No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रसूति गृहमा ‘प्रि-नेटल स्क्रिनिङ’, गर्भमै अनुवांशिक समस्या पत्ता लगाउन सकिने

प्रसूति गृहमा ‘प्रि-नेटल स्क्रिनिङ’, गर्भमै अनुवांशिक समस्या पत्ता लगाउन सकिने

काठमाडौं । बच्चामा हुने जन्मजात दोष र विभिन्न अनुवांशिक रोगका कारण वर्षेनि नेपालमा सयौं शिशुले ज्यान गुमाउने गरेका छन् । जन्मजात देखिने कतिपय रोगको उपचारका लागि घरखेत बेच्दा पनि बच्चालाई बचाउन नसकेका घटनाहरु भेटिन्छन् । त्यसको समाधानका लागि नेपालको सरकारी अस्पतालमा नै पहिलोपटक ‘प्रि-नेटल स्क्रिनिङ टेस्ट’ अर्थात् प्रसव अवस्थापूर्व नै पेटभित्र रहेको बच्चाको स्वास्थ्य अवस्था परीक्षण गर्ने प्रविधि शुरु भएको छ ।

थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले ल्याएको प्रि-नेटल स्क्रिनिङ टेस्टले आमाको पेटमा रहेको शिशुमा अनुवांशिक समस्या रहे नरहेको पत्ता लगाउने अस्पतालकी निर्देशक डा. संगीता मिश्रा बताउँछिन् ।

विश्वमा विभिन्न शारीरिक समस्या लिएर जन्मिने शिशुको संख्या हेर्ने हो भने यसको भयावह अवस्था देखिन्छ । हरेक वर्ष अनुमानित ७९ लाख नवजातहरू कुनै न कुनै स्वास्थ्य समस्या लिएर जन्मिने गरेको अध्ययनले देखाएको छ । यीमध्ये करिब ३० लाख शिशुको मृत्यु हुने र ३२ लाखले दीर्घकालसम्म अपाङ्गताको समस्या भोग्ने गरेको अध्ययनको निष्कर्ष छ ।

करिब १० महिनाअघि बच्चामा जन्मजात निम्तिने दोष र यसको परिणामको बारेमा गरिएको अध्ययनले नेपालमा प्रति एक हजारमध्ये औसत ५.८ जनामा जन्मजात कुनै न कुनै शारीरिक समस्या देखिने गरेको देखाएको छ । बीएमसी जर्नलमा प्रकाशित सो अध्ययनले उमेर नपुगी जन्मिएका बच्चाहरूमा यस्तो समस्या बढी हुने औंल्याएको छ । यी समस्याको समाधानका लागि पनि यो प्रविधिले सहयोग गर्ने अस्पतालको भनाइ छ ।

के हो प्रि–नेटल स्क्रिनिङ टेस्ट ?

यो एक किसिमको प्रविधि हो । यो परीक्षणमा गर्भ रहेको निश्चित समयमा आमाको रगतको परीक्षण र भिडियो एक्सरे गरेर आएको नतिजालाई एउटा सफ्टवेयरमा राखेर विश्लेषण गरिन्छ । जसले बच्चामा डाउन सिन्ड्रोम र अन्य प्रकारका अनुवांशिक समस्याको जोखिम कति छ भन्ने देखाउँछ । जस्तै: न्युरल ट्युब डिफेक्ट, एडवर्ड सिन्ड्रोम आदि ।

डा. मिश्राका अनुसार प्रि-नेटल स्क्रिनिङ टेस्ट अन्तर्गत् पनि एउटा स्क्रिनिङ र अर्को डायग्नोस्टिक टेस्ट गरिन्छ । स्क्रिनिङ टेस्टले केवल बच्चा कत्तिको जोखिममा छ ? भन्ने पत्ता लगाउँछ भने डायग्नोस्टिक टेस्टले बच्चामा कुन रोग देखिएको छ ? भन्ने देखाउँछ । डा. मिश्रा भन्छिन्, ‘यदि गर्भमा रहेको कुनै बच्चा उच्च जोखिममा देखियो भने बल्ल उनलाई डायग्नोस्टिक टेस्ट गरिन्छ ।’ डायग्नोस्टिक टेस्ट गर्दा गर्भबाट थोरै पानी निकालेर टेस्ट गरिन्छ । यसमा गर्भपतनको जोखिम हुने भएकोले शुरुमै डायग्नोस्टिक टेस्ट गरिँदैन ।

प्रि–नेटल स्क्रिनिङ टेस्टमा कसरी आउँछ नतिजा ?

प्रि-नेटल स्क्रिनिङ टेस्ट नेपालको सरकारी अस्पतालमा पहिलोपल्ट प्रसूति गृहले जडान गरेको प्रविधि हो । मेसिन जडान गरेको १३ महिना अघि ल्याएको भएपनि यसलाई अत्याधुनिक सफ्टवेयरमा जोड्नुपर्ने र प्रमाणीकरण गर्नुपर्ने भएकोले यसको शुरुवात साढे २ महिना अघि मात्रै गरेको प्रसूति गृहकी प्याथोलोजी विभाग प्रमुख करिश्मा मल्ल वैद्य बताउँछिन् । पछिल्लो साढे २ महिनामा गरिएको कुल ४२ परीक्षणमध्ये ३ वटा गर्भभित्र रहेको बच्चामा अनुवांशिक समस्याको जोखिम बढेको देखिएको पनि मल्ल बताउँछिन् । उनका अनुसार जोखिम समूहमा परेकी गर्भवतीलाई प्रसूति गृहले १,५०० देखि २,५०० रुपैयाँसम्ममा यो टेस्ट गर्ने गरेको छ । अस्पतालकी निर्देशक मिश्राका अनुसार यो मूल्य अन्य निजी अस्पतालमा लाग्ने शुल्कको तुलनामा एकतिहाइ कम हो ।

यो प्रविधिमा परीक्षण गर्दा आमाको रगतलाई टेस्ट गरेर यसको सर्टेन भ्यालु निकालिन्छ । साथै, भिडियो एक्सरेबाट आएको रिपोर्टलाई पनि सफ्टवेयरको माध्यमबाट विश्लेषण गरेर बच्चामा कुनै अनुवांशिक रोग वा डाउनसिन्ड्रोम छ कि छैन भन्ने यकिन गरिन्छ । अहिले प्रसूति गृहले क्यानेडियन ‘बेन टेक प्रा’ भन्ने सफ्टवेयरमा राखेर गर्भको शिशुको अवस्था परीक्षण गर्ने गरेको छ ।

प्रसूति गृहकी निर्देशक डा. संगीता मिश्राका अनुसार आमाको गर्भावस्थाको समय, तौल र रगतमा देखिएको विवरणबाट पेटभित्र रहेका बच्चाहरूमा अनुवांशिक समस्या छ कि छैन भन्ने यकिन गरिन्छ ।

कुन समयमा गरिन्छ परीक्षण ?

प्रि-नेटल स्क्रिनिङ गर्भावस्थामा २ पटक गरिन्छ । पहिलो परीक्षण गर्भ बसेको १० देखि १३ हप्ताको बीचमा गरिन्छ । यो पहिलो टेस्ट १० देखि १३ हप्ताको बीचमा गरिन्छ । यसमा एउटा ब्लड टेस्ट हुन्छ । जुन ३ डबल मार्कर, त्रिपल मार्कर र क्वाडरुपल मार्कर गरी तीन प्रकारको हुन्छ । त्योसँगसँगै अल्ट्रा साउण्ड पनि गरिन्छ । यी दुवैलाई सँगसँगै राखेर कुनै प्रकारका अनुवांशिक रोग हुने सम्भावना कति छ ? भन्ने पत्ता लगाउन मद्दत मिल्छ । यसले स्पष्ट जवाफ त दिँदैन । तर कुन गर्भमा बढी जोखिम छ र कुनमा कम छ भन्ने चाहिं देखाउँछ ।

त्यस्तै, दोस्रो परीक्षण १८ देखि २२ हप्ताको बीचमा गरिन्छ । यो समयमा बच्चाको शारीरिक संरचना तयार भइसकेको हुने हुँदा केही समस्या भएमा यो परीक्षणमा पत्ता लाग्ने गर्छ । ‘यो समयमा हामीले बच्चाको अंगहरू राम्रोसँग तयार भएको छ कि छैन हेर्छौं,’ डा. मिश्रा भन्छिन्, ‘कुनै अंग यदि बनेको छ भने यसको विकासक्रम कस्तो छ ? अंगहरूको शारीरिक बनावट कस्तो छ ? भन्ने यकिन गर्नको लागि यो परीक्षण गरिन्छ ।’  प्रि-नेटल स्क्रिनिङ टेस्टलाई वैज्ञानिक भाषामा डबल टेस्ट, ट्रिपल टेस्ट र क्वाडरुपल टेस्ट पनि भनिन्छ ।

किन जरुरी भयो यो टेस्ट ?

प्रिनेटल टेस्ट गर्दा यदि कुनै बच्चामा समस्या देखियो भने त्यो बच्चालाई सुरक्षित तरिकाले गर्भपतन गराउन सकियोस् भन्नको लागि नै यो टेस्ट गर्नु जरूरी रहेको डा. मिश्रा बताउँछिन् । कुनै पनि अंगभंग भएको र अन्य शारीरिक समस्या भएको बच्चा जन्माएर समस्या भोग्नु भन्दा समयमा नै गर्भपतन गरेर आमाको सुरक्षामा सहयोग गर्ने भएकोले यो परीक्षण जरूरी रहेको उनी बताउँछिन् ।

के यो परीक्षण सबै गर्भवतीमा गरिन्छ ?

अहिले नेपालका धेरै महिलाहरू अध्ययन र काममा व्यस्त हुन्छन् । आफ्नो व्यक्तित्व विकासको पछि कुद्दा महिलाहरु ढिला गरी विवाह गर्छन् । विवाह ढिलो हुँदा बच्चा जन्माउने योजना पनि ढिला हुन्छ । सामान्यतया ३५ वर्षपछि गर्भाधारण गरेका महिलाको पेटमा हुने बच्चालाई डाउन सिन्ड्रोमको सम्भावना बढी हुन्छ । त्यस्तै, पहिलो बच्चामा डाउन सिन्ड्रोम देखिएको छ भने गर्भमा रहेको दोस्रो बच्चामा पनि यो समस्या दोहोरिने सम्भावना बढी हुन्छ । यसबाहेक आमामा मधुमेहजस्ता दीर्घरोगले सताएको छ भने त्यस्तो गर्भमा रहेको बच्चामा पनि अनुवांशिक समस्या हुने जोखिम बढी हुन्छ । त्यसैले यही जोखिम समूहका गर्भवतीलाई यो परीक्षण गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
अब फेसबुक ग्रुपबाटै पैसा कमाउन सकिने, हेर्नुस् डिटेल

अब फेसबुक ग्रुपबाटै पैसा कमाउन सकिने, हेर्नुस् डिटेल

नेपाली सवारीलाई बारा र पर्साको नाकाबाट भारत प्रवेशमा रोक

नेपाली सवारीलाई बारा र पर्साको नाकाबाट भारत प्रवेशमा रोक

पूनः सुरु भयो जनकपुरधाम–पटना बस सेवा

पूनः सुरु भयो जनकपुरधाम–पटना बस सेवा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .