No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ओलीलाई मध्यवधीको भूत, राष्ट्रपतिबाट कार्यकारीको अभ्यास

ओलीलाई मध्यवधीको भूत, राष्ट्रपतिबाट कार्यकारीको अभ्यास

पोर्चुगल : सत्तारुढ दल नेकपा कम्युनिस्ट पार्टी (नेकपा)भित्र झांगिएको शक्ति स्वार्थको झगडा यतिबेला उत्कर्षमा छ । गत असारमा नेकपा विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूत हाउ यान्छीले दलका शीर्ष नेता केपी ओली, पुष्पकमल दाहाल, माधव नेपाल र वामदेव गौतमलाई भेटिसकेकी छिन् ।

यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसमेत भेटिसकेको भनिएको थियो । यतिबेला पनि उनी नेकपा विवाद सहजीकरणमा उत्रिएको पाइन्छ । २ मंसिरमा यान्छीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको खुलेको थियो ।

यता राष्ट्रपति भण्डारीले केहि दिन यता शीतलनिवासमा ओली, प्रचण्ड, नेताहरु गौतम, रामबहादुर थापा र वर्षमान पुनलाई नेकपाभित्रका आन्तरिक किचलो मिलाउन आग्रह गरेको समचार सुचित भएकै थियो ।

पुनः नेकपा पार्टीभित्र मुख्यतयः ओली र दाहालको विवादले चरम उत्कर्ष लिएको र पार्टी नै टुक्रिन सक्ने र त्यसले सरकारसम्म ढल्न सक्ने संकेतहरू देखिन थालेपछि उनी झन सक्रिय रहेको पाइएको छ ।

प्रधानमन्त्री ओलीले ल्याउन खोजेको भनिएको संसद विघटनको प्रस्ताव सुनाएपछि भण्डारीले हतारमा निर्णय नगर्न सुझाएको सुनिएको छ । पार्टीलाई फुटको संघारबाट जोगाउन सबैले मिलेर जानुको बिकल्प नरहेको भण्डारीको मत रहेको नेकपाकै नेताबाट खबर बाहिरिएको छ । पार्टी विभाजन हुँदा लोकतान्त्रिक संवैधानिक व्यवस्थामाथि चौतर्फी प्रहार हुने र मुलुकमा अराजकता श्रृजना भइ अस्थिता सुरु हुने भन्दै पार्टीभित्र राजनीतिक परामर्शमा निकै दबाब दिएको सुचना बाहिरिएको छ ।

यो राष्ट्रपतिको भूमिका सरकार नै बिघटन हुने हिसाबले हेर्दा आप्नो ठॉउमा ठीक होला तर यसको कारण पार्टीभित्रको व्यक्तिवादी स्वार्थ हो भन्ने बुझेरै पार्टीको आन्तरिक विवादमा राष्ट्रपति पटक पटक यसरी मुछिनु संबैधानिक हिसाबले संबिधानत गलत छ ।

यदि सरकार संचालनमा देखिएको कमजोरीको कारण देशमा राजनीतिक संकट पैदा हुन लागेको र त्यसको समाधानका लागि राष्ट्रप्रमुखको हैसियतले विद्यादेवी भण्डारीले परामर्श गरेको हो भने किन अन्य राजनीतिक दल, प्रमुख प्रतिपक्षदलका नेताहरू सबैलाई राखेर परामर्श गर्नुहुन्न ?

किन नेकपाका नेताहरू र राजदूतहरूसँग मात्र भेटघाट हुन्छ ? त्यसैले राष्ट्रपतिले आफूलाई एउटा अभिभावकको रूपमा जनता, देश र संविधानको प्रमुखको प्रतिबिम्ब हो भनेर सावित गर्न नसक्नु र आफूलाई पार्टीको कार्यकारी नेता जस्तो ठानेर कार्यकारी बन्न खोज्नु संवैधानिक मर्यादा र संविधानको अपमान हो ।

नेपालको राजनीतिमा नेताहरू र उनीहरूको व्यवहार अनि सोच देख्दा पनि अचम्म लाग्दछ । सभापति र प्रधानमन्त्री भैसके पछि जस्तो अवस्था आए पनि अन्तिम अवस्थासम्म आफ्नो पैतृक सम्पतिमा जस्तो बल प्रयोग गरेर हुन्छ कि मनी मसल प्रगेयबाट हुन्छ पद नछोड्ने बरू सत्ताबाट बाहिरिनु परेको खण्डमा देशको ब्यवस्थालाई नै खाडलमा जाग्दिने खेल निकै देशद्रोही र राष्ट्रघाती क़दम हो ।

राजनीतिक दलहरूमा वर्षौदेखि अध्यक्ष रहिरहने, अधिवेशन गर्नु नपर्ने र गरी हाले पनि मरणोपरान्त आफै हुनुपर्ने यो व्यक्तिवादी सोच र संस्कारबाट लोकतन्त्रवादी हुँ भन्नेहरूमा कहिले परिवर्तन आउने ?

त्यही संस्कार र सोचबाट चलिरहेको राजनीतिक खेलले ओली महाराजामा दम्भ आएको छ । नेपालको राजनीतिमा जतिबेला सरकारले बहुमत प्राप्त गरि केहि गर्ने अवस्था बन्दछ नेताहरू आफैभित्र पदीय र शक्तिस्वार्थका लागि सरकार ढाल्न र पार्टी चोईटाउनसम्म पछि पर्दैनन ।

त्यो २००७ पछिदेखि अहिलेसम्म हुँदै आएको परम्परागत नजिर नै हो । जुन कुरा नेताहरूको बहुलहठ्ठीटपन हो । देशलाई कंगाल बनाउने र जनतालाई सदैव रैती र दासताको रूपमा व्यवहार गर्ने यस्तो फोहोरी खेल नेपालका नेताहरूको लागि बांदरका हातमा लड्डु जस्तै भयो । यिनीहरूले संघर्षको लागि लड़ाई लड्न सक्ने तर प्राप्त भएको परिणामको संरक्षण गर्दै सही सदुपयोग गर्न नसक्नु दुर्भाग्य हो ।

अहिलेसम्मको राजनीतिक परिस्थितिलाई गहन ढंगबाट अध्ययन गरेर हेर्ने हो भने नेपाली कॉग्रेस र नेपाल कम्युनिष्ट पार्टी लगायतका दर्जनौ नेताहरूले लोकतन्त्रमा प्राप्तिका लागि ठुलो संघर्ष गरेको इतिहास रहेता पनि त्यो सबै सत्ता प्राप्त गर्न र त्यसबाट प्रतिफल लिनकै निमित्त रहेछ भन्ने कुरा आजको झन्डै २ तिहाईको सरकारको व्यवहारले देखाएको छ ।

यो सरकार बनेको ३ वर्ष भैसक्दासम्म पार्टीभित्र कै भागबन्डाको आन्तरिक किचलो र सरकार संचालनमा शक्ति सन्तुलन मिलाउन नसक्दा पार्टी र सरकारमा रहेका थुप्रै नेता र सांंसदहरू केन्द्रदेखि स्थानीय तहसम्म कसरी हुन्छ कमाउने तर्फ लागिरहेका छन । केही शीर्ष नेताभित्रको किचलोसँग उनीहरूको खासै चासो रहेको देखिँदैन ।

भोलि यही किचलो र झगडाको कारण सरकार फेरबदल भयो वा देश पुन मध्यवधीमा गयो भने कमाउने अवसर नआउन पनि सक्दछ भनेर हजारौ पार्टीका कार्यकर्ता र कर्मचारीहरू समेत त्यसतिर लागिरहेका छन् ।

जसका कारण देशको अर्थतन्त्र र सुशासन परनिर्भरताउन्मुख बन्दैछ । राजनीतिक दाउपेजमा आफ्नो स्वार्थसिद्व गर्न खोजिरहेका छिमेकीहरूका लागि यो सामान्य भैरहेको छ ।

यदि नेकपाभित्रको किचंगलोले यस पटक पनि पार पाउन सकेन भने ओली महाराजले दम्भकै भरमा संसदमा बाध्यकारी अवस्था देखाई मध्यावधिको बाटोमा देशलाई पुराउनेसम्मको सोच बनाइ रहेका छन ।

जसरी हुन्छ शक्तिमा आफू रहिरहने र आफूले जे गरे पनि राम्रो मान्दिनु पर्ने यो घृणित राजनीयितबाट देश र जनता कहिले मुक्त हुने ? यस्तो खेल सबै खाले राजनीतिक दल, पार्टी र सरकारहरूमा बारम्बार देखिरहेको इतिहास छ ।

पार्टीका नेताहरूका पिछालग्गु भजनमन्डलीहरू पनि यसबाट मुक्त छैनन, उनीहरूले आफूलाई नेताहरूले हिडिरहेको भन्दा फरक सोच र बाटो पहिल्याउन सक्ने कुनै अवस्था पनि देखिदैन ।

वर्तमान राजनीतिमा देखिएको सबैभन्दा ठूलो समस्या नै शक्ति संघर्ष र स्वार्थको जालोबाट निस्किन नसक्नु हो । त्यसैले आम नेपाली जनता, नागरिक समाज र सामाजिक अभियान्ता सबै मिलेर राजनीतिक दलका झोला होइन एजेन्डाहरू हेरेर देश र जनताका पक्षमा भक्तिभजन गरौँ । झोले, भ्रष्ट, अपराधी, असक्षम र योग्यताहीन लाचार नेताहरूको पछि भजन गाउ्र्रँदै चरणमा फ़ुल चढाउन छोडौँ । त्यहीबाट राजनीतिक सुधार हुनेछ ।

जय सापकोटा, नवलपुर, हाल पोर्चुगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#विचार
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
महिनैपिच्छे बढ्छ पेट्रोलियम पदार्थको भाउः १० महिनामा १५ प्रतिशतले वृद्धि

महिनैपिच्छे बढ्छ पेट्रोलियम पदार्थको भाउः १० महिनामा १५ प्रतिशतले वृद्धि

प्रधानमन्त्री मोदीले भने – विश्वभर रहेको भारतको राम्रो छविलाई बिगार्ने प्रयास भइरहेको छ

प्रधानमन्त्री मोदीले भने - विश्वभर रहेको भारतको राम्रो छविलाई बिगार्ने प्रयास भइरहेको छ

सिरहाको गोलबजारमाएक पुरुषको लाश भेटियाे

सिरहाको गोलबजारमाएक पुरुषको लाश भेटियाे

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .