• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ग्रेटर नेपालको अभियान्ता बताउने फणिन्द्र नेपालले अदालतको आदेशलाई समेत अवज्ञा गर्दै


ग्रेटर नेपालको अभियान्ता बताउने फणिन्द्र नेपालले अदालतको आदेशलाई समेत अवज्ञा गर्दै

काठमाडौं । ग्रेटर नेपालको अभियान्ता बताउने फणिन्द्र नेपालले अदालतको आदेशलाई समेत अवज्ञा गर्दै विगत ५ वर्षदेखि कब्जा गरेको घरमा नगर प्रहरीले डोजर चलाएको छ ।
घरबेटी नरेश न्यौपानेलाई घरभाडा समेत नतिरी ग्रेटर नेपालको अभियान्ता बताउने फणिन्द्र नेपाल र उनकी श्रीमती रोहिका नेपालले सञ्चालन गर्दै आएको स्कुलमा पनि प्रहरीले डोजर चलाएको हो ।
काठमाडौं जिल्ला अदालत र काठमाडौं महानगरपालिकाको आदेशलाई समेत उल्लंघन गर्दै आघरवेटी नरेश न्यौपानेलाई उल्टै धम्की दिंदै आएका नेपाल दम्पत्तिमाथि अन्ततः नगर प्रहरी कानुनअनुसार कदम चाल्न बाध्य भएको हो।
नेपाल दम्पत्ति चावहिलमा रहेको न्यौपानेको घर कब्जा गरेर इडेन पब्लिक स्कुल सञ्चालन गर्दै आएका थिए । उक्त घर खाली गराउन जिल्ला अदालत, काठमाडौं महानगरपालिकाको न्यायीक समितिले पटक–पटक आदेश दिएको थियो । तर, नेपाल दम्पत्तिले भने घरबेटी न्यौपानेलाई उल्टै धम्की दिंदै घर कब्जा गर्दै आएका थिए । त्यसपछि महानगरपालिकाले भदौ १८ गते आइतबार घर खाली गराउने निर्णय भदौ १० गते गरेको थियो । भदौं १० मा रोहिका नेपाललाई पत्र लेख्दै महानगरपालिकाले भनेको थियो–‘तपाईले यो पत्र पाए वा रितपूर्वक तामेल भएपश्चात न्यायिक समितिबाट भएको निर्णय मिति २०७८/०७/१७ गते अगावै तपाई आफैले कार्यान्वयन गरी यस कार्यालयलाई जानकारी गराउनु होला । अन्यथा मिति २०७८/०७/१८ गते यसै कार्यालयबाट डोर खटि आई निर्णयानुसार कार्यान्वयन गरिने ब्यहोरा सूचित गरिन्छ ।’
यसरी पत्र काट्दा समेत नेपाल दम्पत्तिले घर खाली नगरेपछि नेपाल प्रहरीको सहयोगमा महानगर प्रहरीले आइतबार डोजर नै चलाएर घर खाली गराएको हो । नेपाल दम्पत्तिले २०७२ साउन १ गतेदेखि भाडामा लिएपनि २ वर्षपछिदेखि अहिलेसम्म भाडा समेत तिरेका छैनन् । न्यौपानेले पटक–पटक घरभाडाका लागि पहल गर्दा समेत उनीहरुले नतिरेपछि अन्ततः यो मुद्दा स्थानीय सरकार हुँदै अदालतसम्म पुगेको थियो ।
मिति २०७५ मंसिर १३ गते काठमाडौं महानगरपालिका वडा नं. ७ का अध्यक्ष शुद्धकुमार डंगोलको उपस्थितिमा रोहिका नेपाल र नरेश न्यौपानेबीच २०७५ साल चैत मसान्तभित्र घर खाली गर्ने र त्यसबेलासम्मको घर भाडा वापतको रकम २१ लाख ५० हजार तिर्ने सम्झौता भएको थियो ।
तर, चैत मसान्तसम्म पनि उनीहरुले भाडा तिर्नु त परको कुरा घर खाली पनि गरेनन् । न्यौपानेको घर हडपेर बसेका नेपाल दम्पत्तिले उल्टै अदालतमा मुद्दा हालेका थिए । वडा कार्यालय, काठमाडौं महानगरपालिका हुँदै अदालत पुगेको उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंले २०७७ माघ २० गते बाँकी बक्यौता चुक्ता गरी घर खाली गर्न आदेश दिएको थियो ।
त्यसअघि २०७६ मंसिर २३ गते काठमाडौं महानगरपालिकाले नेपाल दम्पत्तिले घरभाडा नतिरेको प्रष्ट हुन आएको भन्दै प्रहरीको सहयोगमा घर खाली गरी जानकारी गराउन रोहिका नेपाल (प्रिन्सिपल–इडेन पब्लिक स्कुल) लाई पत्र काटेको थियो । तर, उनीहरुले पटकपटकको ताकेता पश्चात पनि घर खाली नगरेपछि प्रशासनको सहयोगमा आइतबार घर खाली गराइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जनताको घर भत्काउने जनकपुरधामका पूर्व मेयर-उपमेयरबाट ७ लाख क्षतिपूर्ति तिराउने अदालतको आदेश
  • २०७८ भाद्र २४, बिहीबार १०:५६
  • In "मधेश प्रदेश"
  • प्रहरीको गोलि लागेर गम्भीर घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौं लगियो
  • २०७८ भाद्र २४, बिहीबार १०:५६
  • In "देश"
  • अदालतको आदेश उल्लंघन: जग्गा विवादमा प्रहरीको असहयोग
  • २०७८ भाद्र २४, बिहीबार १०:५६
  • In "मध्य पूर्व"
Tags: #अपराध#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

सिरहामा ट्रकले किचिएर घाइते युवकको अस्पतालमा शंकास्पद मृत्यु, धर्नामा परिवारजन

अनियमिततामै बदनाम राजकिशोर साह बने प्रदेश २ का भ्रष्टाचार नियन्त्रण गर्ने जनलोकपाल सदस्य 

आज हरितालिका तीज मनाइँदै : जनकपुरमा मधेशी र पहाडी समुदायका महिलाहरूसंगै रमाउदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version