• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जनकपुरमा गणेश युवा कमिटीको आयोजना रातभर राम मन्दिर अगाडि अश्लिल गीतमा ‘आरकेस्ट्रा’


जनकपुरमा गणेश युवा कमिटीको आयोजना रातभर राम मन्दिर अगाडि अश्लिल गीतमा ‘आरकेस्ट्रा’

दीपक कर्ण-
काठमाडौं ।
समाजमा रहेका युवा क्लबहरुले युवा वर्गको नेतृत्व तथा क्षमता विकासका लागि काम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जनकपुरधामका केहि युवा क्लबहरु आफ्नो कर्तव्य बिर्सेर नकारात्मक कामतर्फ बढि केन्द्रित भएको देखिएको छ ।

देशको शासन सञ्चालन प्रणाली र सुशासन सम्बन्धमा युवालाई सुसूचित र सशक्तीकरण गर्दै उनीहरुको सर्वाङ्गीण विकासका लागि युवामैत्री नीति, योजना, कार्यक्रम र प्राथमिकता निर्धारण गर्न युवा क्लबहरुको भूमिका महत्वपूर्ण हुनुपर्ने देखिन्छ ।

युवा लक्षित उद्देश्य प्राप्तिका लागि राज्यलाई पृष्ठपोषण दिन तथा सकारात्मक वातावरण निर्माण गर्न युवाका मुद्दाहरुको वहस पैरवी केन्द्रको रुपमा विकास गर्न युवालाई सामाजिक दायित्व र कर्तव्य प्रति जिम्मेवार बनाउनका लागि समाजमा क्लबहरुको गठन गरिएको हुन्छ ।

तर, जनकपुरधामस्थित गणेश युवा कमिटीले गणेश पूजनोत्सवको नाममा समाजमा अश्लिलता फैलाउन उद्धत रहेको देखिएको छ । बुधबार राति जनकपुरधामस्थित रामचोकमा सो कमिटीका पदाधिकारीहरुले गणेश पूजाको अवसरमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा अश्लिल गीतहरुमा नर्तकी नचाएका छन् ।

गणेश पूजनोत्सवमा सो कमिटीले यस्ता कार्यक्रमहरु प्रत्येक वर्ष आयोजना गर्दै आएको छ । तर, स्थानीय प्रशासन भने मुकदर्शक बनेको देखिन्छ । रामचोकमा स्थानीय प्रशासनबाट प्रतिबन्धित आर्केष्ट्रा प्रहरीकै संरक्षणमा नचाइएको छ ।

जिल्ला प्रहरी कार्यालयदेखि करिब ३०० मिटरको दुरीमा रहेको रामचोकमा रातभरी अश्लिल गीतमा आर्केष्ट्रा हुँदा पनि प्रहरी अनभिज्ञ रहेको छ । यस्ता कार्यक्रम प्रदर्शनमा रोक लगाइएकोले यसबारे कुनै जानकारी नभएको भन्दै प्रहरी पन्छिन खोजेको छ । तर स्वयं प्रहरी नै प्रदर्शनमा देखिनुले उसको भूमिकामाथि पनि शंका उब्जिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले गणेश युवा कमिटीले त्यस कार्यक्रमका लागि स्थानीय प्रशासनसँग कुनै अनूमति नलिएको बताए ।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक जितेन्द्र बस्नेतले यस्ता कार्यक्रम प्रदर्शनका लागि स्थानीय प्रशासनसँग कुनै अनुमति कसैले नलिएकोले बताए ।

बुधबार राति भोजपुरी भाषाको विभिन्न अश्लिल एवम् दोहारो अर्थको शब्दहरु प्रयोग गरी बनाइएको गीतहरुमा अश्लिल तरिकाले नृत्य गरिएको थियो ।

रामचोकको खुल्ला स्थानमा कार्यक्रम समाप्त भएपछि नर्तकीहरुलाई त्यहाँबाट शुभम होटेलको सभाहलमा लगी कमिटीका पदाधिकारी तथा वरिष्ठहरु बिच नृत्य गराउन लगाइएको थियो ।

विगत कैयौं वर्षदेखि धनुषसागर पोखरीको पश्चिमी डिलमा बलपूर्वक कब्जा जमाएर बसेका गणेश युवा कमिटीले गत वर्ष मन्दिर नै निर्माण गरेका छन् । यसअघि धनुषसागरकै डिल कब्जा गरी बैशाखी निर्माण गरेर आफ्नो नाममा सञ्चालन गर्दै आएको छ ।
जिल्ला प्रशासन कार्यालयको तथ्यांकलाई हेर्दा धनुषामा मात्र ६५० वटा युवा क्लबहरु दर्तामा रहेका छन् । जसमध्ये आधाभन्दा बढि जनकपुरधाममै छन् ।

तर, तिनीहरुले समाज परिवर्तनका लागि कुनै सकारात्मक कामहरु गर्न सकेको छैन् । झन कुनै राजनीतिक दलको संरक्षणमा समाजमा अश्लिलता फैलाउन उद्धत भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • २२ वर्षदेखि बजरंग क्लबको खेलकुद र सामाजिक योगदान
  • २०७८ भाद्र ३१, बिहीबार १७:००
  • In "BannerNews"
  • आज अन्तर्राष्ट्रिय युवा दिवस
  • २०७८ भाद्र ३१, बिहीबार १७:००
  • In "समाचार"
  • संघर्षको भट्टीबाट जन्मिएका एकजना आशा एवं भरोसायोग्य युवा नेता सीबी साह
  • २०७८ भाद्र ३१, बिहीबार १७:००
  • In "मधेश प्रदेश"
Tags: #धर्म-संस्कृतिक#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post

अष्टलक्ष्मीलाई ओलीको प्रश्न : फेरि पार्टी फुटाउन माधव नेपाल चाहियो ?

मीनभवनमा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय स्थापना

धनुषामा औषधि पसलमा कोरोना खोप भेटियो, दुई जना पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version