• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनले हुम्लामा जग्गा मिचेको प्रमाण फेला परे नछोडने चेतावनी


चीनले हुम्लामा जग्गा मिचेको प्रमाण फेला परे नछोडने चेतावनी

तुईन प्रकरणमा छानबिन गर्दा समस्या नहुने, अनि हुम्लामा के छ भनेर हेर्दा, के को आपत्ति ?
काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले अहिलेको सरकारले विदेश नीति अवलम्बन गर्दा एउटै मापदण्ड अपनाउने बताएका छन् ।

रिपोर्टर्स क्लबमा शनिबार उनले भने, ‘एउटा मित्रराष्ट्रसँग सम्बन्ध राख्दा एउटा मापदण्ड र अर्को मित्रराष्ट्रसँग सम्बन्ध राख्दा अर्को मापदण्ड राख्नुहुँदैन् । त्यसो गरियो धेरै अप्ठ्यारो पर्छ । हामीले विदेश नीति अवलम्बन गर्दा फरक–फरक मापदण्ड अपनाउनुहुँदैन् । यदि अपनाईयो भने अविश्वास बढ्छ । चियोचर्चा बढ्छ । हामीले आफ्नो आवश्यकत्ता र स्वार्थलाई केन्द्रमा राख्नुपर्छ । आफ्नो कुरा भन्दा पनि उनीहरुको कुरा बुझेर परराष्ट्र नीति सञ्चालन गर्नुहुँदैन् । यो सरकारले विश्वासको आधारमा दुई देशबीच सम्बन्ध अघि बढाएको छ ।’

महतले आफूहरु कसैको लहैलहैमा नलाग्ने पनि बताए । उनले भने, ‘हिजोको सरकार कसैको लहैलहैमा लागे होलान्, तर हामी लाग्दैनोैं । हामी नेपालको चाहे सीमाको कुरा आउँछ, राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वार्थ र आवश्यकत्ताको कुरा आउँछ, चाहे चीन होस वा भारत होस, लिम्पियाधुराको सवालमा पनि हामीले एक स्वरमा भन्यौं । हुम्लाको विषयमा प्रश्न उठेको छ । तुईन प्रकरणमा छानबिन गर्दा समस्या नहुने, अनि हुम्लामा के छ भनेर हेर्दा, के को आपत्ति ? समस्या रहेनछ भने ठिकै हो नि । अतिक्रमण देखियो भने संयुक्त रुपमा हल गर्नुपर्छ । अध्ययन गर्दैमा र छानबिन गर्दैमा सम्बन्ध बिग्रिँदैन् । छानबिन पनि हुन्छ । आफ्नो पक्षबाट कमजोरी देखियो भने त्यो कुरा पनि उठाउनुपर्छ ।’

महतले नेपालको परराष्ट्र नीतिको मूल मन्त्र भनेको नै आफ्नो देशको स्वार्थ र हितको संरक्षण गर्नु भएको तर्क गरे । उनले भने, ‘भारत होस वा चीन होस, हाम्रो परराष्ट्र नीतिको मूल मन्त्र भनेको नेपालको स्वार्थ र हितको संरक्षण गर्ने हो, हाम्रो स्वार्थ र आवश्यकत्तालाई केन्द्रविन्दुमा राखेर विदेश नीति हुन्छ ।’
उनले देशको सुरक्षा र राष्ट्रिय अखण्डताप्रति कांग्रेस सधैं सजग रहेको दावी गरे । ‘हामी जनताको बीचमा गएर उत्ताउलो नारा लगाउँदैनौं’, महतले भने– ‘हामी आफ्नो कुरा निर्धक्कसँग राख्छौं । दार्चुलाको तुईन घट्नाको बारेमा छानबिन समिति बनायौं । समितिले रिपोर्ट ल्यायो । त्यसको आधारमा परराष्ट्र मन्त्रालयलाई लेखेर दिएको छ । मन्त्रालयले मित्रराष्ट्रसँग मौखिक रुपमा कन्भे गरिसकेको छ । मैले बुझेअनुसार औपचारिक रुपमा पत्राचार हुँदैछ । हेलिकप्टर उडाइरहेको कुरामा पनि हामीले यकिन हुनुपर्छ । पूर्ण जानकारी लिएपछि त्यसको आधारमा उठान गर्नुपर्ने विषय भए सरकारले उठान गर्छ ।’

चिन   सँगको सीमा विवादबारे अध्ययन समिति बनाईएको बताउँदै भने, ‘चीनसँगको सीमाको कुरा गर्दा हुम्लामा पहिलेदेखि नै समस्या छ भनेर भनिएको छ, अतिक्रमण भएको कुरा निर्वाचित प्रतिनिधिले भनेका छन् । पहिलेको सरकारकै पालामा यो विषय उठेको हो । अहिलेको सरकारको पालामा पनि उठेको छ । अहिले मन्त्रिपरिषदले छानबिन समिति बनाएको छ । समितिले जे निश्कर्ष निकाल्छ, त्यही हुन्छ । मिचिएको कुरा देखिए नेपाल सरकारले आफ्नो कुरा उठाउँछ ।’ महतले भारत होस वा चीन होस जायज विषयलाई मित्रराष्ट्रले सुन्नुपर्ने बताएका छन् ।

उनले एमसीसीमा भएका आशंकाहरु अमेरिकी सरकारले हटाउने पनि विश्वास दिलाए । महतले भने, ‘एमसीसी अनुदानमा आएको कार्यक्रम हो । अर्थ मन्त्रालयको संयन्त्रले कार्यान्वयन गर्दैछ । सैन्य प्रयोजनमा यो पैसा प्रयोग गर्न पाईँदैन् । कतिपय विषय यो छ कि उ छ कि भनेर कुरा उठेको छ । यसको बारेमा पनि स्पष्ट पार्न सरकारले पहल गरिरहेको छ । एमसीसीबारे अस्पष्ट भएका कुरा, पब्लिकमा भएका अस्पष्ट र जिज्ञासा, आशंका छ, प्रचार धेरै कुरा भएका छन् । त्यो विषयमा अमेरिकी सरकारले क्लारिफाई गर्ला । आशंका निराकरण हुनेछ । यो प्रक्रिया अघि बढ्छ ।’

त्यस्तै, महतले छिट्टै सरकारले पूर्णता पाउने स्पष्ट पारेका छन् । उनले भने,‘अब मन्त्रिपरिषद् चाँडो विस्तार हुनुपर्छ । सरकार गठन भएको लामो समय भैसकेको छ । विभिन्न घटक र पार्टी जोडेर सरकार बनाउनुपरेको छ । घटक दलले समयमा नामावाली नदिँदा, खासगरी माधवजीलाई पार्टी बनाउन लामो समय लाग्यो । जसपाबाट पनि नाम आउन ढिला भयो । तर, अब लम्ब्याउनुहुँदैन् । कांग्रेसमा मन्त्री बनाउने बारेमा कुनै समस्या छैन् । हामी त मन्त्री बन्ने साथीहरुको नाम टुँगो लगाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • काङ्ग्रेस सरकार चीनको कम्युनिस्ट सरकारबाट प्रभावित नहुने – महत
  • २०७८ भाद्र २१, सोमबार ०८:५५
  • In "देश"
  • के माल्दिभ्समा कट्टरवादको छाया बढ्दै छ ?
  • २०७८ भाद्र २१, सोमबार ०८:५५
  • In "BannerNews"
  • अमेरिका र चीनलाई भन्नुपर्छ– भूराजनीतिक लफडामा नेपाललाई नपार्दिनुस् : विजयकान्त कर्ण (अन्तर्वार्ता)
  • २०७८ भाद्र २१, सोमबार ०८:५५
  • In "BannerNews"
Tags: #अपराध#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

कुर्थादेखि विजलपुरासम्मको ९० प्रतिशत रेल्वेको काम सम्पन्न

जनकपुरधाममा करोडौं रुपैयाँ खर्चेर बनाइएको सडकमा जताततै खाल्डाखुल्डी

देउवाको एक किकले ढल्दै वामपन्थी कम्युनिस्टको राष्ट्रियता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version