No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

खोप अभियानको गति बढाऊ, बुस्टर डोजको व्यवस्था गर

खोप अभियानको गति बढाऊ, बुस्टर डोजको व्यवस्था गर

नेपालमा कोभिड–१९ को दोस्रो लहर जारी रहेका बेला दुई साताअघि दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ रूप ओमिक्रोन छिमेकी मुलुक भारतसम्मै आइपुगेको छ । भाइरसको नयाँ प्रजाति कति संक्रमणशील र डरलाग्दो छ, र हालसम्मका खोपहरूले यसको प्रतिरोध गर्न सक्छन् कि सक्दैनन् भन्ने यकिन गर्न वैज्ञानिकहरू जुटिरहेका छन् ।

यसबेला नेपालले दुई कुरामा ध्यान दिनु अपरिहार्य छ— एउटा नयाँ भाइरस मुलुक प्रवेश गर्न नपाओस् र केही गरी भित्रिहाल्यो भने फैलिन नसकोस् भनेर पर्याप्त सतर्कता अपनाउनुपर्नेछ । दोस्रो, यथासम्भव छिटो लक्षित सबैलाई खोप लगाइसक्ने प्रबन्ध मिलाउनुपर्नेछ, र यस क्रममा दुई मात्रा खोप लगाइसकेकाहरूलाई बुस्टर डोज लगाउन पनि थाल्नुपर्नेछ ।

हालसम्म आइसकेको र चैत मध्यसम्म आइपुग्ने करिब सवा ६ करोड डोज खोप लक्षित व्यक्तिलाई दुवै चरण मात्र होइन, बुस्टर डोज लगाउन पनि पर्याप्त हुन्छ । हालसम्म मुलुकमा २ करोड ७१ लाख ६८ हजार मात्रा खोप भित्रिएको छ, त्यसमा १ करोड ९० लाख खोप उपयोग भएको छ । करिब ८० लाख खोप विभिन्न भण्डारणमा छ, चैत मध्यसम्म थप तीन करोड ५६ लाख खोप आउने सुनिश्चित छ । यो तथ्यांकबाटै प्रस्ट हुन्छ— अहिले खोपको उपलब्धतामा समस्या छैन, अब पनि हुने छैन । अबको चुनौती भनेकै चाँडोभन्दा चाँडो लक्षित व्यक्तिहरूलाई खोप लगाउनु हो । यसका निम्ति सरकारले खोप लगाउने कार्यको व्यवस्थापन कौशल बढाउनुपर्छ ।

कोभिडविरुद्धको खोप अभियान सुरु भएको ९ महिना भइसक्दा पनि झन्डै ८७ लाखले मात्र दुवै मात्रा खोप लगाउन पाएका छन् भने १ लाख ३ हजारले कम्तीमा पहिलो मात्रा लगाएका छन् । पछिल्लो समय देशभर दैनिक औसत डेढ लाख मात्रा खोप खपत भइरहेको छ । यही गतिमा अभियान चलाउँदा चैत मध्यसम्म आइपुग्ने खोप उपयोग गर्न नेपाललाई भदौसम्म लाग्नेछ । नयाँ प्रजातिको जोखिम पनि देखिएका बेला खोप अभियानलाई यही गतिमा चलाउनु ठूलो भूल हुन सक्छ । खोप उपलब्ध हुँदाहुँदै पनि नागरिकले लगाउने अवसर नपाएकै कारण संक्रमण फैलियो र सिकिस्त बिरामी बढे पनि यसमा सरासर सरकार दोषी हुनेछ । त्यसैले सरकारले खोप अभियानको गतिलाई तीव्र बनाउनुपर्छ ।

मुलुकमा मौज्दात र आउने खोप भण्डार गर्ने पूर्वाधार कमी भएकाले पनि खोप अभियानलाई तीव्र बनाउनुको विकल्प छैन । गत महिना चीनबाट आएको भेरोसेल राख्ने ठाउँ नभएर स्वास्थ्य सेवा विभाग परिसरमा गाडीमा जेनेरेटर जोडेर राख्नुपरेको तथ्य सरकारले स्मरण गर्नुपर्छ । र, कमजोर व्यवस्थापनकै कारण पहिलो र दोस्रो डोजको खोप लगाउन जुन ढिलाइ भैरहेको छ, त्यो क्रम रोकिनुपर्छ । अनि, नेपालमा १२ वर्षमाथिको दुई करोड ३२ लाख जनसंख्या सबैलाई हाल मौज्दात र अब उपलब्ध हुने खोपले तीन/तीन डोज पुग्ने भएकाले बुस्टर डोजको कार्यक्रम पनि थाल्नुपर्छ ।

खोप खपत बढाउन मात्र होइन, आवश्यकताका आधारमा पनि सरकारले बुस्टर डोजको कार्यक्रम थाल्न धेरै ढिलाइ गर्नु हुँदैन । विज्ञहरूका अनुसार दोस्रो मात्रा लगाएको ६ महिना कटेका व्यक्तिहरूमा खोपको प्रभाव देखिएको छैन । त्यसैले छ महिनाअघि नै दुवै मात्रा खोप लगाइसकेका नागरिकहरू संक्रमित नहोउन् वा संक्रमित भैहालेमा पनि सिकिस्त हुन नपाऊन् भनेर सरकारले बुस्टर डोज लगाउन सुरु गर्नुपर्छ । दोस्रो मात्रा खोप लगाएको समय–प्राथमिकतालाई आधार मानेर यसको कार्यक्रमतालिका बनाउनुपर्छ ।

अमेरिका, बेलायतलगायत छ दर्जन जति देशले धमाधम बुस्टर डोज लगाइरहेका छन्, इडियन सार्स कोभिड–२ जेनेटिक कन्सोर्टियमका वैज्ञानिकहरूले पनि ओमिक्रोनको जोखिम दृष्टिगत गर्दै ४० वर्षभन्दा माथिकाहरूका लागि बुस्टर डोजको सिफारिस गरेको छ, यसबाट नेपालले पनि सिक्नुपर्छ । खोप लगाउनुको अर्थ, औपचारिकता पूरा गर्नु नभएर आफ्ना नागरिकलाई महामारीबाट सुरक्षित गर्नु भएकाले सरकारले बुस्टर डोजको महत्त्व मनन गर्नुपर्छ ।

कसैले पहिलो डोज नै नपाउँदा कसैलाई बुस्टर भन्ने प्रश्न पनि उठेको देखिन्छ, तर बुस्टर डोज लगाएकै कारण कोही पनि पहिलो वा दोस्रो डोजबाट वञ्चित हुनुपर्ने अवस्था नआउने खण्डमा यस्तो सवालको औचित्य देखिन्न । खालि सरकारले प्राथमिकताअनुरूप सबैलाई खोप लगाउने व्यवस्थापन भने मिलाउन सक्नुपर्छ । यससम्बन्धी योजना निर्माण र कार्यान्वयनमा खास गरी स्वास्थ्यमन्त्री विरोध खतिवडाले विशेष सक्रियता देखाउन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #Covid-19#स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

Next Post
भारतलाई प्रतियुनिट ४.२० रुपैयाँमा बिजुली, सेवाशुल्क १८ प्रतिशत

भारतलाई प्रतियुनिट ४.२० रुपैयाँमा बिजुली, सेवाशुल्क १८ प्रतिशत

नेपालमा भारतीय र अमेरिकी पर्यटकको आगमन चिनियाँ पर्यटक गायब

नेपालमा भारतीय र अमेरिकी पर्यटकको आगमन चिनियाँ पर्यटक गायब

बिल्कुल दया छैन’: लीक फाइलहरूले खुलासा गर्दछ कि चीनले कसरी मुस्लिमहरूको सामूहिक नजरबन्द व्यवस्थित गर्‍यो

बिल्कुल दया छैन': लीक फाइलहरूले खुलासा गर्दछ कि चीनले कसरी मुस्लिमहरूको सामूहिक नजरबन्द व्यवस्थित गर्‍यो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .