No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एसएसबीले नेपालमा ड्रोन उडाएको हल्ला निराधार : सिडियो

एसएसबीले नेपालमा ड्रोन उडाएको हल्ला निराधार : सिडियो

नवलपरासी । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अनधिकृत रूपमा नेपाल पसेर सुस्ताकाे नेपाली आकाशभित्र ड्रोन उडाएकाे भनी चलाइएकाे हल्ला निराधार रहेकाे ठहर भएकाे छ ।

हिजाे आइतवार सुस्ताकाे आकाशमा ड्राेन उडाएर एसएसबी ले तस्बिर/भिडियो खिचेको भनी भएकाे हल्ला निराधार भएकाे नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्रकुमार मिश्रले बताउनु भयाे । उहाँले साेमवार सुस्ताकाे विवादित क्षेत्रकाे स्थलगत अध्ययन पश्चात अनलाइनजनतासंगकाे फाेन सम्पर्कमा भन्नुभयाे– भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली आकाशभित्र ड्रोन उडाएकाे खबरकाे पुष्टि भएकाे छैन ।

हिजाे आइतवार सुस्ता नजिकै रहेकाे विवादित क्षेत्रमा एसएसबीका जवानहरू पसेकाे र नापचांज गरेकाे कुरा पुष्टि हुन आएकाे छ तर ड्राेन उडाएकाे कुराकाे कसैबाट पुष्टि हुन सकेकाे छैन । याे हल्ला मात्र हाे, प्रजिअ मिश्रले भन्नुभयाे । स्थानीयवासी कसैले पनि ड्राेनकाे जिकिर गरेकाे छैन । सुस्ताकाे विवादित क्षेत्रमा एसएसबी पसेकाे बारे सशस्त्र प्रहरी सुस्ताले समकक्षी भारतीय एसएसबीसित कुराकानी गरेकाे छ । कुराकानीमा एसएसबी ले भुलवश पसेकाे जानकारी गराएकाे छ भने ।

ग्राउण्ड रिपाेर्टका लागि आइतवार एसएसबी का जवानले नापजांच गर्दै सुस्ताकाे विवादित क्षेत्रमा पसेपछि सुस्ताका स्थानीयवासीले फाेटाे खिच्दै विराेध जनाएपछि एसएसबी का जवान सुस्ताकाे विवादित क्षेत्रबाट तुरून्त पछाडि हटेकाे सुस्ता बचाउ अभियानका प्रवक्ता रबिन्द्र जायसवालले अनलाइनजनतालाइ बताए । तिनले एसएसबी का जवानले नापजांच गर्नका लागि मेजरिङ टेप लिएका थिए तर ड्राेन उडाएका थिएनन् भनी प्रष्ट पारेका छन् । उनले भने ड्राेनबारे गलत कुरा मिडियामा फैलाइएकाे छ, यस्ताे गर्नु हुदैन । हुंदै नभएकाे दाेष हामीले बसैलाइ दिनु हुदैन भने ।

प्रवक्ता जायसवालले भने सुस्ताकाे त्याे विवादित क्षेत्रमा एसएसबी पस्न पनि हुदैन, त्याे क्षेत्र विगत लामाे समयदेखि नेपालभारत दुबै पक्ष कसैले केही नगर्ने भनी आपसी सहमति भए पश्चात यथास्थितीमा छाडिएकाे छ । १९ हजार ४ सय ८० हेक्टर जग्गा जुन विवदित भनिएकाे छ । धनहिया रेताकाे त्याे क्षेत्र विगत लामाे समयदेखि यथास्थितिमा छाडिएकाे छ । त्यस क्षेत्रमा एसएसबी पसेर नापचाज गरेका कारण स्थानीयले देखेपछि विराेध जनाएका हुन् । विराेध हुनासाथ एसएसबी त्यहाँबाट फर्केकाे थियाे ।

एसएसबी विवादित क्षेत्रमा पसेकाे भनी खबर आउनासाथ सुस्ता स्थित सशस्त्र प्रहरीका सइ चित्र खडकाले एसएसबी कैम्प रमपुरवा भारत बिहारका इन्स्पेक्टर दिनेश्वर डेंगासित फाेन सम्पर्क गरी सुस्तामा एसएसबी जवान किन पसेकाे ? भनी साेधेका थिए । जवाफमा डेंगाले ग्राउण्ड रिपार्ट तयारीका लागि आएका जवानहरू यस क्षेत्रका लागि नयाँ थिए र भूगाेल थाहा नपाएर पसेकाले हामी माफी माग्दछाैं भने । यसलाइ नेपाल पक्षले अन्यथा लिनु हूदैन भनी भनेकाे कुरा नवलपरासी प्रजिअ मिश्रले अनलाइनजनतालाइ बताउनु भयाे ।

अनलाइनजनताकाे टीमले धेरै कसरत पश्चात सशस्त्र प्रहरी बल सुस्ता इन्चार्जसित सम्पर्क गर्न खाेज्दा उनी विदामा बसेका कारण जिम्मेवारीमा रहेका सइ चित्र खडकासित फाेन सम्पर्क गरी जिज्ञासा राख्दा उनले भने म आफैले एसएसबी कैम्प रमपुरवा भारत बिहारका इन्स्पेक्टर दिनेश्वर डेंगासित फाेन सम्पर्क गरी सुस्तामा एसएसबी जवान किन पसेकाे ? भनी साेधेकाे थिएं भने । जवाफमा इन्स्पेक्टर डेंगाले ग्राउण्ड रिपार्ट तयारीका लागि आएका जवानहरू यस क्षेत्रका लागि नयाँ थिए र भूगाेल थाहा नपाएर सुस्ता पसेकाले हामी माफी माग्दछाैं, डेंगाले भनेका थिए । यसलाइ नेपाल पक्षले अन्यथा लिनु हूदैन भनेर डेंगाले अनुराेध समेत गरेकाे कुरा सुस्ता सशस्त्र प्रहरीका सइ खडकाले अनलाइनजनतालाइ फाेनमा बताए ।

हरेक वर्षायाम पश्चात भारतले एसएसबीकाे कैम्पदेखि नारायणी नदी कति नजिक आएकाे वा पर सरेकाे भनेर सरकारलाइ ग्राउण्ड रिपाेर्ट बुझाउनुपर्ने हुन्छ । यसै कामका लागि साे टीम सुस्तामा खटिएकाे थियाे । भूगाेल थाहा नपाएर पसेकाले हामी माफी माग्दछाैं भने ।

विवाद पश्चात अध्ययनका लागि विवादित क्षेत्र पुगेका सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले घटनास्थल हेरेर फर्के पछि फाेन सम्पर्कमा भने, एसएसबीका जवान भुलवश सुस्ताकाे विवादित क्षेत्रमा पसेका हुन् तर ड्राेन प्रयाेग गरेकाे कुरा हल्ला मात्र हाे भने । एसएसबीले नयाँ जवानहरू एरिया थाहा नपाएर पसेका हुन तर त्याे सुधार गरिएकाे छ । यसमा नेपाल पक्षले अन्यथा लिनु हुदैन भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
एमसीसी रोक्न चिनियाँ गुप्तचर परिचालन अलग अलग स्थानमा भ्रम छर्ने काम शुरु , प्रतिवेदन समेत तयार गर्दै

एमसीसी रोक्न चिनियाँ गुप्तचर परिचालन अलग अलग स्थानमा भ्रम छर्ने काम शुरु , प्रतिवेदन समेत तयार गर्दै

चीनले कोरोनाको बहानामा गरेको नाकाबन्दी बारेमा सरकारी टोलिको अनुगमन

चीनले कोरोनाको बहानामा गरेको नाकाबन्दी बारेमा सरकारी टोलिको अनुगमन

नेपाल-भारत बिच थप उडान , भारतीय सिभिल एभिएसन मन्त्री ज्योतिरादित्य एम सिंधिया सहमत

नेपाल-भारत बिच थप उडान , भारतीय सिभिल एभिएसन मन्त्री ज्योतिरादित्य एम सिंधिया सहमत

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .