No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जब दोस्रो पटक पनि सम्बन्ध विच्छेद हुन्छ


जब दोस्रो पटक पनि सम्बन्ध विच्छेद हुन्छ

सम्बन्ध विच्छेद कुनै सजिलो निर्णय होइन । वर्षौँदेखि सम्हालेर राखेको सम्बन्ध जब टुट्छ, त्यतिबेला व्यक्तिको मनमस्तिष्कमा निकै ठूलो असर पर्छ । आफैंलाई नराम्रो लागिरहेको अवस्थामा बाहिरी समाजले सोध्ने विभिन्न किसिमको प्रश्नले झन् ठूलो असर पार्छ । त्यसमा पनि विशेषगरी दोस्रो सम्बन्ध पनि टुट्दा यस्तो समस्या धेरै हुन्छ । यो स्थिति नेपालमा मात्र होइन, धेरै मुलुकहरुमा देख्न सकिन्छ ।

 दोस्रो सम्बन्ध विच्छेदको मामिला

पहिलो सम्बन्ध विच्छेदमा कुरा निकै फरक हुन्छ । व्यक्तिको उमेर अझै बाँकी हुन्छ, परिपक्व भइसकेको हुँदैन र जिन्दगी र सम्बन्धप्रति त्यति धेरै संवेदनशील पनि हुँदैन । सम्बन्धविच्छेदपछि मानिसहरु यसलाई सहानुभूतिको नजरले हेर्छन् र सोच्ने गर्छन् कि गलत व्यक्तिसँग सम्बन्धमा बाँधिएको कारण यस्तो अवस्था आएको होला । अथवा कुनै कुरामा तालमेल नमिलेको हुनुपर्छ । त्यसैले मानिसले उसलाई सहयोग पनि गर्छन् ।

दोस्रो सम्बन्ध विच्छेदमा भने कुरा अर्कै हुन्छ । व्यक्ति परिपक्व र अनुभवी भइसकेको हुन्छ । साथै मानिसहरुलाई दोस्रो जीवनसाथी निकै सोचविचार गरेर मात्र चयन गरेको भान हुन्छ । यतिबेला ऊ धेरै बुझ्ने भइसकेको हुन्छ र पुरानो गल्ती दोहो¥याउन चाहँदैन । तर, दोस्रोपटक पनि राम्रो सम्बन्ध हुन सकेन भने मानिसहरु उसलाई सानो नजरले हेर्छन् । उनीहरुलाई उक्त व्यक्तिमा नै केही खराबी छ कि भन्ने आभाष हुन्छ । त्यसैले कोहीसँग पनि मिल्न सक्दैन वा सक्दिन भन्ने उनीहरुको बुझाइ हुन्छ ।

पहिलो सम्बन्धविच्छेदलाई दुर्घटना मान्न सकिन्छ । तर, दोस्रो सम्बन्धविच्छेदलाई भने कतै न कतै लापरबाही र स्वभावगत दोष मान्न सकिन्छ । व्यक्ति लामो समयसम्म मुख लुकाएर बस्नुपर्ने अवस्थामा पुग्छ । विशेषगरी महिलाको अवस्थ अझै गम्भीर हुन्छ । एकातर्फ उनीहरुलाई आर्थिक चिन्ताले सताउँछ अर्कोतर्फ बच्चाको भविष्यको चिन्ता पनि हुन्छ । त्यसमाथि विभिन्न कुरा काट्ने र लान्छना लगाउने समाज त छँदै छ ।

सम्बन्धविच्छेदसँग जोडिएका भावनात्मक अवस्था

विवाहपछि सम्बन्धविच्छेदको अवस्थाको सामना गर्ने मानिसले भावनात्मकरुपमा पनि धेरै अवस्था पार गर्न सक्छ

दुःख र हताश : मानिसलाई कुनै महत्वपूर्ण सम्बन्धको अन्त्य भएको आभाष हुन्छ । उसले  आफ्नै परिवारको कसैको मृत्यु भए जत्तिकै पीडा अनुभव गर्छ । सामान्यतया यो अवधि १८ देखि ३–४ वर्षसम्म चल्छ ।

पछुतो :असफलता महसुसले मानिसमा पश्चातापको भावना उत्पन्न गर्छ । मानिसलाई आफू र परिवार तथा समाजको अपेक्षाअनुसारको काम गर्न नसकेको आभाष हुन्छ । साथै उसलाई राम्रोसँग सम्बन्ध निर्वाह गर्न नसकेको आत्मबोध हुन्छ । यो अवस्था त्यतिबेला खतरानक हुन्छ, जतिबेला लज्जा र पीडा, रिस र हताशामा बदलिन्छ ।

डर र चिन्ता : सम्बन्धविच्छेदभन्दा पहिला र सबन्धविच्छेदपछि पनि महिलाको मनमा बच्चाको भविष्य के होला भन्ने डर र चिन्ता हुन्छ । अथवा कस्ता कस्ता आर्थिक समस्याको सामना गर्नुपर्ने हो भन्ने पीर उनीहरुलाई परिरहेको हुन्छ । छिटै नै कुनै उपयुक्त जीवनसाथी नपाएको खण्डमा उनीहरुको जीवन पनि निकै कष्टप्रद हुन सक्छ ।

सम्बन्धविच्छेदलाई इज्जतसँग नजोडौँ

विशेषज्ञहरु सम्बन्धविच्छेदलाई इज्जतसँग जोड्न नहुने बताउँछन् । सम्बन्धविच्छेदपछि पनि महिलाले आफूलाई दयनीय सोच्नु हुँदैन । सधै विभिन्न कठिनाइको सामना गर्नुभन्दा सम्बन्धविच्छेद गर्नु राम्रो बाटो रहेको विश्लेषकहरुको भनाइ छ ।

वास्तवमा विवाह यस्तो बन्धन हो कि जहाँ पति र पत्नीले एकअर्कालाई बुझ्ने र एकअर्काको सम्मान गर्नु निकै जरुरी हुन्छ । यदि यो सम्बन्धमा तपाइँलाई पर्याप्त सम्मान पाइरहेको छैन जस्तो लाग्छ भने एकसाथ रहनुको कुनै फाइदा पनि छैन ।

हरेक व्यक्तिलाई शान्ति र सम्मानपूर्वक बाँच्ने अधिकार हुन्छ । आफूले आफैंलाई कमजोर महसुस गर्नु हुँदैन । नकारात्मक कुराले मानिसलाई आत्महत्याको बाटोमा पनि लान सक्छ । जीवन अन्त्य गर्नुभन्दा राम्रो आफूले आफैंलाई एक नयाँ मौका दिनु नै हो ।

उदाहरणको लागि प्रत्युषा बनर्जीलाई दिन सकिन्छ । उनी शुरुमा मकरन्दसँग प्रेममा थिइन् । उनीसँग ब्रेकअप भएपछि उनी राहुलको सम्पर्कमा आइन् । यो सम्बन्धलाई उनी कुनै पनि अवस्थामा कायम राख्न चाहन्थिन् । उनी राहुलसँग भावनात्मकरुपमा निकै जोडिएकी थिइन् । जसको परिणामस्वरुप उनीहरुको प्रेमसम्बन्ध टुट्ने अवस्था आउँदा उनले आत्महत्या गरिन् ।

तर, आत्महत्या समाधान होइन र यो उचित पनि कुनै हिसाबमा होइन । यदि तपाइँको सम्बन्ध टुटेको छ भने नडराइकन आफूलाई बलियो बनाएर मानसिकरुपमा बलियो भएर आर्थिक मजबुती पनि बढाउनतिर लाग्नु राम्रो हुन्छ ।

हतारमा सम्बन्धविच्छेद नगर्नुहोस्

सधै सम्बन्धविगच्छेदको कारण आत्मसम्मान मात्र पनि हुँदैन । सम्बन्ध टुट्ने कारण स्थिति र स्वभाव सही नहुनु पनि हुन सक्छ । त्यसैले सम्बन्धविच्छेदको फैसला हतारमा लिने भूल गर्नुहुँदैन । कहिलेकाहीँ गल्ती तपाइँको पनि हुन सक्छ । यस्तो अवस्थामा आफ्नो गल्तीलाई ध्यानमा राख्दै त्यसलाई सुधार गर्दै जीवनसाथीको सोचलाई पनि ध्यान दिनु जरुरी हुन्छ ।

आवेशमा  आएर निर्णय गर्नुभन्दा पनि केही समय आफूलाई र सम्बन्धलाई दिनु राम्रो हुन्छ । यदि कहिलेकाहीँ त्यस्तै समस्या लाग्छ भने केही दिन एकै छतमुनि पनि अलगअलग बस्न सकिन्छ । जसले तपाइँलाई आफ्नो गल्ती महसुस हुन सक्छ । साथै केही समय आफनतकोमा गएर बस्नाले पनि तपाइँको दिमाग शान्त हुन सक्छ ।

दोस्रो विवाहभन्दा अगाडि

दोस्रो सम्बन्धविच्छेद मानिसको लागि निकै ठूलो दुर्घटना हो । यो अवस्थाको पीडा सहनु निकै कठिन हुन्छ । त्यसैले दोस्रोपटक आफ्नो सम्बन्ध बनाउँदै गर्दा विभिन्न कुराहरुमा ध्यान दिनु जरुरी हुन्छ । त्यसैले दोस्रो विवाहपूर्व एकअर्कासँग राम्रोसँग आफ्नो अपेक्षा र चाहनाको विषयमा इमान्दार भएर कुरा गर्नु हुन्छ । पैसा, सम्बन्ध, अभिभावकत्वको विषयमा तपाइँको विचार के छ भन्ने कुरा आफ्ना जीवनसाथीलाई स्पष्टरुपमा भन्नुहोस् । यसलाई  त्यति धेरै सहजरुपमा नलिइने भए पनि सम्बन्ध गाँस्नुभन्दा पहिला यी कुरामा पनि ध्यान दिनु जरुरी हुन्छ ।

इज्जतको विषय बन्छ सम्बन्धविच्छेद

हालै बेलायतमा एक हजार सम्बन्धविच्छेद भएका मानिसमा गरिएको अध्ययनको क्रममा सम्बन्धविच्छेद एक समस्याको कारण बन्न सक्ने पाइएको थियो । छुट्टिएका दम्पतीमध्ये आधाले विवाहपछि उनीहरुले अप्ठ्यारो र असफलताको भावना उत्पन्न भएको बताएका थिए । उनीहरुलाई आफ्नो जिन्दगीमा ठूलो धब्बा लागेको महसुस भएको थियो ।

अनुसन्धानमा एक तिहाइ मानिसले कुनै पनि हालतमा विवाह बन्धनलाई बचाउने प्रयास गरेका थिए । किनकी विवाह सधैका लागि गरिन्छ भन्ने उनीहरुको सोचाइ थियो । ४६ प्रतिशतले आफूहरुले सधैं मानिसहरुको भनाइ सुन्नुपरेको बताएका थिए ।

सम्बनधविच्छेद भइसकेपछि धेरैले प्रायः सामना गर्नुपरेको प्रश्न थियो – तपाइँको सम्बन्धविन्छेद किन भयो ?

सधैं यो प्रश्न गलत मनसायले पक्कै पनि सोधिँदैन । कहिलेकाँहीले कसैले राम्रै सोचेर पनि यो प्रश्न गरेको हुन सक्छ । यो प्रश्नको जवाफले मानिसको चरित्र र उसको दास्रो पक्षहरुको विषयमा पनि जानकारी मिल्छ ।

गृहशोभाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

Next Post
मुनाफा बढाउने शर्तमा मात्रै टेलिकममा रणनीतिक साझेदार

मुनाफा बढाउने शर्तमा मात्रै टेलिकममा रणनीतिक साझेदार

विदेशबाट आइतबार एक हजार नेपाली घर फर्किए

विदेशबाट आइतबार एक हजार नेपाली घर फर्किए

योगको उचित विधी र स्वास्थ्य-लाभ

योगको उचित विधी र स्वास्थ्य-लाभ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .