No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रहरीले लागुऔषधहित पक्राउ परेका वडाध्यक्षलाई सुटुक्क छाडिदियो

प्रहरीले लागुऔषधहित पक्राउ परेका वडाध्यक्षलाई सुटुक्क छाडिदियो

काठमाडौं । लागुऔषध कारोवारीलाई आर्थिक लाभ लिएको आरोपमा धनुषाका एसपी प्रकाश रानाभाट कारवाहीमा परेको प्रकरण नसेलाउँदै सिराहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) हिरालाल पाण्डेले लागूऔषधसहित पक्राउ परेका वडाध्यक्षलाई बिना कारवाही छाडिदिएका छन् ।

सिराहा प्रहरीले पक्राउ गरेको एकदिन पनि हिरासतमा नराखीकन अनुसन्धान नै नगरी सुटुक्क छाडेका हुन् । सिराहाको सीमा क्षेत्र माडरबाट पक्राउ परेका सिराहा नगरपालिका वडा नंं. १८ का वडाध्यक्ष राम सोगारथ यादवलाई उनले बिना अनुसन्धान छाडेका हुन् । प्रहरीले वडा अध्यक्षको लागु औषध नभएको भन्दै छाडेका हुन् ।

‘हामीले पक्राउ गरेर ल्यायौं, एसपी सापले वडाध्यक्षको लागुऔषध होइन भनेर एकै दिनमा छाडिदिनु भयो’, जिल्ला प्रहरी कार्यालय सिराहका एक अधिकारीले भने । उनले हतार हतारमा वडाध्यक्षलाई छोडनु रहस्यमय भएको बताए ।

गत मंगलबार प्रहरी सञ्चारले जिल्ला र संघीय कार्यालयमा प्रेषित गरेको विवरणमा चाहिँ वडाध्यक्ष यादवको मोटरसाइकललाई माडरको सीमा क्षेत्रबाटै प्रहरीले पछ्याएको उल्लेख गरिएको थियो । बीओपी माडर सिराहामा कार्यरत सशस्त्र प्रहरी जवान देवेन्द्रकुमार यादवले फोन गरेर इलाका प्रहरी कार्यालय, माडरका प्रहरी जवान मनोजकुमार राउतलाई भारतबाट सरकारी नम्बर प्लेटको मोटरसाइकल लागूऔषध लिएर आएको र आफ्नो चेकपोइन्टबाट क्रस भएको सूचना दिएको सञ्चारको विवरणमा उल्लेख गरिएको थियो छ’, सिराहा प्रहरी स्रोतले भन्यो ।

स्रोतका अनुसार माडर बजार काली चोकमा नियमित ड्यूटी रहने प्रहरीलाई सो मोटरसाइकल रोकेर चेकजाँच गर्नु भनेको हुँदा प्रहरी जवान राउतले तत्कालै सोही अनुसारको जानकारी गराएको र प्रहरीको टोलीले मोटरसाइकललाई खोजतलास गर्दा कालीचोकमा रहेको चेकप्वाइन्ट क्रस भइसकेको थियो । प्रहरी ड्यूटीमा रहेका प्रहरीले खोज्दा, काली मन्दिरको उत्तरपट्टी सिराहातर्फ आउने बाटोको पश्चिम भागमा स १ ब ९३८ नम्बरको सरकारी प्लेट भएको मोटरसाइकल रोकी राखेको अवस्थामा फेला परेको र त्यसमा लागुऔषध रहेको जनाइएको थियो ।

प्रहरीले मोटरसाइकल धनीबारे खोजविन गर्दा यादवले नै प्रयोग गर्ने गरेको खुलेको थियो । प्रहरीले अगाडिको भाइजरभित्र मिटर बक्समाथि मोटरसाइकल पुछ्ने कपडामुनि नाइट्रोभेट १० लेखिएको एक पातामा १५ ट्याब्लेट अवैध लागूऔषध फेला परेको थियो । त्यसपछि थप अनुसन्धानका लागि मोटरसाइकल र लागूऔषध बरामद गरेर वडाध्यक्ष यादवलाई नियन्त्रणमा लिइएको थियो तर एसपी पाण्डेले यादवको संलग्नता नरहेको भन्दै किन छाडे भन्ने प्रश्न गम्भीर रुपमा उठेको छ ।

‘सूचना दिने व्यक्ति गलत भए उनको मोटरसाइकलबाट कसरी लागुऔषध बरामद भयो भन्नेबारेमा प्रहरीले केही बताएको छैन’, जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले भने । पाण्डे सिराहामा गएदेखिनै विवादमा तानिएका छन् । यसअघि पनि उनको आदेशमा छाडिएकोको तस्करीको गाडी उनी मातहतकै ईलाका प्रहरी कार्यालय लाहानले नियन्त्रण लिएको थियो तर उनकै दबाबमा पछि गाडी धनी फेला नपरेको भन्दै छाडिएको थियो ।

यतिबेला सुरक्षाकर्मी र कर्मचारीसँग सेटिङ मिलाएर तस्करी गर्ने व्यापारीले सिराहाका छोटी भन्सार नाकामार्फत बिना भन्सार सामान ल्याउने क्रममा एसपी पाण्डेलाई आफ्नो पक्षमा पार्न सफल भएको समाचारमा जनाइएको छ । तस्करहरूले खाद्य सामग्री मात्र होइन बढी मूल्यका कपडा, मोटर पार्ट्स, र कस्मेटिक्स सामान सेटिङ मिलाएर ल्याइरहेको समाचार स्रोतले बतायो ।

सुर्ती, गुट्खाजस्ता धेरै बिक्री हुने सामान पनि भन्सार नतिरी व्यापक मात्रामा आइरहेको बताइन्छ । सिरहाका तीनवटा भन्सार कार्यालयबाटै सेटिङ मिलाएर अहिले तस्करी हुने गरेको छ । सिराहामा ठाढी, वरियारपट्टी र मुख्य भन्सार माडर (खैरटोका) भन्सार कार्यालयका रुपमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post
राममन्दिरलाई ओलीले प्राेपाेगन्डा मात्र बनाए : प्रचण्ड

राममन्दिरलाई ओलीले प्राेपाेगन्डा मात्र बनाए : प्रचण्ड

एमालेको संगठन बिभागमा उजुरी

एमालेको संगठन बिभागमा उजुरी

चाइनिज धानमा भुस मात्र, बालामा दाना नलाग्दा किसानहरु मर्कामा

चाइनिज धानमा भुस मात्र, बालामा दाना नलाग्दा किसानहरु मर्कामा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .