No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

धनुषाका पुराना काँग्रेस नेता राजकुमार : गृहमन्त्री भेट्न किन सिंहदरबार धाइरहेका छन् ?

धनुषाका पुराना काँग्रेस नेता राजकुमार : गृहमन्त्री भेट्न किन सिंहदरबार धाइरहेका छन् ?

काठमाडौं : हरेक दिन बिहान १० बजे सिंहदरबार पुग्नु र अपरान्ह कर्मचारीहरु सँगसँगै फर्किनु राजकुमार सहनीको दैनिकी बनिसकेको छ । आफ्नै पार्टी नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि सहयोगको अपेक्षा उनी एक महिनादेखि गृह मन्त्रालय धाइरहेका छन् ।

तर औरही गाउँपालिका–२, चक्करका सहनीले अहिलेसम्म गहमन्त्री बालकृष्ण खाणलाई भेट्न पाएका छैनन् । उनी हरेक दिन बिरामी श्रीमती लिएर मन्त्रालय जान्छन्, ढोका छेउमा रहेको प्रतीक्षा कक्षमा बस्छन् । दिनभरि उनलाई कसैले त्यहाँबाट जानु पनि भन्दैनन्, भित्र छिर्न पनि दिँदैनन् । ‘सुरु–सुरुमा फोन गरिदिए जस्तो गर्थे, अहिले त फोन नै चल्दैन भनिदिन्छन्’ सहनीले भने, ‘मलाई केही बुझ्दै नबुझ्ने जस्तो बनाइसके ।’

उनी कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको आन्दोलनमा उनी होमिएका थिए । २०३२ सालमा भारतमा संकटकाल घोषणा भएपछि बनारसबाट फर्किएर काठमाडौं, बाँसबारी आए । २०३४ सालमा राति ११ बजेतिर विराटनगरमा बम विष्फोट भयो, उनीसहित मगनी शाह, दुख सहनी लगायत नेता कार्यकर्ता बैठक बसिरहेको स्थानबाटै पक्राउ परे । केन्द्रीय कारागार, सुन्धारामा राखिएका उनलाई बिहान ३ बजे नख्खु कारागार लगिए । त्यहीँ गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, शुशील कोइराला, खमबहादुर खड्का, पूर्णबहादुर खड्का, अर्जुननरसिंह केसी, चिरञ्जीवी बाग्ले लगायतसँग भेट भयो ।

बिहीबार गृह मन्त्रालय अगाडि भेटिएका उनी ती दिनहरु सम्झिँदै भन्छन्, ‘पार्टी… पार्टी भनेर जिन्दगी विताइयो । अहिले पार्टीका मान्छेहरु वास्तै गर्दैनन् ।’ स्थानीय र सहयोगी मनहरुले उनलाई १००, ५००, एक हजार र २ हजारसम्म सहयोग गरेका छन् । तर पार्टीका नेता वा मन्त्रीहरुले सहयोग नगरेको उनको गुनासो छ ।

‘सचिवालयका कर्मचारीले १५०० रुपैयाँ थमाए’
सहनीका अनुसार गृह मन्त्रालयबाट आर्थिक सहायता प्राप्त हुने भएकाले गृहमन्त्रीलाई भेट्न खोजेका हुन् । भन्छन्, ‘सहयोग गर्न नसके हुँदैन, भनिदिएको भए हुन्थ्यो । तर सचिवालयका कर्मचारीले घर जान भनेर १५ सय रुपैयाँ थमाए ।’

आफ्नो पार्टीका गृहमन्त्रीलाई पनि भेट्न नपाउने कस्तो लोकतन्त्र ल्याइएछ भन्ने मनमा लागिरहेको उनी सुनाउँछन् । उनका अनुसार श्रीमतीको ट्युमरको सल्यक्रिया गरिएको छ । २९ वर्षीय छोरा जितेन्द्रको दुवै मृगौला विग्रिएको छ । ‘हरेक हप्ता डाइलाइसिस गरिराख्नुपर्छ, उपचार गर्दा गर्दै जमिन सबै सिद्धिसक्यो’ उनी भन्छन्, ‘अब त खानै समस्या हुने स्थितिमा पुगिसकेँ ।’ अर्को छोरा अपाङ्ग भएकाले हातमुख जोर्न कठिन छ ।

उनी भन्छन्, ‘नेताहरुलाई मिर्गौला प्रत्यारोपण गर्न भनेर सरकार पैसा दिएको दियै गर्छ, हिजो पार्टीका लागि लडेका हामी जस्ता कार्यकर्तालाई अहिले हेर्नै मान्दैन । आफ्नै पार्टीको सरकारसँग आश थियो, तर नेताहरु विरानो भइसकेछन् ।’ – अनलाइन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post
प्रदेश २ : अख्तियारको छापापछि विपक्षीले मागे मुख्यमन्त्री राउतको राजीनामा, जसपा मौन

प्रदेश २ : अख्तियारको छापापछि विपक्षीले मागे मुख्यमन्त्री राउतको राजीनामा, जसपा मौन

नेकपा एमालेको विधान महाधिवेशन : गोदावरीमा प्रतिनिधिहरुको लर्को

नेकपा एमालेको विधान महाधिवेशन : गोदावरीमा प्रतिनिधिहरुको लर्को

नागरिकताको सवालमा मधेशको पक्ष अडिएका एकमात्र कम्युनिस्ट नेता प्रभु साह

एमाले शीर्ष नेता र प्रभु साह बीचको वार्ता असफल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .