• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लुम्बिनीमा संविधान दिवस : प्रमुख विपक्षी एमालेलाई निम्तो नै दिइएन


लुम्बिनीमा संविधान दिवस : प्रमुख विपक्षी एमालेलाई निम्तो नै दिइएन

बुटवल । लुम्बिनी प्रदेश सरकारले संविधान दिवसको अवसरमा गरेको विशेष समारोहमा नेकपा एमाले उपस्थित भएन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रांगणमा गरिएको संविधान दिवस मूल समारोहमा प्रमुख विपक्षी एमालेलाई औपचारिक निम्तो नै नगरिएका कारण अनुपस्थित भएको हो ।

यस्तै सत्तारुढ गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टीका तीनै जना मन्त्रीहरु पनि संविधान दिवस नमनाउने पार्टीको नीति अनुसार अनुपस्थित भए ।  मूल समारोहमा मुस्किलले एक सय जना हाराहारीको मात्रै सहभागिता देखिन्थ्यो ।

समारोहमा स्थानीय तहका जनप्रतिनिधि र सरकारी कर्मचारीको उपस्थिति पनि निकै न्यून थियो । प्रमुख विपक्षी दल एमालेका सांसद एवं पूर्वमन्त्री वैजनाथ चौधरीले आफ्नो दललाई खबर नै नभएको बताए । ‘संविधान दिवस जस्तो साझा कार्यक्रममा प्रमुख विपक्षी दललाई खबरै छैन, कुनै म्यासेज नै छैन,’ चौधरीले भने, ‘बरु प्रदेश प्रमुखले ४ गते दिवा भोजमा बोलाउनुभएको छ, त्यहाँ हाम्रो दलबाट साथीहरु जानुहुन्छ ।’

जनता समाजवादी पार्टी संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री सहषराम यादवले वर्तमान संविधान पूर्ण नभएको र महिला, मधेशी, आदिवासी जनजाति र दलितको अधिकार स्थापित नभएकाले संविधान दिवस नमनाउने निर्णय गरिएको बताए । ‘संविधान अपूर्ण छ, राज्यको पुनर्संरचना बेठीक छ, शासकीय स्वरुप र निर्वाचिन प्रणाली पनि बेठीक छन्,’ उनले भने, ‘यी मुद्दा सम्बोधन भएपछि मात्रै सबै नेपालीले संविधान दिवस मनाउने अवस्था आउँछ ।’

संविधान दिवस मूल समारोह आयोजनाको समन्वय गरेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव रविलाल पन्थले सबै माननीयलाई निमन्त्रणा गर्ने जिम्मा प्रदेशसभा सचिवालयको भएकाले त्यहाँ जानकारी गराएको प्रतिक्रिया दिए । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले भने सभामुख र आफूलाई  निमन्त्रणा आए पनि माननीयहरुलाई निमन्त्रणाको विषयमा जानकारी नभएको बताए । ‘मन्त्रालयले आफैं निमन्त्रणा गरे होला भन्ने हामीलाई लाग्यो,’ पुनले भने, ‘पत्र नै आएको भए हामीले पिजन होलमा राखिदिन्थ्यौं ।’

एमाले नेतृत्वको सरकार हुदा विभिन्न रचनात्मक कार्यक्रमसहित सिंगो प्रदेशको प्रतिनिधित्व गराई भव्य रुपमा मनाइने गरिए पनि यो सरकारले संविधान दिवस समेत गतिलो ढंगले मनाउन चुकेको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।

संसदीय मामिला पत्रकार समाज लुम्बिनीका महासचिव सीपी खनालले सरकारको नेतृत्व गरेको माओवादी केन्द्र, मुख्यमन्त्री स्वयं र मुख्यमन्त्रीको सचिवालयको कार्य सम्पादन फितलो हुँदा संविधान दिवस खल्लो हुन पुगेको टिप्पणी गरे ।

संविधानको पूर्ण पालना हुनुपर्छ : मुख्यमन्त्री केसी

मुख्यमन्त्री कुलप्रसाद केसीले संविधानको पूर्ण पालना, संरक्षण र सम्वद्र्धन अनिवार्य शर्त भएको बताएका छन् । संविधान दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनमा चुनौती देखिएको स्वीकार्दै पूर्ण पालनामा जोड दिए ।

‘संविधान जारी भएको ६ वर्ष पुगिसकेको सन्दर्भमा संविधान पालनामा केही चुनौती आए पनि राष्ट्र सही बाटोमा अगाडि बढिरहेको छ,’ केसीले भने, ‘संविधानको पूर्ण पालना र संवर्धनका लागि सबै प्रदेशबासी एवं नेपालीहरुमा आग्रह गर्दछु ।’

संविधान गतिशील दस्तावेज भएकोले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजान सकिने मुख्यमन्त्री केसीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आज संविधान दिवस : कतै कालो,कतै उज्यालो दिन
  • २०७८ आश्विन ३, आईतवार १४:५५
  • In "BannerNews"
  • लुम्बिनी प्रदेशले आज स्थापना दिवस मनाउँदै, राप्ती गाउँपालिकामा मूल समारोह
  • २०७८ आश्विन ३, आईतवार १४:५५
  • In "देश"
  • २३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मध्यपुर थिमिमा मनाइने
  • २०७८ आश्विन ३, आईतवार १४:५५
  • In "देश"
Tags: #अपराध#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

चीनले नेपाली भुमि मिचेकाे विराेधमा लाेसपाकाे प्रदर्शन

भारत सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको तराई सडकको काम सन्तोष जनक

छातीमा गोली हान्दा नोकिया फोनले गोली रोकेपछि ज्यानै जागियो!

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version