No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

वीरगञ्जमा खाजा छुट्टीपछि विद्यार्थी टाप, शिक्षकलाई आराम

वीरगञ्जमा खाजा छुट्टीपछि विद्यार्थी टाप, शिक्षकलाई आराम

वीरगञ्ज । असोज १६ गते आइतबार दिउँसो सवा १ बजे वीरगञ्ज महानगरपालिका-३१ चोर्नी चुनलीस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका अधिकांश विद्यार्थी घर गइसकेका थिए ।

विद्यालयमा १ बजेपछि ४५ मिनेट छुट्टी हुन्छ । छुट्टीका बेला धेरै विद्यार्थी घर जाने शिक्षक सियाराम पण्डितले बताए । वीरगञ्ज महानगरपालिकाको अनुगमन टोलीसँग उनले भने, ‘हामीले रोकेर पनि मान्दैनन् । खाजा खान गएका एक-दुई जना विद्यार्थी मात्रै फर्केर आउँछन् ।’ विद्यालयमा खाजा कार्यक्रम भएको भए विद्यार्थी बस्ने उनी बताउँछन् ।

विद्यालयले साढे ६ लाखमा ८ वटा कम्युटर किनेको छ । ई-हाजिरीको व्यवस्था छ । तर बिजुली छैन । स्मार्ट कक्षाका लागि महानगरले दिएको सामान स्टोरमा थन्क्याइएको छ ।

विद्यालय परिसर र शौचालय फोहोर छ । विद्यालयमा शुद्ध खानेपानीका लागि जडान गरिएको धारा टुटेको छ । एउटा बेञ्चमा ४ जना कोचिएर बस्नुपर्ने बाध्यता रहेको विद्यार्थी सुनाउँछन् । शिक्षक नभएकाले कक्षा ८, ९ र १० मा अंग्रेजी विषय पढाइ नभएको विद्यार्थी बताउँछन् ।

१७ असोज आइतबार अनुगमन टोली नेपाल राष्ट्रिय प्रावि परवानीपुर पुग्दा हाजिरी रजिष्ट्ररमा देखिएको संख्या र विद्यार्थीको उपस्थितिमा आकाश जमिनको फरक देखियो । एक दिन पनि विद्यालय नआएका धेरै विद्यार्थीको नाम रजिष्ट्ररमा छ । विद्यालय आएका अधिकांश विद्यार्थी दिउँसोको छुट्टीपछि घर गइसकेका भेटिए ।

कक्षा १ मा २५ विद्यार्थीको नाम हाजिरी रजिस्ट्ररमा भएकामा १७, कक्षा २ मा जम्मा विद्यार्थी ६७ मध्ये २७, कक्षा ३ मा ७५ मध्ये १२ जना, कक्षा ४ मा ४९ जनामा ९ जना, कक्षा ५ मा ३४ जनामध्ये ५ जना मात्रै उपस्थित थिए ।

२०१२ सालमा स्थापित यो विद्यालयमा पहिले भारतका विद्यार्थी पनि पढ्न आउने स्थानीय बुढापाका सम्झन्छन् । वीरगञ्ज-२१ का वडाध्यक्ष मोहम्मद हबिब मियाँ विद्यालयको अवस्था सुधार्न गरिएको प्रयत्न खेर गएको टिप्पणी गर्छन् ।

‘विद्यालयको तीन कोठे भवन जीर्ण छ, मर्मत सम्भारका लागि बजेट छुट्याएको छु,’ उनले भने, ‘विद्यालयको स्थिति हेरेर के सहयोग गर्नेजस्तो लाग्छ । जति आग्रह गर्दा पनि प्रधानाध्यापक, शिक्षक जिम्मेवार देखिएनन् ।’

प्रधानाध्यापक केशरप्रसाद यादवले भने आफ्नो स्वास्थ्य अवस्था बिग्रिएकाले विद्यालयमा ध्यान दिन नसकेको प्रतिक्रिया दिए ।

पर्याप्त शिक्षक छैनन्

कोभिड-१९ को संक्रमण घट्दै गएपछि वीरगञ्जमा साउन ३१ गतेदेखि नै क्रमशः विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा ल्याइएको छ । नर्सिङ मावि, सिद्धार्थ मावि र कन्या स्कुलमा विद्यार्थी संख्या धेरै छ । कतिपय विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चालन गरेका छन् ।

विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले २५ वटा विद्यालयको स्थलगत निरीक्षण गरिसकेको छ । विद्यालयमा व्यवस्थापकीय पक्ष कमजोर पाइएको छ । विद्यालय व्यवस्थापन समितिमा बस्नका लागि मरिहत्ते गर्ने व्यवस्थापन समितिका पदाधिकारीले विद्यालयमा खासै ध्यान दिएका छैनन् ।

पर्याप्त शिक्षक नहुनु अर्को समस्या हो । वीरगञ्ज महानगरमा कक्षा ११ र १२ तर्फ २१ जना, मावितर्फ १ सयभन्दा बढी, कक्षा ६ देखि ८ सम्म अध्यापन गराउने १ सय २९ जना शिक्षक अभाव छ । शिक्षक नभएकै कारण कक्षा ६ देखि ८ सम्म प्रधानाध्यापक मात्रै दिन सकिएको शैक्षिक प्रशासन महाशाखाका अधिकारीहरु बताउँछन् ।

बढी दरबन्दी भएको तर विद्यार्थी संख्या कम भएको विद्यालयबाट दरबन्दी कटौती गरेर विद्यार्थी चाप बढी भएको विद्यालयमा शिक्षक दिने तयारी आफूहरुले गरेको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताए ।

अनुगमनमा सहभागी नगराउँदा असन्तुष्टि

शैक्षिक प्रशासन महाशाखाले अनुगमनमा शिक्षक महासंघ लगायत शिक्षक संघ संगठनलाई सहभागी गराएन । आकस्मिक अनुगमन भएकोले कसैलाई जानकारी नगराउने गरिएको शैक्षिक प्रशासन महाशाखाको तर्क छ । यसलाई लिएर सार्वजनिक रुपमै शिक्षक महासंघ लगायत शिक्षक संघ संगठनले असन्तुष्टि जनाउँदै आएका छन् । अनुगमनमा सहभागी गराउँदा शिक्षक महासंघले पनि विद्यालय सुधारमा भूमिका निर्वाह गर्न सक्ने तर्क शिक्षक नेताहरुको छ ।

दिउँसोको छुट्टीपछि विद्यार्थी अनुपस्थित हुने समस्याको मुख्य जिम्मेवार प्रधानाध्यापक नै हुने शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादव बताउँछन् ।

‘विद्यालय व्यवस्थापनको प्रशासकीय जिम्मेवारी प्रधानाध्यापकको नै हुन्छ, त्यसैले टिफिनपछि विद्यार्थी विद्यालय नबस्नुको जिम्मेवारी प्रअले नै लिनुपर्छ,’ उनले भने, ‘त्यसपछि विद्यालय व्यवस्थापन समिति र शिक्षकको जिम्मेवारी हो । एकापसमा समन्वय नहुँदा यस्तो समस्या देखिन्छ ।’

विद्यार्थी अनुपस्थित हुनुको कारण पहिचान गरेर अभिभावक भेला मार्फत समस्याको समाधान गर्नुपर्ने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#शिक्षा#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post
चिकित्साशास्त्रको नोबेल पुरस्कार जुलियस र पाटापोटियनलाई

चिकित्साशास्त्रको नोबेल पुरस्कार जुलियस र पाटापोटियनलाई

मेयर कल्याणकारी कोषबाट मुस्कानलाई २ लाख रुपैयाँ सहयोग

मेयर कल्याणकारी कोषबाट मुस्कानलाई २ लाख रुपैयाँ सहयोग

यस्ता छन् आईटी क्षेत्रका आकर्षक जागिर, कसको तलब कति ?

यस्ता छन् आईटी क्षेत्रका आकर्षक जागिर, कसको तलब कति ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...