• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लोहारपट्टी नगरपालिकामा व्यापक अनियमितता : एकवर्षमै खाजामा ७८ लाख र इन्धनमा ४० लाख स्वाहा


लोहारपट्टी नगरपालिकामा व्यापक अनियमितता : एकवर्षमै खाजामा ७८ लाख र इन्धनमा ४० लाख स्वाहा

काठमाडौं । महोत्तरीको लोहारपट्टी नगरपालिकामा खाजाखाना र इन्धन शीर्षकमा व्यापक अनियमितता भएको खुलेको छ । नगरपालिकाले खानाखाजा र इन्धनमा एकवर्षमै एक करोड बढी खर्च गरेको रहस्य खुलेको हो ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं प्रतिवेदन २०७८ मा लोहारपट्टी नगरपालिकाले आ.व २०७६/०७७ मा खाजाखानामा ७८ लाख २९ हजार र इन्धनमा ४० लाख ५० हजार रुपैयाँ कानुन विपरीत खर्च गरेको उल्लेख छ ।

नगरपालिकाले विविध खर्च राखी खाजाखनामा ७८ लाख २९ हजार खर्च गरेको पाइएको हो ।

जवकी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रहेर औचित्यको आधारमा विविध खर्च गर्नुपर्ने तथा आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ३६ (३) अनुसार खर्चको पुष्ट्याइ हुने प्रमाण, कागजात संलग्न गरेर मात्र खर्च लेख्नु पर्ने व्यवस्था छ ।

तर, लोहारपट्टी नगरपालिकाले खाजाखाना तथा कार्यक्रम विविध तर्फ ७८ लाख २९ हजार खर्च गरेको हो । खर्च गरेको बिल पेश गरेपनि खर्च गर्नुपर्ने स्पष्ट आधार गर्ने गरेको नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारीता कायम गर्ने सम्बन्धि नीतिगत मार्गदर्शन २०७५ मा सवारी साधनको इन्धन, मर्मत खर्चमा एकरुपता ल्याउन निश्चित मापदण्ड बनाइ कार्यान्वयनमा ल्याउनुपर्ने साथै सरकारी सवारी साधन सरकारी काममा मात्र प्रयोग गर्ने, सरकारी सवारीसाधन अनाधिकृत व्यक्तिले प्रयोग नगर्ने जस्ता व्यवस्था छ ।

तर, यस नगरपालिकाले सो व्यवस्थाको धज्जी उडाउँदै पदाधिकारीलाई इन्धनमा ५० हजार  र कार्यालय प्रयोजन इन्धनमा ४० लाख गरि ४० लाख ५० हजार एकवर्षमै स्वाहा गरेको  महालेखा परीक्षकको प्रतिवेदनमा देखाइएको छ ।

इन्धन खर्चको मापदण्ड तयार गरेको छैन भने सवारीसाध अनुसार वार्षिक इन्धन खर्च र उपयोगको विवरण खुल्ने गरि अभिलेख नराखेको भन्दै प्रतिवेदनमा इन्धन खर्चलाई मितव्यायी बनाउन कोटा निर्धारण गरि लगबुक राखेर मात्र खर्च लेख्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • शहीदनगरमा व्यापक अनियमितता : विदेश भ्रमणदेखि विभिन्न शीर्षकमा करोड बढी कानुन विपरीत खर्च
  • २०७८ भाद्र २५, शुक्रबार १०:१४
  • In "देश"
  • गौशाला नगरपालिका मेयर उपमेयर लगायतको दैनिक इन्धन खर्च ४५ हजार, वर्षमा झण्डै पौने २ करोड
  • २०७८ भाद्र २५, शुक्रबार १०:१४
  • In "देश"
  • सरकारी बजेटबाटै मेयरको घरमा वासिङ मेसिनदेखि फ्रिजसम्म
  • २०७८ भाद्र २५, शुक्रबार १०:१४
  • In "देश"
Tags: #अपराध#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

Next Post

लाइसेन्सको आवेदन अनिश्चितकाल बन्द, ३ लाखले परीक्षा र ६ लाखले कार्ड कुर्दै

५० वर्षपछि मेसीले तोडे पेलेको कीर्तिमान

माओवादी अध्यक्ष प्रचण्ड र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version