No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘परालमाथि पुराना लुगा ओछ्याएर सुत्छौं’

‘परालमाथि पुराना लुगा ओछ्याएर सुत्छौं’

मेरो नाम कैलीदेवी दास हो । म धनुषा जिल्लाको कमला नगरपालिका वडा नम्बर ४ सघारा निवासी हुँ । म ५९ वर्षकी भएँ । मलाई जाडो महीना कहिल्यै नआओस् जस्तो लाग्छ । जाडो महीनामा हामी जस्ता गरीबको त बिजोग नै हुन्छ । दिनभन्दा पनि रात कटाउन अति नै मुश्किल पर्छ ।

कुनै रात त शरीर पनि काँप्छ । त्यसैले घाम अस्ताएपछि मलाई डर लाग्न थाल्छ । रात कसरी काट्ने भन्ने चिन्ता हुन्छ ।

यो वर्ष पनि जाडो शुरू भइसकेको छ । हामीसँग ओछ्याउने र ओढ्ने बाक्लो लुगा छैनन् । खर र बाँसले छाएको यो घरको छत पनि कतिखेर खस्ने हो थाहा छैन । हेर्नु न अहिले पनि माथिबाट घरमा हावा पसिरहेको छ ।

आफ्नो खेतबारी नभएकाले गाउँबाट मागेर पराल ल्याएर ओछ्याएकी छु । राति त्यसैमाथि सुत्ने गर्छु । यसपालि मागेर एउटा ओढ्ने (चादर) ल्याएकी छु । त्यही ओढेर सुत्छु । तर त्यसले शरीर न्यानो बनाउँदैन ।

म, बुहारी र नाति तीनै जना पुरानो कपडा गुथेर बनाइएको भोटिया ओछ्याएर सुत्ने ठाउँ बनाएका छौं । परालमाथि त्यही ओछ्याएर सुत्छौं । ओढ्ने पनि पुरानो कपडा गुथेरै बनाएका छौं । के गर्नु दुःख छ ।

राति असाध्यै चिसो हुन्छ । आफ्नो खेतबारी नभएकोले गाउँबाट मागेर पराल ल्याएर ओछ्याएकी छु । राति त्यसैमाथि सुत्ने गर्छु । अरू बेला लगाउने सूतीको एउटा साडी छ । यसपालि मागेर एउटा ओढ्ने (चादर) ल्याएकी छु । त्यही ओढेर सुत्छु । तर त्यसले शरीर न्यानो बनाउँदैन । खोजेर ल्याएका दाउरा र वरिपरिका रूखका झरेका पातहरू भेला गरेर साँझ–बिहान आगो बाल्छु र ताप्छु ।

हाम्रो घर देखिहाल्नुभयो । वर्षाको पानीले भत्किएकाले भित्र हावा छिर्छ । कुनै कुनै बेला त चिसोले कान र पैताला दुख्छन् । अरू बेला बिहानै उठ्ने गर्थें, तर यो चिसोमा ढिलो गरी बाहिर निस्किन्छु । म बिहानको चिसो खप्नै सक्दिनँ ।

दिनभर घाम लाग्दा त ठीकै हो तर साँझ र बिहान धेरै समस्या हुन्छ । शीतलहर शुरू हुने बेला भयो अब कसरी बाँच्ने थाहा छैन । फेरि मेरो शरीर पनि कमजोर भइसकेको छ । चिसो धान्न सक्ने अवस्था छैन ।

हाम्रो परिवारमा लगाउन मात्रै होइन खान पनि समस्या छ । दुई वर्षअघि पतिको मृत्यु भएपछि छोरो पनि अर्काे विवाह गरेर बाहिर गइसकेको छ । अहिले बुहारी र नातिसँग यो घरमा बसेकी छु । गाउँका अरूको घरमा काम गरेर बुहारीले कमाएको कमाइले परिवार चलेको छ ।

जाडोमा कहिलेकाहीं त बिहान उठ्दा आँखा र मुख समेत फुल्ने गर्छ । जाडो शुरू भएपछि शरीर दुख्न थालेकाले औषधि किन्न छिमेकीबाट एक हजार रुपैयाँ कर्जा लिएकी छु । शरीर ठीक रह्यो भने त मजदूरी गरेर कर्जा तिरिहाल्छु नि !

हुन त मैले बच्चादेखि नै जाडो खेप्दै आएकी हुँ । माइती पनि त्यत्ति हुनेखाने थिएनन् । बिहे गरेर श्रीमान्को घर आएको दुई वर्षजति मैले न्यानो कपडा लगाउन पाएँ । तर, बिहेको दुई वर्षमै श्रीमान् बितेपछि जन्मिएको एक छोरा हुर्काउन मजदूरी गर्न थालें । त्यसपछि मैले कहिल्यै पनि न्यानो कपडा लगाउन पाइनँ ।

अलिक ठूलो भएपछि छोराको बिहे गरिदिएँ । बुहारी घर आइन् । अब दुःख जाला कि भन्ने लागिरहेको थियो । यसबीचमा नाति पनि जन्मियो । तर, दुई वर्षअघि छोराले अर्को विवाह गरेर सिरहामा बस्न थालेपछि मेरा फेरि दुःखका दिन आए । अहिले नातिलाई पाल्ने कि आफू बाँच्ने भन्ने चिन्ता छ । यो जाडोमा आफूभन्दा पनि नातिको चिन्ता छ मलाई ।

अहिलेसम्म हामीलाई कसैले कुनै सहयोग गरेका छैनन् । मान्छे आएर पटक–पटक नाम टिपेर लैजान्छन् । तर, अहिलेसम्म कसैले केही दिएका छैनन् । हामीलाई बाक्लो लुगा अथवा कम्बलको साह्रै खाँचो छ । कसैले दिंदैन के गर्नु ?

(धनुषा कमला नगरपालिकाकी कैलीदेवी दाससँग अनलाइनखबरकर्मी श्रवण देवले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
चिनको पेलाइले मारमा किसान,मंत्री भाषण दिदै मख्ख !

चिनको पेलाइले मारमा किसान,मंत्री भाषण दिदै मख्ख !

चीन बिरुद्ध पाकिस्तानी जनता आक्रोशित

चीन बिरुद्ध पाकिस्तानी जनता आक्रोशित

चिनको एकतंत्र शासनमोहले विश्वबजार प्रभावित !

आफ्नो पकड बलियो बनाउन, चीनले धम्कीको भाषा प्रयोग गर्दै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .