No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘डा.साब तपाई प्रतिको सम्मान अब बाँकी रहेन’

‘डा.साब तपाई प्रतिको सम्मान अब बाँकी रहेन’

डा. सिके राउत जी,
बिहीबार दिउँसोसम्म तपाईप्रति सम्मान बाँकी नै थियो । तर, एउटा कार्यालयको कारण तपाईको घरको बाटो अवरूद्ध हुँदा त्यस कार्यालयको एउटा जाबो निमित्त हाकिमलाई अर्धनग्न पारेर नगर घुमाउने मृत्यु भन्दा ठुलो सजाय दिने तपाईको रबैया कुनै तुच्छ शासककोभन्दा कम लागेन । हरेक नगरमा धेरै त्यस्ता गल्लीहरू छन्, जुन एकदमै बिकराल अवस्थामा छन् । आवत जावत महिनौका लागि अवरुद्ध हुन्छ । तर, के तपाईको कार्यकर्ताहरूले त्यहाँको मेयर त के वडाध्यक्षलाई नै त्यसरी नाङै पारेर घुमाउने आँट राख्छ त ? डा. साब, कर्मचारी व्यवस्थाको दास हो र यो सत्य नेपालमा मात्र हैन, विश्वभरि नै लागु हुन्छ। यदि कोही कर्मचारीले गल्ती गरेको छ र व्यवस्थाले उसलाई संरक्षण गरेको छ भने समस्या व्यवस्थामा रहेको हुन्छ । समस्या व्यवस्थाको मुखियामा रहेको हुन्छ। तर, तपाईले व्यवस्थाको मुखियालाई नछोइ एउटा निहत्था कर्मचारीलाई सिकार बनाएर आफ्नो राजनीति स्थापित गर्ने जुन दुस्प्रयत्न गर्नु भयो, यसले तपाईलाई नै नङ्याइदिएको छ।

डा. साब तपाईले विगतमा दुईचार शब्द गलत बोलेकै हो । चाहे त्यो नेपालको बारेमा होस वा मधेसमा साम्प्रदायिकता भड्काउन जनकपुर क्षेत्र वरिपरि केहि सिमित क्षेत्रमा नेतृत्व गरेको अल्पसंख्यक मैथिल ब्राम्हण समुदाय प्रति लक्षित गरेर होस् । तर, त्यतिन्जेल तपाईका ती शब्दहरु वर्षौंदेखि मधेशी समुदायको उत्पीडनबाट प्रस्फुटित आक्रोशको रूपमा मात्र लिएको थिएँ। पुलचोक कलेजको टपर आमेरिकाबाट लाखौंको जागिर छोडेर आएको व्यक्तिको वौद्धिकताबाट बिगतदेखि नै निकै प्रभावित युवाहरू मध्ये म पनि एक थिएँ । र त्यो कुरा तपाईलाई पनि राम्ररी थाहा छ।

तपाई नेपाल सरकारको कारण भूमिगत शैलीमा लुकि रहँदा तपाइको समूहलाई कार्यक्रम गर्नका निम्ति पुलचोक ईन्जिनियरिङ कलेजको हल नेपाल तराई विद्यार्थी नवजागरण संघको कार्यक्रमका निम्ति भनेर उपलब्ध गराएकै हुँ । तपाईको सुनधाराको कार्याक्रमका लागि प्रचार सामग्री पुलचोक होस्टलमा लुकाएकै हो । कार्यक्रमहरूमा हुलका हुल विद्यार्थी लगेकै हुँ । तपाई पक्राउ परी विषेश अदालतमा पेशी रहँदा आफ्नो परीक्षाको समयमा पनि तपाईको समर्थनमा पुगेकै हुँ । झण्डै फाउण्डेशन ईन्जिनियरिङको परीक्षाबाट फेल हुनबाट बचेकै हुँ ।

सांसद भवनको सबै भन्दा नजिक एभरेष्ट होटल सामुन्नेदेखि यु.एन. हाउससम्म तपाईको रिहाईका लागि आवाज उठाएकै हुँ । पुलिसले पक्राउ गरी भविष्य नै चौपट हुने डर हुँदाहुँदै पनि तपाईको लागि साथीहरूलाई सम्झाउने तथा तपाईको पुस्तकहरू पढेर साथीहरु बिच चर्चा गर्ने र आन्दोलनमा सहभागी पनि भएकै हुँ । कारण एक मात्र थियो, मधेसका अरू नेताहरूले दिएको असन्तुष्टिहरू बिच पुलचोक ईन्जिनियरिङ कलेजमा उत्कृष्ट भएको एक विद्यार्थी जापान र अमेरिका हुँदै नेपाल फर्केको एक व्यक्तिमा देखिएको मधेस मुक्तिको सम्भावना मात्र थियो।

तपाईको एजेण्डा परिवर्तन हुनु पनि सामान्य नै लागेको थियो । दक्षीण अफ्रिकामा काला र गोरा मिलेर बस्न सक्छन भने नेपाल मा किन मधेसी र पाहाडी मिलेर बस्न सक्दैन, आखिर शान्तीपुर्ण रूपले नै त्यो पनि हाँसिल भएको थियो । तपाईको साथमा नभए पनि मधेशमा वैकल्पिक शक्ति सम्भावना तपाईमा देखेकै हुँ ।

तर, केही दिन अघि मात्र तपाईले आफ्नो गाडीको अगाडी किम जोङ उन स्टाईलमा आफ्ना टिन्ही हिरो कार्यकर्ताहरुलाई परेड खेलाउदा तपाईको चरित्र त्यति उदाङो भएको थिएन, जति आज आफ्नो घरको बाटो अवरुद्द भएकै कारण एउटा कर्मचारी लाई अर्धनग्न घुमाउदा तपाईको आफ्नै प्रवृति नाङिएको छ।

के अरु उपाए छँदै थिएनन त ? शान्तिपूर्ण आन्दोलनले कस्तो कस्तो तानाशाहको पतन गरेको इतिहास साक्षी हुँदै गर्दा तपाईलाई विरोधको अरु विकल्प सुझेन ? के तपाईले आदर्श मानेको दक्षिण अफ्रिकाका पिता नेल्सन मण्डेलाले यही प्रवृति अपनाएका थिए ? के गान्धीले यसरी नै अंग्रेज धपाएका थिए ? के वुद्धले तपाईलाई यही सन्देश दिएका थिए ? जे होस्, म बिगतमा पनि गलत थिएँ र आज दिउँसोसम्म पनि गलत नै थिएँ तपाईको बारेमा । तर, आज दिउसो तपाईको प्रवृति स्पष्ट भयो । यति लेख्दै गर्दा ती व्यक्ति वास्तवमा भ्रस्ट्राचारी हुन् भनेर मलाई थाहा छैन । तर, एउटा कर्मचारी भएको नाताले एक कर्मचारीले काम गर्दा झेल्नु पर्ने समस्याबाट अनभिज्ञ छैन ।

चाहँदा नचाहँदै कहिले ठेकेदारले कुरा मानेको हुदैन, त कहिले अनेकौं दबाबको सामना गर्नु पर्ने हुन्छ, त कहिले कानुनी प्रकृयाले नै गर्दा समय लम्ब्याएको हुन्छ । जागिर छोडदेउ तपाईले भन्नु होला, त मालिक अमेरिकाबाट डलर कमाएर आएको छैन । परिवारले नेपालमै बसेको देख्न चाहन्छ र फोकटमा बसेर खानको लागी बपौटी सम्पति त्यति छैन। तर देख्ने छु तपाईलाई पनि, आफ्नो कार्यकर्ताबाट भ्रस्ट्राचार भए वा कुनै हेलचक्राई वा जानअनजानमा कुनै गल्ती गरे त्यसरी नै नाङ्गो पारेर घुमाउनु हुन्छ वा सामान्य कारबाही गर्नुहुन्छ कि संरक्षण गर्नुहुन्छ। उही तपाईले चिनेकै पुलचोकको केटा कार्तिकेश झा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #विचार
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post
सिन्धुपाल्चोकमा घर बनाउन ठेक्का लिएका व्यक्तिबाटै नेत्रप्रसादको हत्या, दुई जना पक्राउ

सिन्धुपाल्चोकमा घर बनाउन ठेक्का लिएका व्यक्तिबाटै नेत्रप्रसादको हत्या, दुई जना पक्राउ

सनराइज बैंकले ग्राहक ठगीदै, ऋण फर्छ्यौट भइसक्दा पनि खाताबाट पैसा गायब

सनराइज बैंकले ग्राहक ठगीदै, ऋण फर्छ्यौट भइसक्दा पनि खाताबाट पैसा गायब

जन्मदर्ताका लागि १० हजार रुपैयाँ माग, प्रमाणपत्र नहुँदा विद्यालयमा राेकियाे भर्ना

जन्मदर्ताका लागि १० हजार रुपैयाँ माग, प्रमाणपत्र नहुँदा विद्यालयमा राेकियाे भर्ना

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .