No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाल बारको आन्दोलनमा बृहत नागरिक आन्दोलनसहित ६ संस्थाको साथ

नेपाल बारको आन्दोलनमा बृहत नागरिक आन्दोलनसहित ६ संस्थाको साथ

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा र न्याय क्षेत्र पुनःसंरचनाको माग गर्दै आन्देलनमा उत्रिएको नेपाल बार एशोसिएसनलाई अरु ६ पेशागत र नागरिक संस्थाले साथ दिएका छन् ।

७ संस्थाको आह्वानमा प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रक्रिया थाल्न र न्यायपालिकाको गतिरोध अन्त्यका लागि दबाब दिँदै मंसिर ९ गते बालुवाटार न्याय मार्च घोषणा गरेका छन् ।

नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल इन्जिनियर्स एशोसिएसन, नेपाल जनस्वास्थ्य संघ, नेपाल आदिवासी जनजाति महासंघ र बृहत नागरिक आन्दोलनले बालुवाटार न्याय मार्च गर्न लागेका हुन् ।

यी संस्थाले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘…तत्काल महाभियोगको प्रक्रिया थाल्दै वर्तमान गतिरोध तोड्न र न्यायपालिका रूपान्तरणका निम्ति संविधान संशोधनसहितको तयारी गर्ने गरी दबाब दिन हामी यही मंसिर ९ गते संयुक्तरूपमा बालुवाटार न्याय मार्च गर्ने घोषणा गर्दछौँ ।’

न्यायिक क्षेत्रलाई बिथोल्ने र दमनकारी चरित्र देखाउने एकपछि अर्काे व्यवहारले प्रधानन्यायाधीश जबराको अविवेकी चरित्र उजागर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लोकतान्त्रिक संघर्षपछि पनि जस्ताको तस्तै राखिएको न्यायपालिकालाई अहिलेको नेतृत्वले झन् न्याय किनबेचको वस्तु बनाउने उद्यमशाला बनाएको, सत्ता र अनेक स्वार्थ शक्तिसँग मोलमोलाइ गरेको यी ७ संस्थाले बताएका छन् ।

जनआन्दोलन तथा जनसंघर्षको बलमा बनेको संविधानले पनि न्यायपालिकाको परम्परागत शक्ति संरचना परिवर्तन गर्न नसकेको भन्दै विज्ञप्तिमा न्यायपालिका पुनःसंरचना र रूपान्तरण अबको अपरिहार्य कार्यसूची भएको उल्लेख गरिएको छ ।

प्रधानन्यायाधीश जबरा न्यायसेवा प्रवेशदेखि नै शंकाको घेरामा रहेका र तल्लो अदालतदेखिकै न्याय सम्पादनमा एकपछि अर्को विचलनको आक्षेप खेप्दै आएका, सर्वोच्च अदालत आएपछि पनि शंकास्पद फैसला गर्दै आएको भन्दै विज्ञप्तिमा सर्वत्र आलोचित हुँदाहुँदै पनि उनी पदमा बसिरहन सक्ने अवस्थाले न्यायपालिका पुनःसंरचनाको मागको पुनःपुष्टि गरेको बताइएको छ ।

यस्तो हुँदा पनि सुनुवाइ प्रक्रियाद्वारा अनुमोदन गर्ने संसदलाई क्रियाशील बनाई महाभियोग लगाउने संवैधानिक दायित्व निर्वाह गर्नेतर्फ राजनीतिक दलहरूको चासो नदेखिनु जबरा प्रवृत्तिको मूल स्रोत दलीय नेतृत्व नै देखिएको प्रतीत हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, तत्काल संसद बोलाई प्रधानन्यायाधीश जबरामाथि महाभियोग लगाउन र सम्बद्ध निकायमार्फत सम्पत्ति छानबिन गराउन हामी पेसागत तथा नागरिक शक्तिहरू एकसाथ माग गर्दछौँ ।’ यी ७ संस्थाले मंसिर ९ गते दिउँसो २ बजे सर्वोच्च अदालतको गेटदेखि बालुवाटारसम्म न्याय मार्च सञ्चालनको घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
सफा सुन्दर र स्वच्छ शहर हामी सबै को रहर’ भन्ने नाराका साथ नेपालगञ्ज ८ बाट सरसफाई अभियान

सफा सुन्दर र स्वच्छ शहर हामी सबै को रहर’ भन्ने नाराका साथ नेपालगञ्ज ८ बाट सरसफाई अभियान

लाओसमा चिन बिरोधि भावना बढदै , चिनियाँ कम्पनीले १५ वर्षदेखि सुन तस्करी सुन खानीसम्बन्धी काम गर्दै आएको स्थानीयहरुको बिरोध शुरु

लाओसमा चिन बिरोधि भावना बढदै , चिनियाँ कम्पनीले १५ वर्षदेखि सुन तस्करी सुन खानीसम्बन्धी काम गर्दै आएको स्थानीयहरुको बिरोध शुरु

दमक पार्कको नाममा चिनियाँको भुराजनीति बिस्तार हुँदै , नेपाललाई फायदा कि घाटा ?

दमक पार्कको नाममा चिनियाँको भुराजनीति बिस्तार हुँदै , नेपाललाई फायदा कि घाटा ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .