• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

वीरगञ्जका विद्यालय अनुगमन : कहीं शिक्षक आउँदैनन्, कतै झ्याल-ढोका नै छैन


वीरगञ्जका विद्यालय अनुगमन : कहीं शिक्षक आउँदैनन्, कतै झ्याल-ढोका नै छैन

वीरगञ्ज । २९ भदौमा वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको टोली आकस्मिक विद्यालय अनुगमनका लागि वीरगञ्ज–१७ अलौस्थित श्रीमान टोला प्राविमा पुग्यो । बिहान ११ बजे नै विद्यार्थीहरु घरतिर लागिरहेका थिए । विद्यार्थीलाई बोलाएर सोध्दा शिक्षक कोही छैनन् त्यसैले पढाइ भएन भन्ने जवाफ आयो ।

शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णसहितको टोली विद्यालय पुग्दा एक जना शिक्षक र कार्यालय सहयोगी मात्रै रहेछन् । भएका एक जना शिक्षक पनि मोबाइल फोनमा व्यस्त । विद्यालयको भवन पनि संरक्षण नभएको पाइएको प्रमुख कर्ण बताउँछन् ।

‘विद्यालयमा दुई/दुई कोठा भएका तीन वटा भवन छन् । तर संरक्षणको अभाव देखिएको छ,’ उनले भने, ‘एउटा भवन कामै नलाग्ने गरी जीर्ण नै रहेछ, अर्को भवन काम लाग्ने छ तर झ्याल ढोका नै रहेनछ, एउटा भवनका दुईवटा काम लाग्ने त्यसमा पनि एउटामा इँट्टा राखिएको रहेछ ।’

प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई बोलाउँदा नआएपछि शैक्षिक प्रशासन महाशाखाले लिखित स्पष्टीकरण सोधेको छ । विद्यालयको खाता रोक्का गरेर स्पष्टीकरण सोधिएको कर्णले बताए ।

मनियारीस्थित आधारभूत विद्यालयमा भौतिक सुविधा राम्रो र पर्याप्त शिक्षक दरबन्दी भए पनि अध्यापन राम्रो नभएकाले विद्यार्थी संख्या कम देखिएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

अनुगमनका क्रममा ४ कक्षाका विद्यार्थीले एबीसीडी पढ्न नसकेको शैक्षिक महाशाखा प्रमुख कर्ण बताउँछन् । नेपाल राष्ट्रिय आधारभूत विद्यालय बर्वा गोग ३ मा अनुगमन टोली पुगेपछि प्रधानाध्यापक विद्यालय खोल्न आइपुगेका थिए ।

वीरगञ्जमा कोरोना महामारीका कारण लामो समय बन्द रहेका विद्यालय खुलेका छन् । महामारीको समयमा संरक्षण नगर्दा अधिकांश विद्यालयको भौतिक अवस्था नराम्ररी बिग्रिएको स्थानीयले बताएका छन् ।

स्रोत साधन कम हुँदा पनि विद्यालय राम्रो

शैक्षिक प्रशासन महाशाखाका अनुसार आधा दर्जन भन्दा बढी विद्यालयको अनुगमनको क्रममा कतिपय विद्यालयले स्रोत साधनको अभावमा पनि राम्रो काम गरेको पाइएको छ । विन्दवासिनी प्रावि बर्वा गोग १ को विद्यालय भवन मर्मतसम्भार भइरहेको छ । ३ वटा कोठा प्रयोग गर्न नपाएको अवस्था छ । तैपनि विद्यालय व्यवस्थित रुपमा सञ्चालनमा रहेको पाइएको छ । शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्ण बताउँछन् ।

शैक्षिक प्रशासन महाशाखाले आधारभूत विद्यालय इटियाही, आधारभूत विद्यालय जगरनाथपुर लगायत ६ वटा विद्यालयको आकस्मिक स्थलगत अनुगमन गरिसकेको छ । जगरनाथपुरको विद्यालयमा शिक्षक कम भए पनि अध्यापन र भौतिक सुधार राम्रो देखिएको छ । कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा निमावि दरबन्दी एउटा मात्रै छ । तैपनि खानेपानी, शौचालयको राम्रो व्यवस्था गरिएकोे, सीसीटीभी पनि सञ्चालनमा रहेको र विद्यार्थीको राम्रो उपस्थिति देखिएको ‘आकस्मिक अनुगमन’ टोलीले जनाएको छ ।

बिहान एक/डेढ घण्टा विद्यालय अनुगमनमा खर्च गर्ने नीति आफूले लिएको शैक्षिक महाशाखा प्रमुख कर्णले बताए ।

‘विद्यालयको वास्तविक स्थिति पत्ता लागोस् भन्ने उद्देश्यले थाहै नदिइकन अनुगमनमा निस्कने गरेका छौं,’ उनले भने, ‘विद्यालय सञ्चालनमा रहे नरहेको, शिक्षक, विद्यार्थीको उपस्थिति र भौतिक अवस्थाको बारेमा हेर्ने गरेका छौं ।’

शैक्षिक महाशाखामा कार्यरत अन्य कर्मचारीलाई पनि बेलुका १ घण्टा विद्यालय निरीक्षणमा निस्कन निर्देशन दिइसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • वीरगञ्जमा खाजा छुट्टीपछि विद्यार्थी टाप, शिक्षकलाई आराम
  • २०७८ आश्विन १, शुक्रबार १५:४१
  • In "मधेश प्रदेश"
  • विद्यालय भवन निर्माणका लागि भूमिपुजन
  • २०७८ आश्विन १, शुक्रबार १५:४१
  • In "लुम्बिनी प्रदेश"
  • ६० प्रतिशत शिक्षक, कर्मचारीले पाएनन तलब, तीन हजार निष्कासित
  • २०७८ आश्विन १, शुक्रबार १५:४१
  • In "समाचार"
Tags: #शिक्षा#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

नेपालले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्ने

नमस्ते पे : ‘वाइम्याक्स’ र ‘मिट’ बन्नबाट जोगाउने चुनौती

कांग्रेस बीपीको सभापतिमा शेरचन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version