No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनकपुरमा आज धुमधामसित विवाहपञ्चमी महोत्सव मनाइँदै

जनकपुरमा आज धुमधामसित विवाहपञ्चमी महोत्सव मनाइँदै

काठमाडौं । आज जनकपुरमा धुमधामसित मर्यादा पुरुषोतम् भग्वान राम र आदर्शनारी सीताको विवाह गरी रामजानकी विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेयता युगमा भग्वान राम र सीताबीच विवाह भएको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष विवहपञ्चमी महोत्सव धुमधामसँग मनाइन्छ ।

त्रेता युगमा जुन प्रकारले राम सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरमा भएको थियो त्यसै प्रकारले वर्तमानमा समेत राम जानकीको डोलालाई जनकपुरमा स्वंम्बर गरि वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन हाल पनि कायमै छ ।

आज दिउँसो साधुशन्तको अगुवाइमा झाकीकिर्तणसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर ऐतिहासिक रंगभूमि मैदानमा बाह्र विघामा पुगेपछि डोलाफेर गरी रामसीताको स्वयमम्बर हुने कार्यक्रम रहेको जानकी मन्दिरका सहम महन्त रामरोशन दास बैष्णवले बताए ।

तत्पश्चात रामजानकीको डोलासहित नगर परिक्रमा गर्दै जानकी मन्दिरमा साँझ प्रवेश गरेपछि राति रामजानकीको विवाहको कार्यक्रम हुने छ । डोला राम मन्दि र जानकी मन्दिरबाट निस्केपछि डोला दर्शन गर्न श्रद्धालुहरुको भीड लाग्ने गर्छ । वैवाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरी भग्वान रामका बुबा अर्थात राजादशरथका रुपमा भूमिकामा छन् हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव छोरी पक्षको नेर्तत्व गर्दै सीताको बुबा राजा जनकको भूमिकामा हुन्छन् ।

महोत्सवमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानहरुबाट लाखौ श्रद्धालुहरु भक्तजनहरु जनकपुर आएका छन् ।

सप्ताह व्यापी रुपमा मनाइने रामजानकी विहपञ्चमी महोत्सवमा नगरदर्शन, फूलबारी लिला, धनुषा यज्ञ, तिल्कोत्सव, मटकोर कार्यक्रम सम्पन्न भइसकेको छ । आज रामाजानकीको विवाह पश्चात बिहीबार रामकलेवा गरी विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन हुने महन्थ रामतपेश्वर दास बैष्णवले जानकारी दिए ।

विवाहपञ्चमी महोत्सवमा आएका श्रद्धालुहरु विभिन्न स्थानहरुमा आयोजन भएको संस्कृतिक कार्यक्रममा सहभागि हुँदै रमाउने गर्दछन् । मिथिलाको लोप हुन लागेको कलासंंस्कृतिहरुको झझल्को दिने जस्ता सांस्कृतिक कार्यक्रमहरुमा हेर्न पाईन्छ । यसमा बालबालिकाहरुलाई राम, सीता र लक्ष्मणको प्रतिक बनाइ नाटक प्रदर्शन, झाँकी, नाचागान, भजनकिर्तनसहित पूजाअर्चना गर्ने गरिन्छ ।

विवाहपञ्चमीको अवसरमा सामाजिक संंघसंस्थाहरुले मेलामा आउने लाखौ तिर्थालुको सेवाका लागि विभिन्न ठाउँहरु शिविर तथा बासको व्यवस्था गरी तिर्थालुहरुलाई स्वागत गर्न जुटेकाछन् । स्थानीय क्लबहरुले निःशुल्क उपचार, आवस, निःशुल्क भोजन तथा मेलामा अलपत्र परेकाहरुलाई खोजविन गरेर गन्तव्यसम्म पुर्याउने काम पनि सामाजिक संघसंस्थाहरुले गर्ने गर्दछन् ।

विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै भीडभाडमा हुने चोरी, पाकेटमारी जस्ता अप्रिय गतिविधिलाई नियन्त्रण गर्न व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #धर्म-संस्कृतिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
प्रदेश २ : फतुवा विजयपुर नगरपालिकामा करोडौँको अनियमितता !

प्रदेश २ : फतुवा विजयपुर नगरपालिकामा करोडौँको अनियमितता !

जनकपुरको सुरक्षा व्यवस्था कडा, झण्डै दुई हजार प्रहरी परिचालन

जनकपुरको सुरक्षा व्यवस्था कडा, झण्डै दुई हजार प्रहरी परिचालन

प्रदेश २मा विशेष तयारी ओमिक्रोन भेरियन्टको संक्रमण रोक्न

प्रदेश २मा विशेष तयारी ओमिक्रोन भेरियन्टको संक्रमण रोक्न

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .