• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

विदेह नगरपालिका जनप्रतिनिधि र कर्मचारीले यी होटलहरुमा एकवर्षमै खाए २५ लाखको दारु मांस


विदेह नगरपालिका जनप्रतिनिधि र कर्मचारीले यी होटलहरुमा एकवर्षमै खाए २५ लाखको दारु मांस

काठमाडौं । धनुषाको विदेह नगरपालिका जनप्रतिनिधि र कर्मचारीले एक वर्षमै २५ लाख रुपैयाँको मासु मदिरा खाएको खुलासा भएको छ ।

विदेह नगरपालिका मेयर बेचन दास (तत्मा), निमित्त प्रशासकीय अधिकृत संजिव साह लगाययत जनप्रतिनिधि र कर्मचारीले विभिन्न मदिरा पसलमा मासु मदिरा खाएको खुलेको हो ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको महालेखा परीक्षण प्रतिवेदन २०७८ मा विभिन्न नगरभित्रका विभिन्न मदिरा पसल तथा कोल्ड स्टोरलाई विदेह नगरपालिकाले १३ पटक गरि २४ लाख ९९ हजार ३ सय ५५ रुपैयाँ भुक्तानी दिएको छ ।

आ.व २०७६/०७७ मा त्यतिको खाजा, माछामासु र मदिरा खास गरि मेयर दास र प्रशासकीय अधिकृतले आफ्ना आसेपासेलाई खुवाएको स्थानीयले बताएका छन् ।

महालेखाको प्रतिवेदन अनुसार २०७६ असोजको १६ गते सम्भु मदिरा पसललाई १ लाख १४ हजार ६२०, असोज २८ गते रामसेवक कोल्डस्टोरलाई १ लाख ८२ हजार ८३०, असोज २९ गते होटेल फुलबारीलाई २ लाख २४ हजार ५२५ रुपैयाँ नगरपालिका कार्यालयले भुक्तानी गरेको हो ।

यस्तै २०७६ मंसिर १९ गते दोश्रो पटक होटेल फुलबारीलाई १ लाख १४ हजमर २३५, सोही मितिमा पुन: रामसेवक कोल्डस्टोरलाई १ लाख ६३ हजार ७० रुपैयाँ भुक्तानी दिएको उल्लेख छ ।

पुन: तेस्रोपटक २०७६ माघ १४ गते होटल फुलबारीलाई २ लाख ६४ हजार ८२५ रुपैयाँ , माघ २३ गते सम्भु मदिरा पसललाई ६६ हजार ५७५ रुपैयाँ नगरपालिकाले भुक्तानी दिएको हो ।

त्यसपछि २०७७ वैशाख १२ गते रामसेवक कोल्डस्टोरलाई ३३ हजार ९९०, सोही मितिमा होटेल फुलबारीलाई चौथोपटक २ लाख ८७ हजमर ८३५ रुपैयाँ भुक्तानी नगरपालिकाले गरेको प्रतिवेदनमा उल्लेख्य छ ।

२०७७ असार २४ गतेमा पाँचौ पटक रामसेवक कोल्डस्टोरलाई १ लाख ६४ हजार ८४० रुपैयाँ, सोही मितिमा होटल फुलबारीलाई पनि पाँचौं पटक ३ लाख ४ हजार ५३५ रुपैयाँ र असार ३१ गते छैठौं पटक होटेल फुलबारीलाई ८६ हजार २६० नगरपालिकाले गरेको हो ।

मदिरा पसललाई दिएको सो भुक्तानी नीतिसंगत नरहेको र त्यसो नगर्न महालेखाले भनेको छ ।

विदेह नगरपालिकामा मेयर दास र निमित्त प्रशासकीय अधिकृत संजिव साहले मिलेमतो गरि करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागिरहेको बेला यो महालेखाको प्रतिवेदनले सो कुरा अझै उजागर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सरकारी बजेटबाटै मेयरको घरमा वासिङ मेसिनदेखि फ्रिजसम्म
  • २०७८ भाद्र २५, शुक्रबार १५:२७
  • In "देश"
  • गौशाला नगरपालिका मेयर उपमेयर लगायतको दैनिक इन्धन खर्च ४५ हजार, वर्षमा झण्डै पौने २ करोड
  • २०७८ भाद्र २५, शुक्रबार १५:२७
  • In "देश"
  • राजनीतिक सरगर्मीसँगै बढ्यो मदिराको खपत
  • २०७८ भाद्र २५, शुक्रबार १५:२७
  • In "देश"
Tags: #अपराध#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

मेलम्चीको पानी आगामी चैतसम्म फेरि ल्याउने सरकारको घोषणा

पाकिस्तानमा जल संकट बढ्दै, स्थिरताको लागि चुनौतीपूर्ण

लुम्विनीमा नक्कली नागरिकता बनाएर अर्कैको जग्गा विक्री

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version