No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अनुदानको बारेमा गलत सूचना आउनु अचम्मको कुरा ‘ नेपालले अनुदान नलिए अरु देशमा खर्च गर्छौं

अनुदानको बारेमा गलत सूचना आउनु अचम्मको कुरा ‘ नेपालले अनुदान नलिए अरु देशमा खर्च गर्छौं

काठमाडौं । तीन दिने नेपाल भ्रमण सकेर अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार साँझ स्वदेश फर्किएका छन् । काठमाडौँमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका उनले स्वदेश फर्किनुअघि पत्रकारहरुसँग यो भ्रमणबारे प्रतिक्रिया दिए ।
उनले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० अनुमोदन गर्न अमेरिकाले नेपाललाई दबाब नदिने तर सुझाव दिने बताए। यसलाई समर्थन गर्न एसियाली मुलुकले ‘परामर्शमूलक र लोकतान्त्रिक दृष्टिकोण’ अपनाउनुपर्ने उनको भनाइ छ।
उनले एमसीसीबारे धेरै भ्रम फैलिएकोमा अमेरिका ‘चिन्तित र अचम्मित’ भएको बताए ।
‘अनुदानको बारेमा गलत सूचना आउनु अलिकति अचम्मको कुरा हो,’ लुले भने, ‘नेपालले अनुदान नलिए अरु देशमा खर्च गर्छौं । र, नेपालले अनुमोदन नगरे हामीलाई ठिक छ ।”
उनले नेपाली नेताहरु, विशेष गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा एमसीसी अनुमोदन गर्न डिसेम्बर १४ सम्मको समयसीमा तोकेको मिडिया रिपोर्टलाई पनि खारेज गरे।
‘होइन, हामीले कुनै समयसीमा तोकेका छैनौं,’ लुले थपे, ‘हामीले उनीहरू ९नेता०लाई अनुदानमा अन्तिम निर्णयमा पुग्न सल्लाहकार र लोकतान्त्रिक दृष्टिकोण अपनाउन भन्यौं ताकि सबै आवाजहरू मिलाउन सकियोस्।’
लुले अनुदान, जलवायु परिवर्तन न्यूनीकरण, स्वच्छ ऊर्जालगायतका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत नेपाली नेताहरूको उत्साहबाट आफू प्रभावित भएको बताए तर अधिकांश नेताहरूले सबै राजनीतिक दलसँग सहमति कायम गर्ने कुरा गरेको संकेत गरे । ।
उनले अमेरिकाले नेपाल र चीन, भारतलगायत छिमेकीसँग राम्रो सम्बन्ध चाहेको पनि बताए ।
‘नेपाल र अमेरिकाबीचको सम्बन्धको अवसरलाई हामीले बुझ्नुपर्छ’, लुले भने, ‘नेपालको आर्थिक विकास, स्वतन्त्रता र सार्वभौमसत्ता अमेरिकाका लागि महत्वपूर्ण भएकाले अमेरिका नेपालसँग थप व्यापार गर्न चाहन्छ ।’
उनले अमेरिकाले पनि नेपालसँग स्वतन्त्र रुपमा व्यवहार गर्न चाहेको बताए ।
यसैबीच, उपसहायक विदेशमन्त्री केली केइडरलिङले अमेरिकाले नेपाल र अन्य दक्षिण एसियाली देशलाई भारतसँगै नहेर्ने बताइन् ।
‘हामी तिनीहरूलाई अलग हेर्छौं। त्यही भएर यहाँ आएकी हुँ,’ उनले भनिन् ।
यसैबीच शुक्रबार दिउँसो माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरेका लुले भने, ‘मलाई उहाँ ९प्रचण्ड० निकै रोचक लाग्यो । उहाँ एक रोचक व्यक्ति हुनुहुन्छ।’
यसअघि
दिउँसो अमेरिकी सहायक विदेशमन्त्री लुले प्रचण्डलाई अमेरिकी अनुदान सहयोगका विषयमा चाँडो निर्णयमा पुग्न आग्रह गर्दै सम्झौताको टाइमलाइनको स्मरण गराएको बुझिएको छ ।
जवाफमा प्रचण्डले विवादास्पद मानिएका केही प्रावधानप्रति भ्रमणमा रहेका अधिकारीको ध्यानाकर्षण गराए ।
प्रचण्डले एमसीसीबारे साझा बुझाइमा पुग्ने प्रयास भइरहेको बताए ।
तीन दिने नेपाल भ्रमणका क्रममा अमेरिकी सहायकमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली, परराष्ट्रमन्त्री डा नारायण खड्कालगायतसँग भेटवार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
चीनले आफ्नै नागरिक लैजान नमाने पछि चिनियाँ दूतावास विरुद्ध प्रदर्शन

चीनले आफ्नै नागरिक लैजान नमाने पछि चिनियाँ दूतावास विरुद्ध प्रदर्शन

भ्रष्टाचारको मुख्य स्थान प्रदेश २ का मुख्यमन्त्री राउतको कार्यालय राजिनामा मैले दिनु पर्ने

भ्रष्टाचारको मुख्य स्थान प्रदेश २ का मुख्यमन्त्री राउतको कार्यालय राजिनामा मैले दिनु पर्ने

कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

पाकिस्तानकाे बलुचिस्तान प्रान्तमा नागरिक बेपत्ता हुने संख्या बढ्याे : आयाेग

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .