• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

क्रान्तिनायक गोञ्जालोको जेलभित्रै निधन (जीवनीसहित)


क्रान्तिनायक गोञ्जालोको जेलभित्रै निधन (जीवनीसहित)

काठमाडौं। पेरुको तात्कालिन शासक फुजीमोरीले सन् १९९२ मा गिरफ्तार गरेर २९ वर्षसम्म बन्दी बनाइएका गोञ्जालोको जेलमै मृत्यु भएको छ। पेरु कम्युनिस्ट पार्टी (साइनिङपाथ) का नेता गोञ्जालोको शनिबार साँझ पेरुको जेलमा ८६ वर्षको उमेरमा निधन भएको हो।

सन् १९८० बाट पेरुमा सुरु भएको जनयुद्ध केन्द्रीय सत्ता कब्जाको नजिकै पुग्दा गोञ्जालो गिरफ्तार परेका थिए। सन् १९९२ मा उनलाई लिमा शहरको एउटा घरबाट गिरफ्तार गरिएको थियो। त्यसपछि पेरुको अदालतले उनलाई आजीवन काराबासको सजाय सुनाएको थियो।

गोञ्जालो विश्वभरिका कम्युनिस्ट एवं क्रान्तिकारीहरूबिच निकै लोकप्रिय थिए। सन् १९७६ मा माओको निधनपछि मुर्झाएको माओवादी आन्दोलनलाई उठाउन गोञ्जालोले नै निर्णायक भूमिका खेलेका थिए। चीनको हुनानमा भएको किसान विद्रोह, नयाँ जनवादी क्रान्ति, महान अग्रगामी छलाङ, सर्वहारा सांस्कृतिक क्रान्ति, अर्थसामन्ती र अर्धऔपनिवेशिक समाजको विश्लेषण, दीर्घकालीन जनयुद्धको कार्यदिशा लगायतका माओका योगदानलाई माओवादका रूपमा संश्लेषण गर्नुमा गोञ्जालोको महत्वपूर्ण भूमिका थियो।

पेरुको सरकारले गोञ्जालोलाई सशस्त्र क्रान्तिका दौरानमा भएको भौतिक र मानवीय क्षतिमा दोषी करार गर्दै गिरफ्तार गरेको थियो। पछिल्लो समय छालाको क्यान्सरबाट पीडित उनी बरु जेलभित्रै मर्ने तर नझुक्ने प्रण गरेका थिए। गोञ्जालोको स्वास्थ्य कमजोर बन्दै गएपछि विश्वभरिका कम्युनिस्टहरूले उनको रिहाइको माग गर्दै आएका थिए।

अन्ततः विश्वभरिका कम्युनिस्टहरूका प्रेरणाका स्रोत गोञ्जालो शनिबार साँझ सरकारी जेलभित्रै अस्ताएका छन्। उनलाई उपचारका क्रममा पेरुको सैनिक अस्पतालमा राखिएको र त्यही निधन भएको सरकारी अधिकारीले बताएका छन्। सम्भवतः गोञ्जालो नेल्सन मण्डेलाभन्दा २ वर्ष बढी र राजनीतिक क्रान्तिको नेतृत्व गरेको अभियोगमा सबैभन्दा लामो जेलजीवन बिताउने नेता हुन्।

को हुन् डा. गोञ्जालो ?

गोञ्जालोको जन्म सन् १९३४ डिसेम्बर ३ मा एरक्वेपा, एण्डिज श्रृंखला पेरुमा भएको हो। ८६ वर्षीय कमरेड गोन्जालोको वास्तविक नाम डा. अविमायल गुज्मन रेनोसो हो। एरक्वेपा विश्वविद्यालयबाट विद्यावारिधि गरेका गोञ्जालोले सन् १९६२ देखि १९७४ सम्म दर्शनशास्त्र विभाग हवामांगा विश्वविद्यालय, आयाकुचो पेरुमा प्राध्यापन गरेका थिए। सन् १९४५ मा दोस्रो विश्वयुद्धमा फाँसीवादको पराजयमा खुसी मनाउन पेरुका वामपन्थीहरुले निकालेको जुलुुसबाट गिरफ्तार भएपछि उनको राजनीतिक यात्रा सुरु भएको थियो।

उनी सन् १९४६ मा कम्युनिस्ट योङ ब्रिगेटको सदस्य भएका थिए। उनी सन् १९५६ मा एरक्वेपा विश्वविद्यालयको विद्यार्थी संघको अध्यक्ष निर्वाचित भएका थिए। १९६५ मा चीनको भ्रमणपछि १९६६ मा पेरु कम्युनिष्ट पार्टीको सदस्य भएका उनलाई सन् १९६९ मा कम्युनिस्टको आरोपमा पक्राउ गरिएको थियो। सन् १९७५ मा पेरु कम्युनिस्ट पार्टीको अध्यक्ष भएका गोञ्जालोकै नेतृत्वमा सन् १९८१ मा पेरुमा सशस्त्र जनयुद्ध सुरु गरिएको थियो। यो जनयुद्धले अपार सफलता पाइरहेको अवस्थामा प्रतिक्रियावादी फुजीमोरी सरकारले सन् १९९२ को सप्टेम्बर १२ मा पक्राउ गरी सैनिक जेलमा राखेर आजीवन कारावासको सजाय सुनाएको थियो।

सन् १९८० को दशकमा पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ) का अध्यक्ष गोञ्जालोको नेतृत्वमा सञ्चालित जनयुद्धले पेरुमा एकदम छिटो विकास गर्‍यो। गाउँदेखि शहर घेर्ने रणनीतिअन्तर्गत त्यस जनयुद्ध केन्द्रीय सत्ता कब्जाको नजिक पुगिसकेको थियो। यसै क्रममा सन् १९९२ सेप्टेम्बर १२ तारिखका दिन राजधानी लिमा शहरको एक घरबाट फुजीमोरी सरकारले गोञ्जालोलाई गिरफ्तार गरेर एक सैनिक जेलमा थुनेर आजीवन कारावासको सजाय सुनायो । क्रान्तिनायक ८६ वर्षीय गोञ्जालोको शनिबार बेलुका जेलभित्रै निधन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • देशभक्ति फिल्मका परिचित बलिउड अभिनेता मनोज कुमारको निधन
  • २०७८ भाद्र २७, आईतवार १३:४३
  • In "मनोरन्जन"
  • औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन
  • २०७८ भाद्र २७, आईतवार १३:४३
  • In "BannerNews"
  • श्रीमद् भागवत पुराणलाई नेपालीमा अनुवाद गर्ने उदयचन्द्र वशिष्ठको निधन
  • २०७८ भाद्र २७, आईतवार १३:४३
  • In "देश"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

Next Post

अमेरिकाको जवाफ पढेपछि अब हामी एमसीसी नै खारेज हुनुपर्छ भन्ने स्थितिमा आइपुग्यौँ : देव गुरुङ

लोसपाका नेता ठाकुर, महतो र फातिमाबीच भेटवार्ता

एकै परिवारका ५ जनाको हत्यामा एउटै चिर्पट प्रयोग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version