• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपालमा सबभन्दा बढी भारतकाे लगानी , चीनकाे भारतकाे आाधाभन्दा कम


नेपालमा सबभन्दा बढी भारतकाे लगानी , चीनकाे भारतकाे आाधाभन्दा कम

काठमाडाैं । नेपालमा लगानी गर्ने विदेशी मुलुकमा भारत पहिलो नम्बरमा रहेको छ । नेपालमा विदेशी लगानी आउन थालेदेखि अहिलेसम्म भारतबाटै सबैभन्दा धेरै विदेशी लगानी भित्रिएको नेपाल राष्ट्र बैंकले बताएको छ । भारतबाट नेपालमा ६५ अर्ब ४५ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको हो ।

यो रकम नेपालमा लगानी गरेका अन्य मुलुकको भन्दा धेरै बढी हो । नेपालमा लगानी गर्ने दोस्रो स्थानमा रहेको उत्तरी छिमेकी मुलुक चीनको भन्दा पनि दुई गुणाभन्दा बढी रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ । चीनबाट हालसम्म नेपालमा ३० अर्ब ९७ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको छ ।

नेपालमा लगानी गर्नेमा भारत र चीनपछि सेन्ट किट्स एण्ड नेभिसबाट १५ अर्ब २७ करोड रुपैयाँ आएको छ । यसपछि आयरल्यान्डबाट १२ अर्ब ९३ करोड र सिंगापुरबाट १२ अर्ब ४३ करोड रुपैयाँको विदेशी लगानी नेपाल भित्रिएको छ । यसपछि अस्ट्रेलियाबाट १० अर्ब ८२ करोड, संयुक्त अरब इमिरेट्सबाट ७ अर्ब १६ करोड र दक्षिण कोरियाबाट ७ अर्ब ९ करोड तथा अमेरिकाबाट ६ अर्ब ९ करोड रुपैयाँ लगानी भित्रिएको छ ।

केन्द्रीय बैंकले आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्ममा गरेको विदेशी लगानी सम्बन्धी सर्भेले यस्तो तथ्यांक देखाएको राष्ट्र बैंकले जानकारी गराएको छ । यस अवधिमा नेपालमा भित्रिने विदेशी लगानी ८.५ प्रतिशतले बढेको छ । उक्त वृद्धिसँगै नेपालमा हालसम्म भित्रिएको कुल विदेशी लगानीको आकार १ खर्ब ९८ अर्ब पुगेको छ ।

यस्तै, नेपाल भित्रिएको विदेशी लगानीमध्ये उत्पादन र खानी क्षेत्रमा सबैभन्दा धेरै ५६ अर्ब ७ करोड रुपैयाँ, विद्युत, ग्यास र पानी क्षेत्रमा ५४ अर्ब ६६ करोड रुपैयाँ र बैंक तथा वित्तीय क्षेत्रमा ५४ अर्ब २८ करोड रुपैयाँ लगानी भित्रिएको केन्द्रीय बैंकले जनाएको छ । यसपछि, यातायात, भण्डारण र टेलिकम्युनिकेशन क्षेत्रमा ९ अर्ब ८४ करोड रुपैयाँ र अन्य क्षेत्रमा २३ अर्ब ६५ करोड रुपैयाँ लगानी भित्रिएको छ ।

यस्तै, अहिलेसम्म भित्रिएको कुल १ खर्ब ९८ अर्ब रुपैयाँ विदेशी लगानीमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १ खर्ब २० अर्ब रुपैयाँ भित्रिएको छ । यसपछि गण्डकीमा ३० अर्ब, प्रदेश १ मा २५ अर्ब, प्रदेश २ मा १८ अर्ब, कर्णालीमा १ अर्ब र सुदूरपश्चिममा ४६ करोड रुपैयाँ मात्र विदेशी लगानी आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • २ खर्ब ले बढ्यो बैंकहरुको कर्जा लगानी
  • २०७८ भाद्र २४, बिहीबार २१:०३
  • In "आर्थिक"
  • फ्युज मसिनमा भित्रियो १५ करोड विदेशी लगानी, थप ३ सयले रोजगारी पाउने
  • २०७८ भाद्र २४, बिहीबार २१:०३
  • In "समाचार"
  • संस्थानमा सरकारको ऋण लगानीबाट ३१ अर्ब ५९ करोडको हिसाव गायव
  • २०७८ भाद्र २४, बिहीबार २१:०३
  • In "समाचार"
Tags: #आर्थिक#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

Next Post

अफगानिस्तानमा पाकिस्तानविरोधी प्रदर्शन, तालिबान मजबुर

भारतबाट कार ल्यान भयो सहज

डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइज छिट्टै बजारमा आउने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version