No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘भोकमरी पर्‍यो, चामल पठाइदेऊ सरकार’

‘भोकमरी पर्‍यो, चामल पठाइदेऊ सरकार’

रुकुम पश्चिम : भण्डार गरेको अन्न रित्तिएपछि उपल्लो डोल्पामा खाद्य संकट सुरु भएको छ । कोरोना भाइरसका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपल्लो डोल्पामा चामल पनि पुर्‍याउन नसक्दा खाद्य संकट सुरु भएको हो ।

डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा हुर्किरहेको गहुँ । हिउँदभर हिमपात हुने भएकाले माथिल्लो डोल्पामा वर्षामा हिउँदे बाली लगाइन्छ । तस्बिर सौजन्य : पेमा गुरुङ

‘बारीको अन्न पाकेको छैन, घरभित्रको सकियो, चामल आउँदै नआएपछि हामी समस्यामा छौं,’ डोल्पोबुद्ध गाउँपालिकाका ग्याल्जेन गुरुङले भने, ‘हाम्रोतिर भोकमरी सुरु भइसकेको छ, भोक मेटाउन कतैबाट पहल पनि भएको देखिन्न ।’ सर्वसाधारण समस्यामा पर्दासम्म चासो नदिइनु सर्वसाधारणप्रतिको बेवास्ता भएको उनले बताए ।

स्थानीयबासीले स्थानीय तह हुँदै जिल्लासम्म समस्याको बारेमा जानकारी गराएका छन् । डोल्पोबुद्ध गाउँपालिकाले भोकमरी सुरु भएकाले चामलको व्यवस्थापन गरिदिन भन्दै मन्त्रीलाई पत्र लेखेको छ । गाउँ कार्यपालिका बैठकबाट माथिल्लो डोल्पामा भोकमरी सुरु भएको निष्कर्षसहित चामल ढुवानीको व्यवस्थापन गरिदिन माग गरिएको चिठी आपूर्ति मन्त्रीलाई लेखिएको छ ।

भोकमरी सुरु भइसकेकाले हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानीको व्यवस्था तत्काल गर्नुपर्ने कार्यपालिका बैठकले निर्णय गरेको वडा नम्बर १ का वडाध्यक्ष क्याल्पो थापा भोटेले बताए । स्थानीय उत्पादन आलु, उवा र गहुँ पाकि नसक्दै पूरानो खाद्यान्न सकिएको थापाले बताए । तर उपल्लो डोल्पाका लागि निर्धारित कोटामध्ये कत्ति पनि चामल पुगेको छैन । माथिल्लो डोल्पाका तीन स्थानीय तहमध्ये केही ठाउँमा गहुँ उत्पादन हुन्छ भने धेरै ठाउँमा उवा र आलुको खेती गर्ने गरिन्छ ।

डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाले खाद्यान्न आपूर्तिका लागि आपूर्ति मन्त्रालयलाई लेखेको पत्र ।

उपल्लो डोल्पाको लागि काठमाडौंबाट सोझै चीन भएर खाद्यान्न ढुवानी गर्ने गरिन्छ । कोरोनाको कारण केरुङ नाका बन्द भएपछि उपल्लो डोल्पामा चामल ढुवानी हुन पाएको छैन । चीनको बाटो भएर डोल्पोबुद्ध गाउँपालिकाको मोरिम्लादेखि तिन्जेसम्म चामल ढुवानी हुने गर्दथ्यो । त्यहीँबाट अन्यत्र वितरण गर्ने गरिएको भए पनि गत आर्थिक वर्षभर चामल गएको छैन ।

डोल्पा सदरमुकाम दुनैसम्म सडक पुगिसकेकाले अब त्यहीँबाट खाद्यान्न ढुवानको व्यवस्था हुनुपर्ने माग उपल्लो डोल्पाबासीको छ । डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङले उपल्लो डोल्पाका ३ स्थानीय तहमा अब चीनबाट नभई दुनैबाटै चामल ढुवानीको व्यवस्थाका लागि माग गरिएको बताए ।

तत्काल हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गर्नुपर्ने र पछिसम्मका लागि जिल्ला सदरमुकाम दुनैबाटै खाद्यान्न ढुवानी गर्ने व्यवस्था मिलाउनुपर्ने अध्यक्ष गुरुङले बताए । दुनै शाखा कार्यालय तथा आसपासका डिपोहरुमा भने पर्याप्त चामल रहेको छ । डोल्पोबुद्ध, शे फोक्सुण्डो र छार्काताङसोङ गरी उपल्लो डोल्पामा ३ स्थानीय तह छन् । kantipur

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

मुख्यमन्त्री सरकारमा पुगेपछि राप्रपाले बिच्छामाथि कारबाही

मुख्यमन्त्री सरकारमा पुगेपछि राप्रपाले बिच्छामाथि कारबाही

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

Next Post
पसलहरू आलाेपालाे खाेल्न दिने, १६ सिटभन्दा माथिकाे सार्वजनिक यातायात जाेर विजाेर (आदेशकाे पूर्णपाठसहित)

पसलहरू आलाेपालाे खाेल्न दिने, १६ सिटभन्दा माथिकाे सार्वजनिक यातायात जाेर विजाेर (आदेशकाे पूर्णपाठसहित)

अध्यक्षद्वयबीच साढे तीन घण्टा छलफल, प्रस्ताव तयार

अध्यक्षद्वयबीच साढे तीन घण्टा छलफल, प्रस्ताव तयार

पठाओ र टुटलले पनि थाले सेवा

पठाओ र टुटलले पनि थाले सेवा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .