No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भ्रष्टाचार काण्डमा मुछिएका मुख्यमन्त्री राउत अख्तियारको छापापछि चौतर्फी दबाबमा

भ्रष्टाचार काण्डमा मुछिएका मुख्यमन्त्री राउत अख्तियारको छापापछि चौतर्फी दबाबमा

जनकपुरधाम । गत १२ असोजको दिउँसो बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मार्‍‍यो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाउ कार्यक्रमअन्तर्गत अनियमितता गरेको आशंकामा अख्तियारले छापा मारेको हो । प्रदेश सरकारकै सर्वोच्च कार्यकारी निकायमा जानकारी बिनै अख्तियारले छापा मारेपछि आक्रोसित भएका मुख्यमन्त्री लालबाबु राउत गद्दीले सोही दिन साँझ पत्रकार सम्मेलन गरे ।

पत्रकार सम्मेलनमा उनी बाहेक कुनै मन्त्री सहभागी थिएनन् । नत उनीसँग अधिकांश मञ्चमा देखिने मुख्य न्याधिवक्ता दिपेन्द्र झा नै थिए । केवल भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव मात्रै थिए । सरकारकै मुख्य मुख्यमन्त्री कार्यालयमा हान्नु र मुख्यमन्त्रीले पत्रकार सम्मेलन गर्नु र त्यसमा कुनै पनि मन्त्री सरकारको बचाउँ नआउनुले पनि प्रदेश सरकारको मन्त्रिमण्डलमा कतिको सहकार्य र सम्झदारी रहेको दर्साउ छ ।

अर्को कुरा अख्तियारले छापामार शैलिमा छापामारी गर्नु र संचार माध्यले भ्रामक समाचार सम्प्रेशन गर्नु मुख्यमन्त्री राउतले अभिव्यक्ति दिईरहदाँ कुनैपनि मन्त्रीले अहिले सम्म सार्वजनिक रुपमा सरकारको बचावमा नदेख्नुले पनि धेरै अर्थ राख्छ । हुन त मुख्यमन्त्री राउतका पार्टी जनता समाजवादी पार्टी भित्रैबाट एक तप्का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव, अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह लगायतका समुहले सुरुदेखि नै मुख्यमन्त्री राउतलाई असहयोग गर्दै आएका छन् । केहि महिना अघि मुख्यमन्त्री राउतले आफुलाई असयोग गर्ने तत्कालिन अर्थ मन्त्री विजय यादवलाई घटुवा गरि कृषि मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

त्यसैगरि, हिन्दु धर्माम्बलीहरुको वर्चस्व रहेको प्रदेश २ मा पहिलो पटक धार्मिक अल्पसंख्यक मुस्लिम सामुदायका राउतलाई मुख्यमन्त्री बनाउदाँ सुरुदेखि नै अतिवादी हिन्दु संगठनहरु उनको विरोध गर्दै आएको छ । राउत मुख्यमन्त्रीको रुपमा शपथ खाएको दिनपनि प्रदेशका सबै जिल्लामा विरोधस्वरुप टायर बालिए । केही अघि मात्रै मुख्यमन्त्रीकै गृह जिल्ला तथा निर्वाचन क्षेत्र बिरगंजमा हिन्दुवादी संगठनले प्रदेश २ लाई मुख्यमन्त्री राउतले तालिबान बनाउन लागेको भन्दै उनको पुतला जलाएको थियो ।

मुख्यमन्त्री राउतले आमजनताको बीचमा फरक छवि बनाउन सफल भएका थिए । ४ वर्षको अवधिमा प्रदेश सरकारले जन चाहना अनुसार विकास निर्माणको काम नगरेपनि जनतामा मुख्यमन्त्री राउतप्रति खासै रोष र गुनासो थिएन ।

मन्त्रीहरुहरुको आलोचना भएपनि मुख्यमन्त्री राउतको अन्यभन्दा राम्रो रहेको भन्दै प्रसंसा नै हुन्थ्याे । तर अख्तियारको छापाले मुख्यमन्त्री राउतको छाविमा घात गरेको छ । १२ प्रतिशत जनसंख्या रहेकको मुस्लिम सामुदायपनि पछिल्लो पटक मुख्यमन्त्री राउतसँग सन्तुष्ट छैन । आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृति रुपमा पछाडि परेका मुस्लिम सामुदाय आफ्नै सामुदायका व्यक्ति मुख्यमन्त्री भएपछि संविधानले दिएको समानुपातिक समावेशी अधिकार पाउने आशमा थिए ।

विगत ४ वर्षमा नीति आयोग, प्रदेश लोकसेवा, प्रदेश जनलोकपाल, आमसंचार प्रधिकरण, मिडिया काउन्सिल लगायतका संस्थाहरुका प्रदेश सरकारले ५० भन्दा बढीलाई राजनीतिक नियुक्ति दिएको छ । तर राजनीतिक नियुक्तिमा एक जना मुस्लिम सामुदायको व्यक्ति नपर्नुले पनि मुख्यमन्त्री राउत प्रति मुस्लिम सामुदायको भरोसा टुटेको छ ।

प्रदेशमा रहेका मदरसाहरुलाई व्यवस्थित बनाउन तथा मदरसा शिक्षालाई मुलधारको शिक्षामा समावेश गर्ने उद्धेश्यले ल्याइएको मदरसा शिक्षा विधेयक प्रदेशसभाबाट अघि वढ्न सकेको छैन । मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियानअन्तर्गत साइकल खरिदमा अनियमितता भएको सार्वजनिक र लगतै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले छापा मारेपछि उनको पार्टी यतिवेला आन्दोलनमा छ ।

अख्तियार दुरुपयोग भए नभएको हेर्ने राज्यको बैधानिक निकायविरुद्ध नै आन्दोलनमा उत्रिएपछि उनको सुशासन प्रतिवद्धतामा विपक्षी दलदेखि स्थानीय जनताले समेत प्रश्न उठाउन थालेका छन् । पार्टी भित्र, सरकार संचालन र मधेशी समुदायभित्रै संतुलन कायम राखन नसकेको भन्दै चौतर्फी दवावमा परेका राउतलाई अख्तियार प्रकरण भने फलामको च्युरा हुने उनकै दलका नेताहरु बताउँछन् । nepalpana

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
मानिसको पेटबाट एक किलोभन्दा बढी काँटी, पेच र छुरी निकालियो

मानिसको पेटबाट एक किलोभन्दा बढी काँटी, पेच र छुरी निकालियो

अमेरिकासँग इरानको शर्त : रोकिएको १० अर्ब डलर फुकुवा गरे मात्र वार्ता

अमेरिकासँग इरानको शर्त : रोकिएको १० अर्ब डलर फुकुवा गरे मात्र वार्ता

मृत भेटियो कोशी टप्पुको मकुना हात्ती

मृत भेटियो कोशी टप्पुको मकुना हात्ती

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .