No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रदेश २ मा अन्योल, कर्णालीमा निधिको पनि उम्मेदवार


प्रदेश २ मा अन्योल, कर्णालीमा निधिको पनि उम्मेदवार

काठमाडौं । पहिलो पटक बन्न लागेको नेपाली कांग्रेसको प्रदेश समितिका लागि शुक्रबारदेखि निर्वाचन कार्यक्रम सुरु भएको छ । प्रदेश २ बाहेकका ६ प्रदेशमा शुक्रबार उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

प्रदेश अधिवेशनमा कांग्रेसको संस्थापन र इतर पक्ष प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । मनोनयन दर्ताका क्रममा कर्णाली प्रदेश सभापतिका एक उम्मेदवारले आफू नेता विमलेन्द्र निधिको प्यानलको भएको बताएका छन् ।

लामो समय सभापति शेरबहादुर देउवाको सहयोगी रहेका निधिले १४ औं महाधिवेशनमा आफैं सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । प्रदेशमा पनि उनको पक्षमा पहिलो पटक उम्मेदवार खुलेका छन् । केन्द्रीय महाधिवेनअघि हुन गइरहेको प्रदेश अधिवेशनलाई कांग्रेसमा दुवै पक्षले प्रतिष्ठाको विषय बनाएका छन् । प्रदेशको नेतृत्व आफ्नो पक्षमा पार्न दुबै पक्षका नेताहरु प्रदेश झरेका छन् ।

निर्वाचन समितिका अनुसार शुक्रबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने र शनिबार मतदान हुनेछ । प्रदेश दुईका केही जिल्लामा प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न नहुँदा कार्यतालिका अनुसार प्रदेश अधिवेशन हुन नसेकेको हो ।

प्रदेश १ मा घिमिरे र थापा मैदानमा

नेपाली कांग्रेसको प्रदेश १ सभापतिका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।

संस्थापन पक्षलाई नेता कृष्णप्रसाद सिटौलाले सहयोग गरेका छन् । शनिबार हुने निर्वाचनका लागि शुक्रबार सभापतिमा संस्थापन इतर समूहबाट गुरु घिमिरे र संस्थापन इतर समूहबाट उद्धव थापाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिका अनुसार २ उपसभापतिका लागि गोविन्द ढुंगाना, टंक राई, रमेशजंग रायमाझी र विश्वनाथ रिजालले उम्मेदवारी दिएका छन् ।

२ महामन्त्रीका लागि संस्थापनइतर पक्षबाट दिपेन श्रेष्ठ र उमेश थापा तथा संस्थापन पक्षबाट पद्मसुन्दर पालुङ्वा र भुपेन्द्र राईले उम्मेदवारी दिएका छन् ।

३ सहमहामन्त्रीका लागि प्रमिला गच्छदार, मानबहादुर लिम्बु, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो, रोहितकुमार साह, इन्दिरा थापा, सुभाषचन्द्र राई, सीता कार्की, वीरकाजी राईले उम्मेदवारी दिएका छन् ।

प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि १ हजार ७ सय ७० जनाले मतदान गर्नेछन् । मतदान शनिबार विहान हुनेछ ।

प्रदेश २ मा अन्योल

प्रदेश २ मा बिहीबार अधिवेशन उद्घाटन भए पनि निर्वाचन प्रक्रिया शुरु भएको छैन । सप्तरी, महोत्तरी र सर्लाही जिल्लामा क्षेत्रीय अधिवेशन नै हुन नसकेका कारण निर्वाचन समितिले आफ्नो कामलाई अघि बढाउन सकेको छैन ।

‘हामी भोलिसम्म प्रतीक्षा गर्छौं’ अधिवेशन आयोजक समितिका संयोजक रमेश रिजालले भने, ‘भोलि राति १० बजेदेखि भएपनि निर्वाचन प्रक्रिया अघि बढाउँछौं ।’

उनले विवाद देखिएका ठाउँलाई थाती राखेर भएपनि निर्वाचन गराउनैपर्ने बाध्यता रहेको बताए । यसो नगरिए पार्टी रहन्छ कि रहँदैन भन्ने स्थिति आउने भन्दै नेता रिजालले जिल्लामा रोकिएका अधिवेशन नभएपनि निर्वाचन प्रक्रिया अघि बढाइने उनले बताए ।

प्रदेश सभापतिका लागि बिहीबारसम्म तीन जना नेता आकांक्षी देखिएका छन् । देउवा पक्षबाट रौतहटका जिल्ला सभापति कृष्ण यादव, सप्तरीका जिल्ला सभापति दिनेश यादव आकांक्षी छन् । त्यस्तै प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका रामसरोज यादवले पनि सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । उनी नेता विमलेन्द्र निधि निकट मानिन्छन् ।

वागमतीमा बानियाँ र केसीबीच प्रतिस्पर्धा

वागमती प्रदेशको सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ । संस्थापन समूहबाट मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका पूर्वसभापति जगदीश्वर नरसिंह केसी उम्मेदवार बनेका छन् । त्यस्तै पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले पनि प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन् ।

संस्थापन पक्षका उम्मेदवार इन्द्रबहादुर बानियाँ (बाँया) र संस्थापन इतर पक्षका उम्मेदवार जगदिश्वर नरसिंह केसी ।

संस्थापन पक्षबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ (भक्तपुर) र धर्मराज गौतम (काठमाडौं), महामन्त्रीमा राजु श्रेष्ठ (काठमाडौं) र तिलक रुवाली (धादिङ), सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक), महेन्द्र थिङ (नुवाकोट) र निरु खड्का (ललितपुर) उम्मेदवार बनेका छन् ।

त्यस्तै संस्थापन इतर पक्षको उपसभापतिमा मोहन बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा रामचन्द्र अर्याल माइकल, कञ्चन चन्द्र बादे उम्मेदवार बनेका छन् भने सहमहामन्त्रीमा जीवन डंगोल, दिलबहादुर तामाङ र ऋषिराम घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।

बागमती प्रदेश कार्यसमिति चयनका लागि दुई हजार १३७ जना प्रदेश अधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।

गण्डकीमा अर्जुन र शुक्रराजको प्यानल

गण्डकी प्रदेशमा पनि संस्थापन समूह र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा छन् । संस्थापन समूहबाट प्रदेश सभापतिमा केन्द्रीय सदस्य अर्जुन जोशी उम्मेदवार बनेका छन् ।

संस्थापनइतर पक्षका उम्मेदवार शुक्रराज शर्मा (बाँया) र संस्थापन पक्षका उम्मेदवार अर्जुन जोशी ।

जोशी समूहबाट उपसभापतिमा मेखलाल श्रेष्ठ (स्याङ्जा), नेत्र महत (म्याग्दी), महामन्त्रीमा कुमार खड्का (कास्की) र ईश्वर पाण्डे (गोरखा) उम्मेदवार बनेका छन् । तीन सहमहामन्त्री पदमा राजनराज पन्त (गोरखा), झुलबहादुर राना (तनहुँ) र ओमकला गौतम (नवलपुर) लाई संस्थापन समूहले प्रदेश समितिमा उम्मेदवार बनाएको छ ।

संस्थापन इतरबाट उपसभापतिमा स्याङ्जाकी कल्पना तिवारी र बागलुङका हरिप्रसाद श्रेष्ठको उम्मेदवारी परेको छ । महामन्त्रीमा नवलपुरका विष्णु लामिछाने र गोरखाका किरणबाबु श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

सहमहामन्त्रीमा संस्थापन इतरबाट रामचन्द्र जोशी, रमेश पाण्डे र कोपिला रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् । गण्डकी प्रदेशमा ११ सय ५३ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।

लुम्बिनीमा शाह र पुनको प्यानल

लुम्बिनी प्रदेश सभापतिका लागि सांसद भरत शाह र रोल्पा जिल्ला पूर्वसभापति अमरसिंह पुनबीच प्रतिस्पर्धा हुने भएको छ । शाह संस्थापन समूहका उम्मेदवार हुन् भने पुन इतर समूहबाट प्रदेश सभापतिका उम्मेदवार बनेका हुन् । दुबै प्यानलसहित चुनावी मैदानमा उत्रिएका हुन् ।

संस्थापनइतर पक्षका अमरसिंह पुन (बाँया) र संस्थापन पक्षका भरत साह ।

शाहको समूहबाट उपसभापतिमा राजु खनाल (दाङ), सुधाकर पाण्डे (कपिलवस्तु) उम्मेदवार बनेका छन् भने महामन्त्रीमा जन्मजय तिमल्सिना (बर्दिया), खिमान सिंह रायमाझी (प्युठान), सहमहामन्त्रीमा लक्ष्मी नारायण शाह (बाँके), सरिता चौधरी (रुपन्देही) र माया पुन (बाँके) ले उम्मेदवारी दर्ता गराएका छन् ।

पुनको समूहबाट उपसभापतिमा भुवन श्रेष्ठ (गुल्मी) र अष्टभुजा पाठक (रुपन्देही), महामन्त्रीमा विक्रम खनाल (नवलपरासी) र सुरेन्द्रराज आचार्य (कपिलवस्तु) उम्मेदवार बनेका छन् भने तीन सहमहामन्त्री पदका लागि खगराज पाण्डे (दाङ), विष्णु मुस्कान (अर्घाखाँची) र निमा गिरी (प्युठान) ले उम्मेदवारी दिएका छन् । लुम्बिनी प्रदेश अधिवेशनमा १६ सय ४२ प्रतिनिधि रहेका छन् ।

कर्णालीमा निधिको छुट्टै उम्मेदवार 

कर्णाली प्रदेशको सभापतिका लागि पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता विमलेन्द्र निधि पक्षबाट एक एक जना गरी तीन जनाले प्रदेश सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।

देउवा पक्षबाट ललितजंग शाही, पौडेल पक्षबाट भूपेन्द्रजंग शाही र निधि पक्षबाट मोतीराज बमले प्रदेश सभापतिमा मनोनयन दर्ता गरेका छन् । ललितजंग जुम्लाका हुन् भने भूपेन्द्र र मोतीराज कालीकोटका हुन् ।

सभापतिका उम्मेदवारहरु बाँयाबाट क्रमश: संस्थापन पक्षका ललितजंग शाही, पौडेल पक्षक भूपेन्द्रजंग शाही र निधि पक्षका मोतीराज बम ।

यसअघि नेपाली कांग्रेस कर्णाली प्रदेश समितिको सभापतिमा लागि ललितजंग शाही र भूपेन्द्रजंग शाहीबीच प्रतिस्पर्धा हुने बताइएको थियो । तर, शुक्रबार एकाएक निधि पक्षबाट पनि मोतीराजले उम्मेदवारी दिएका हुन्।

यस्तै, प्रदेशको उपसभापतिमा देउवा पक्षबाट कालीकोटका कालीबहादुर सहकारी र जाजरकोटका सनतकुमारी कार्कीले उम्मेदवारी दर्ता गराएका छन् भने पौडेल पक्षबाट देबेन्द्रबहादुर शाही र तिलकबहादुर भण्डारीले उम्मेदवारी दिएका छन् ।

महामन्त्री पदमा देउवा पक्षबाट निरञ्जन केसी र कृष्णकुमार रोकायाले उम्मेदवारी दर्ता गराएका छन् पौडेल पक्षबाट कृष्णबहादुर वीसी र खगेन्द्रबहादुर मल्ल उम्मेदवार छन् । महामन्त्रीमा गोविन्दबहादुर कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सहमहामन्त्रीमा देउवा पक्षबाट उपेन्द्रबहादुर थापा, एकराज डाँगी र रामछाँयाकुमारी शाहीले उम्मेदवारी दिएका छन् । पौडेल पक्षबाट नेत्रलाल पौडेल, जयनन्द उपाध्याय र देविकाकुमारी सिंहले उम्मेवदारी दर्ता गराएका छन् ।

नेता निधि पक्षले सभापति र जिल्लाबाट चयन हुने प्रदेश सदस्य पदमा उम्मेदवारी दिएको सभापतिका उम्मेदवार बमले बताए ।

सुदूरपश्चिममा बलायर र मिश्र भिड्दै

संस्थापन समूहले प्रदेश सभापतिमा केन्द्रीय सदस्य वीरबहादुर बलायरलाई उम्मेदवार बनाएको छ । संस्थापन समूहबाट उपसभापतिमा जनक चौधरी (कैलाली) र लोकराज अवस्थी (बैतडी) उम्मेदवार बनेका छन् भने दुई महामन्त्री पदमा कैलाली जिल्ला सभापति नरनारायण (मनु) साह र मेघराज खड्का (अछाम) र सहमहामन्त्रीमा अम्बिका चलाउने र गोपालदत्त भट्टलाई उम्मेदवार बनाएको छ ।

संस्थापनइतर पक्षका उम्मेदवार नारायण मिश्र (बाँया) र संस्थापन पक्षका उम्मेदवार वीरबहादुर बलायर ।

त्यस्तै संस्थापनइतर समूहले प्रदेश सभापतिमा कैलालीका नारायण मिश्रलाई उम्मेदवार बनाएको छ भने उपसभापतिमा गोपाल गुरुङ (कञ्चनपुर) र, मानबहादुर रावल (बाजुरा)लाई अगाडि सारेको छ ।

त्यस्तै महामन्त्रीमा प्रताप गुर्दामी (बझाङ) र रामबहादुर शाही (अछाम) लाई उम्मेदवार बनाएको छ । पदमराज पन्त (दार्चुला) र नरेन्द्र भट्ट (बैतडी) लाई संस्थापनइतर समूहले सहमहामन्त्रीको उम्मेदवार बनाएको छ । निर्वाचन समितिका अनुसार सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि १०१६ मतदाता रहेका छन् ।

प्रदेश व्यूरोको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

Next Post
सहमति नजिक छौं, भोलिसम्म निर्णय गर्छौं : पौडेल

सहमति नजिक छौं, भोलिसम्म निर्णय गर्छौं : पौडेल

प्रधानन्यायाधीश महाअभियोग : नेपाल बारलाई दलहरुको निराशाजनक जवाफ

प्रधानन्यायाधीश महाअभियोग : नेपाल बारलाई दलहरुको निराशाजनक जवाफ

विघटित स्वतन्त्र मधेश गठबन्धनका प्रभावशाली नेता यादव लोसपामा प्रवेश

विघटित स्वतन्त्र मधेश गठबन्धनका प्रभावशाली नेता यादव लोसपामा प्रवेश

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...