No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

महोत्तरीमा क्रसर आतंक : तटबन्ध भत्काएर खोला उत्खनन् गर्न बाटो बनाउँदै

महोत्तरीमा क्रसर आतंक : तटबन्ध भत्काएर खोला उत्खनन् गर्न बाटो बनाउँदै

महोत्तरी :  जिल्ला समन्वय समिति महोत्तरीले खोला उत्खननमाथि प्रतिवन्ध लगाएको छ । बेलाबेलमा खोला अनुगमन गरेको देखिन्छ ।

खोला किनारमा ३० भन्दा बढि क्रसरहरु सञ्चालनमा रहेका छन् । तर ति सबै क्रसरहरु मापदण्ड विपरीतनै सञ्चालनमा रहेको छ । यस्ता गम्भीर विषयमा स्थानीय सरकार भने उदासीन देखिएको छ ।

खोला खनिने क्रम अझै रोकिएका छैन । कतै नगरपालिकाको मिलोमतोमा त कतै प्रहरी प्रसाशनको मिलोमतोमै उत्खनन भइरहेको छ । प्रदेश २ को कतिपय ठाउँ यस्तो छ- जहाँ क्रसर माफियाको राज नै चल्छ ।

धनुषामा क्रसर माफियाले पर्यावरण अभियन्ता दिलिप महतोको हत्या नै गर्यो । धनुषामै पेस्तोल देखाएर उत्खनन गरेको घटना पनि सार्वजनिक भयो । तर अझै महोत्तरीमा क्रसर माफियाको राज चलेको छ । बर्दिबास नगरपालिका-६ स्थित सुमित बालुवा प्रशोधन उधोग प्रालिले दादागिरी शैलीमा नदी उत्खनन् गरिदै आएको छ ।

केहि दिन पहिला बर्दिबास नगरपालिका-६ किसाननगरस्थित रातु खोलामा करिव १५ लाखको लागतमा निर्माण गरिएको ४५ फिट लम्बाइ भएको तटबन्ध सुमित बालुवा प्रशोधन उधोगले भत्काइदिएको छ । उत्खनन गर्ने उदेश्य तटबन्ध भत्काएर बाटो निर्माण गर्न लागेको स्थानीय मनोज साहले बताए ।

तटबन्धको सय मिटर पुर्व रहेको क्रसर उद्योगले रातीको समयमा उत्खनन गर्न उक्त तटबन्ध माथिबाट बाटो निर्माण गर्न लागेको स्थानीय बताउँछन् । उक्त क्रसर उद्योगको गाडीले तटबन्धमाथि ग्राभेल हालेको र तटबन्ध माथिबाट टिपर र जेसिबी चलाउँछ ।

स्थानीय भन्छन्, ‘प्रशासनलाई जानकारी गराउँदा केहि समयमै प्रहरी आए । प्रहरीले गाडी देखेरपनि नदेखेको जस्तो गरेर त्यहाँबाट फर्किए ।’ तटबन्ध माथिबाट गाडी लान खोज्दा नयाँ निर्मित तटबन्धको केहि भाग पुणर् रुपमा क्षतिग्रस्त बनेको उनले सुनाए ।

तटबन्ध माथिबाट बाटो निर्माण गर्नका लागि खोला उत्खनन गरिरहेका बेला स्थानीय देखेपछि रोक्न पुगे । तर क्रसरका मेनेजर सुनिल साहले आफुलाई वडा अध्यक्षले भनेपछि मात्रै खनेको भनेपछि आफुहरु फर्केको स्थानीय बताउँछन् ।

यता, बर्दिबास नगरपालिका-६ का वडाध्यक्ष पदम आले आफुलाई यो विषयमा कुनै किसिमको जानकारी नभएको बताए । उनले आफुले कुनै क्रसर उद्योगलाई उत्खनन तथा तटबन्ध माथिबाट बाटो निर्माण गर्न अनुमती नदिएको दाबी गरे ।

सुमित बालुवा प्रशोधन क्रसर उधोगका प्रतिनिधि मनोज बैठाले गाडीको आवतजावत गर्नका लागि उक्त तटबन्ध माथिबाट बाटो निर्माण गर्न लागेको बताए । बर्दिबास नगरपालिका-६ का वडाध्यक्ष पदम आले आफुलाई यो विषयमा कुनै किसिमको जानकारी नभएको र आफुले कुनै क्रसर उद्योगलाई उत्खनन तथा तटबन्धमाथिबाट बाटो निर्माण गर्न कुनैपनि किसिमको अनुमति नदिएको बताए ।

सुमित बालुवा प्रशोधन क्रसर उधोगका प्रतिनिधि मनोज बैठाले गाडीको आवतजावत गर्नका लागि उत्क तटबन्धमाथि बाटो निर्माण गर्न लागेको प्रतिक्रिया दिए । todaypati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

Next Post
नेपालका बुधबार थप एक हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालका बुधबार थप एक हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

‘भोकमरी पर्‍यो, चामल पठाइदेऊ सरकार’

‘भोकमरी पर्‍यो, चामल पठाइदेऊ सरकार’

पसलहरू आलाेपालाे खाेल्न दिने, १६ सिटभन्दा माथिकाे सार्वजनिक यातायात जाेर विजाेर (आदेशकाे पूर्णपाठसहित)

पसलहरू आलाेपालाे खाेल्न दिने, १६ सिटभन्दा माथिकाे सार्वजनिक यातायात जाेर विजाेर (आदेशकाे पूर्णपाठसहित)

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .