छा जाग्छ, तब उनीहरु यौन क्रिया सुरु गर्छन् । पार्टनर तयार छन् वा छैनन्, पार्टनरको मानसिक स्थिति कस्तो छ ? उनीहरुले बुझ्ने धैर्यता राख्दैनन् । बस्, आफूमा इच्छा जाग्नासाथ उनीहरु महिलामाथि भोग गर्न हतारिन्छन् ।

छैन छलफल

कसरी यौन सुखभोग गर्ने ? कसरी यसमा दुवै पार्टनर सहभागी हुने ? कसरी चरम आनन्दको स्थितिमा पुग्ने ? कस्तो आसन अपनाउने ? कस्तो वातावरण व्यवस्थापन गर्ने ? यस विषयमा दम्पतीबीच सायदै कुराकानी हुन्छ ।

कतिसम्म भने एक जनामा यौन इच्छा जाग्नासाथ अर्का पार्टनर तयार हुनुपर्ने प्रवृत्ति छ । त्यसैले दुवैजना समान रुपमा यौनमा सक्रिय र सहभागी भइरहेका हुँदैनन् ।

मनोविद् गोपाल ढकाल भन्छन्, ‘यौन भनेको पुरुषको मात्र अधिकार हो भन्ने मनोविज्ञान छ । महिलाले यौनको विषयमा खुलेर कुरा गर्दा चरित्रलाई लिएर प्रश्न गरिन्छ ।’ त्यसैले महिलाले चाहेर पनि यौनप्रतिको आफ्नो रुचि जाहेर गर्न नसक्ने उनको बुझाइ छ ।

मनोविश्लेषक वासु आचार्य सांस्कृतिक, आर्थिक, सामाजिक, धार्मिक कारणले यौन छलफलको विषय नहुने बताउँछन् । पौराणिक मूल्य मान्यताहरुलाई अनुशरण गर्दा  यौनको विषयमा खुलेर बोल्न हुँदैन भन्ने मान्यता रहेको छ ।

‘छलफल गर्ने प्रवृत्ति नँया पुस्ताले गरेपनि सबैका हकमा यो लागु भएको छैन’ मनोविद् करुणा कुवँर भन्छिन्, ‘यौनका विषयमा  खुल्ला रुपमा छलफल गर्दा नराम्रो सोच्छन् भन्ने भय छ ।’

‘नेपाली समाजमा यौन शिक्षा र यौन सन्तृष्टि दुवैको कमी छ,’ मनोचिकित्सक विजय ज्ञवाली भन्छन् ।

पुरुष हाबी

अक्सर यौनमा पुरुष हाबी हुने गरेका छन् । जब पुरुषलाई यौन इच्छा जाग्छ, तब उनीहरु यौन क्रिया सुरु गर्छन् । पार्टनर तयार छन् वा छैनन्, पार्टनरको मानसिक स्थिति कस्तो छ ? उनीहरुले बुझ्ने धैर्यता राख्दैनन् । बस्, आफूमा इच्छा जाग्नासाथ उनीहरु महिलामाथि भोग गर्न हतारिन्छन् ।

यसैगरी वीर्य स्खलनपछि उनीहरु शिथिल हुन्छन् । महिला पार्टनरले यौनमा सुखभोग गरे वा गरेनन् ? उनीहरु बुझ्न चाहँदैनन् । आखिर किन महिलाहरु आफनो यौन इच्छा बताउँदैनन् ? किन उनीहरु आफ्नो सन्तुष्टि अनुरुप यौन क्रियामा सहभागी हुँदैनन् ?

‘महिलाले यौनबारे कुरा गर्दा यौनमा अग्रसरता देखाउँदा उनीमाथि नराम्रो धारणा राखिन्छ,’ मनोचिकित्सक ज्ञवाली भन्छन्, ‘त्यसैले उनीहरु चुपचाप बस्न बाध्य छन् ।’ पुरुषप्रधान सोचका कारण पनि दम्पतीको यौन जीवन खल्लो हुने गरेको उनको बुझाइ छ । ‘कुनै महिलाले विवाहको पहिलो रातमै सक्रियता देखाइन् भने उनीमाथि शंका गरिन्छ,’ ज्ञवाली भन्छन् ।

मनोविद करुणा कुँवरका अनुसार महिलाभन्दा पुरुष नै बढी यौनमा अग्रसर हुने गर्छन् । ‘यद्यपि पछिल्लो पुस्तामा केही परिवर्तन देखिदैछ,’ कुँवर भन्छिन्, ‘उनीहरु आपसी समझदारी र सक्रियता खोज्न थालेका छन् ।’

अपनाउँदैनन् आसन

यौन सुखका लागि अनेकन आसन प्रचलनमा छन् । विश्वकै पहिलो यौन संहिता मानिएको वात्सयानको कृति ‘कामसूत्र’ले पनि यौनका आसन र त्यसको प्रयोग विधि उल्लेख गरेको छ । हाम्रा मन्दिरका टुँडालहरुमा यौन आसनका अनेक आकृति देख्न सकिन्छ ।

यौनमा नयाँपन अनुभव गर्नका लागि यौनका भिन्नभिन्नै आसन अभ्यास गर्नुपर्ने सुझाव दिइन्छ । यद्यपि, नेपाली दम्पती यौन आसनबारे त्यति अभ्यास नगर्ने मनोविद्हरुको बुझाइ छ ।

यौन आसनले यौनलाई ताजापन दिन्छ । सधैं एउटै खाना खाँदा रुचि कम भएजस्तै एउटै आसनले सन्तृष्टि दिन नसक्ने मनोविद् गोपाल ढकाल बताउँछन् । यौनको आसनले यौन जीवनलाई नवीकरण गर्न सहयोग पु¥याउने भएकाले यसबारे नयाँ पुस्ताको सक्रियता बढ्दै गएको उनको भनाइ छ ।

कतिपयले भने देखासिकीमा यौन आसन अपनाउँदा त्यसले यौन सन्तुष्टि भन्दा बढी पीडा दिने गरेको बताउँछिन्, मनोविद् कुँवर । अहिले कतिपयले पोर्न साइट हेरेर त्यसैको सिको गर्ने गर्ने गरेको उनी बताउँछिन् । ‘पोर्न साइटमा त अभिनय गरिएको हो । धेरै टेक लिएर त्यस्तो छायांकन गरिन्छ,’ कुँवर भन्छिन्, ‘अन्धाधुन्द त्यसैलाई अनुसरण गर्दा यौन सुख प्राप्त नहुन सक्छ ।’

यौन शारीरिक क्रिया भएपनि भावनात्मक उपस्थिति महत्वपूर्ण हुने उनको भनाइ छ । त्यसैले यौनमा सहभागी भइरहँदा उनीहरु कस्तो भावनात्मक स्थितिमा छन् भन्ने कुराले यौन सुखको निर्धारण गर्छ ।

मनोविश्लेषक सिग्मड फ्रायडको अनुसन्धानले के देखाएको छ भने यौनमा ८० प्रतिशत उपस्थिति मानसिक हुन्छ । त्यसमा शारीरिक उपस्थिति २० प्रतिशत मात्र हुन्छ ।

गरिबी र अस्तव्यस्त जीवन यौन सुखको बाधक

आर्थिक कमजोरी, गरिबी, बेरोजगारी र धपेडीपूर्ण जीवनले पनि अहिले नेपाली दम्पतीको यौन सुख हरण गरिरहेको मनोविदहरुको भनाइ छ ।

व्यक्तिको मानसिक स्वास्थ्य कस्तो छ भन्ने कुराले उनीहरुको यौन जीवनमा प्रभाव पार्छ ।  मानसिक रुपले स्वस्थ मान्छेले मात्र पूर्ण रुपमा यौन सुखभोग लिन सक्छन् । तर आज मान्छे धपेडीमा छ । तनावमा छ । गरिबी र बेरोजगारीले सताइएका छन् । यावत् कुराले उनीहरुको मनस्थिति खलबलिएको छ । नतिजा, यौनमा उनीहरु मानसिक रुपले पूर्ण सहभागी हुन सकिरहेका छैनन् ।

‘तनावमा भएको बेला गरिने यौन सम्पर्कबाट कुनै आनन्द अनुभव गर्न सकिंदैन,’ मनोचिकित्सक ज्ञवाली भन्छन्, ‘यो सन्तान उत्पादन गर्नका लागि मात्र हुन्छ ।’

उनका अनुसार यौन सुख भनेको पुरुष र महिलाले गर्ने यौन सम्पर्क मात्र होइन । हात समातेर कुरा गर्ने, बसेर चिया खाने, करेसाबारीमा काम गर्ने, सुत्ने बेलामा कुनै विषयमा लामो समयसम्म छलफल गर्ने, सँगै किताब पढ्ने, स्पर्श गर्ने, चुम्बनले पनि यौन सुख प्राप्त गर्न सकिन्छ  । शारीरिक सम्पर्कले मात्र यौन सुख दिन्छ भन्ने गलत धारणा रहेकाले आर्थिक कमजोरी, गरिबी, बेरोजगारी तथा धपेडीपूर्ण जीवनलाई व्यवस्थापन गरेर यौन सुख लिन सकिने उनको बुझाइ छ ।

सम्बन्धलाई एकदमै नियन्त्रण गर्न खोज्ने प्रवृत्तिले पनि यौन सुख प्राप्त गर्न नसकिने बताउँछिन्, मनोविद् कुवँर । यौन सम्पर्क मानसिक रुपमा तयार भएर गरियो भने मात्र वास्तविक यौन सन्तृष्टि सकिने उनको भनाइ छ ।

यौन भनेको एकदमै खुसी र आनन्दको बेलामा गरिने क्रियाकलाप भएकाले आर्थिक कमजोरी, गरिबी, बेरोजगारी तथा धपेडीपूर्ण जीवनले प्रत्यक्ष प्रभाव पार्ने मनोविद् गोपाल ढकाल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

Next Post
राष्ट्रिय एकता अभियान निकट विद्यार्थीद्वारा चिनियाँ राष्ट्रपतिको पुतला दहान

राष्ट्रिय एकता अभियान निकट विद्यार्थीद्वारा चिनियाँ राष्ट्रपतिको पुतला दहान

जम्मा ५ भोट भएको रामजी साहलाई तामझामका साथ माधब नेपालले लगे आफ्नो पार्टीमा

जम्मा ५ भोट भएको रामजी साहलाई तामझामका साथ माधब नेपालले लगे आफ्नो पार्टीमा

राहुल गान्धी काठमाडौंमा

राहुल गान्धी काठमाडौंमा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .