No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनको नयाँ अवधारणामा नेपालको सहभागिता

चीनको नयाँ अवधारणामा नेपालको सहभागिता

मोहन सिंह

पछिल्लो समय विश्व राजनीतिमा देखा परेको तीव्र ध्रुविकरणले नेपाललाई पनि प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ । चीनको विश्वव्यापी रुपमा विस्तारित भूमिका र अमेरिकाको इन्डो प्यासिफिक क्षेत्रमा विशेष चासोले नेपाललाई पनि विशेष प्रभाव पार्ने छ । यसबाट नेपालले विश्व राजनीतिमा सन्तुलित अवधारणा राख्न सक्नुपर्छ । कोरोना भाईरस र अफगान संकटपछि विश्वमा परिवर्तित भईरहेको घटनाक्रमलाई नेपालले सही तरिकाले व्यवस्थापन र सन्तुलित अवधारणाका आधारमा शक्ति राष्ट्रहरुसंगको समबन्धलाई स्थापित गराउन सक्नु पर्छ । कोरोना भाईरसको महामारीका कारण खुम्चिएको विश्व अर्थ व्यवस्था र आर्थिक विकासलाई पुनरुत्थान गर्न चिनीयाँ राष्ट्रपतिद्धारा केही अघि सारेको विश्वव्यापी विकासको अवधारणामा सामेल हुन नेपाललाई आव्हान गरिएको छ । उनले प्रस्तुत गरेको डेभलपमेन्ट इनिसीएटीभमा ६ वटा विषयलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

आफ्ना राष्ट्रपतिको नयाँ प्रस्ताव सान्दर्भिक भएको धारणा राख्दै नेपालस्थित चिनियाँ राजदुतले उक्त अवधारणा लागु गर्न नेपाललाई पनि आह्वान गर्दै आइरहेकि छिन्।अमेरिकी सुरक्षा रणनीति इन्डोप्यासिफिक र उसको विकाश साहयता क्रार्यक्रम मिलीनियम च्यालेन्ज करपोरेसन(एमसीसी) लाई रोक्न नै सो अवधारणा आएको राजनैतिक बुझाई रहेको छ। तर सो अवधारणाका विषयमा नेपाल सरकारले भने आफ्नो धारणा स्पष्ट पारिसकेको छैन । राष्ट्रपति सिले गरेको प्रस्तावमा वृहत नीती एजेण्डामा प्राथमिकता राख्ने , प्रमुख अर्थतन्त्र वीच समन्वय गर्ने , नीतिगत निरन्तरता दिदै दीगो विकासका मुद्दाहरुको कार्यान्वयन गर्ने, मानवको जनजीवनको सुरक्षा र सुधारमा जोड, विकासशील देशहरुको ऋणको निलम्बन र विकास साहयता क्रार्यक्रम , मानव र प्रकृतिको वीचको सम्बन्धका विषय छन् । नेपाल लगायत दक्षिण एसियाका मुलुकहरुलाई समाहित हुन आह्वान गरिएको यो अवधारणा चीनको महत्वकांक्षी परियोजना वेल्ड एण्ड रोड इनिसिएटिभ कै निरन्तरता हो भन्ने बुझ्न सकिन्छ ।

यसले अमेरिकि सुरक्षा रणनीति इन्डोप्यासिफिक र उसको विकास सहायता क्रार्यक्रम मिलिनियम च्यालेन्ज करपोरेसन(एमसीसी) लाई रोक्नको लागि नै सो अवधारणमा नेपाललाई समाहित हुन आह्वान गरेको आम मानिसहरुको बुझाई छ । चिनियाँ अवधारण नेपाललाई मात्र हैन धेरै वटा देशलाई लक्षित गरी आएको हुनाले यसले अरु मुलुकलाई पनि प्रभाव पार्ने विज्ञहरु बताउँछन् । नेपालले वेल्ड एण्ड रोडमा हस्ताक्षर सन् २०१७ मा नै गरेको थियोे तर यो कति सफल भयो भएन हामीले देखिसकेको छौं । अहिले अर्को अवधारणा आएको छ । यसमा कति परियोजना पर्छन् , काम कस्तो हुने हो त्यो हेर्न बाँकी रहेको विज्ञहरुको भनाई छ । धेरै ठाउंहरुमा वेल्ड एण्ड रोड परियोजनालाई ऋणको पासोको रुपमा बुझन थालिएको छ ।
उक्त परियोजनामा खर्च भएको रकम परियोजनामा सम्पन्न भए पश्चात ब्याजसहित चुक्ता गर्नुपर्ने हुन्छ । यही ऋण तिर्न नसकिए परियोजनाद्दारा निर्माण भएका संरचनाहरु नै जिम्मा लगाउनुपर्ने हुन्छ । अहिलेको अवधारणा पनि यही अनुरुपको भए यो नेपाललाई उपयुक्त नहुन सक्छ । विशेष गरेर कोरोना भाईरसको उत्पति पश्चात चीनलाई दक्षिण एसियामा पस्ने एउटा सुनौलो मौका मिल्यो । उसले अहिले त्यही अनुरुप आफ्नो हात एसियाका मुलुकहरुमा फिजाई रहेको छ ।
महामारीले एसियाका मुलुकहरुलाई अप्ठ्यारो परेको बेला चीनले अहिलेको परिस्थितिलाई आफ्नो पक्षमा पार्न खोजिरहेको छ । नेपाल ,बङगलादेश, श्रीलङका , पाकिस्तान र अफगानिस्तानलाई कोभिड १९ को महामारीसंग जुध्ने सहित गरिबी निवारण र व्यापार साझेदारीका क्षेत्रीय संरचना बनाउने विषयमा चीनले प्रस्ताव अघि बढाएको छ । भारत , भूटान र माल्दिभ्स सहभागी नभएको यी प्रस्तावहरु अघि बढाएमा प्रत्युपादक हुन सक्छ । चीन कोरोना भाईरसलाई राजनीतिकरण गर्न नहुने भन्छ तर संकटपूर्ण अवस्थामा रहेका मुलुकलाई अलग राखेर अघि बढेको प्रयासले असमझदारी उत्पन्न गराउँछ ।

नेपालले कुनैपनि अवधारणहरु स्वीकार गर्दा वा उपक्षेत्रीय समूहमा जोडिनु अघि नेपालले आफ्नो विदेशी नीति के हो भनेर गम्भिर हुनुपर्ने हुन्छ । कुनैपनि अवधारणाका परियोजनाहरु स्वीकार गर्दा यसको दीर्घकालीन असर छ या छैन भन्ने विषयमा गहन छलफल गरिनुपर्ने हुन्छ । विकाश परियोजनाको नाममा राष्ट्रियता र राष्ट्रिय स्वाधिनतालाई आँच आउने कुनैपनि परियोजनामा नेपालले सहभागिता जनाउनु हुदैन ।कोरोना भाईरसपछि विश्व राजनीतिक अवस्था र अफगान संकटपछिको विश्व धुव्रिकरणमा नेपालले सन्तुलित व्यवहार प्रस्तुत गर्नुपर्ने हुन्छ । क्षेत्रीय सन्तुलन र स्थीरतालाई कायम राख्न आफ्नो विदेश नीति अनुसार नै व्यवहार गनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post
अफगानिस्तानमा तालिबान सत्तापछि परिवार पाल्नका लागि इँटा बनाउने मजदुरी गर्दै पूर्वपत्रकार

अफगानिस्तानमा तालिबान सत्तापछि परिवार पाल्नका लागि इँटा बनाउने मजदुरी गर्दै पूर्वपत्रकार

गाउँमै जग्गा धनी लालपुर्जा पाएपछि सुखीपुरबासी हर्षित

गाउँमै जग्गा धनी लालपुर्जा पाएपछि सुखीपुरबासी हर्षित

महन्थ ठाकुरको पार्टी पनि सरकारमा जाने पक्का

महन्थ ठाकुरको पार्टी पनि सरकारमा जाने पक्का

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .