• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अफगानिस्तानमा दुईवटा नयाँ संकट शरणार्थी समस्या र आईएसएसके


अफगानिस्तानमा दुईवटा नयाँ संकट शरणार्थी समस्या र आईएसएसके

गत अगस्ट १५ मा तालिबान विद्रोहीहरुले अफगानिस्तानको राजधानी काबुलमाथि कब्जा जमाएसँगै दुईवटा प्रश्न जन्मिएका थिए ः पहिलो– तालिबानी शासन विगतको जस्तै कठोर हुन्छ वा उनीहरुले उदार नीति अवलम्वन गर्नेछन् ? दोस्रो– अफगानिस्तान विगतको जस्तै आतंकवादीहरुको सेल्टर बन्ला या शान्ति क्षेत्र बन्ला ?

तालिबानको पुनरोदयसँगै जन्मेका यी दुई प्रश्नको जवाफ नआउँदै अफगानिस्तानमा दुईवटा नयाँ संकट मडारिएका छन् । एक– थेगिनसक्नुको शरणार्थी समस्या । दुई– काबुल एयरपोर्टमा इस्लामिक स्टेटले गराएको नरघाती विस्फोटनले दिएको आतंकवादको पूर्वसन्देश ।

तत्कालीन सोभियत संघले अफगानिस्तानबाट सेना फिर्ता गरिसकेपछि सन् १९९६ मा तालिबानीहरुले पहिलोचोटि अफगानिस्तानको सत्ता कब्जा गरेका थिए । उनीहरुले १९९६ देखि सन् २००१ मा अमेरिकाले आक्रमण नगर्दासम्म शासन चलाए । अहिले २० वर्षपछि अमेरिकी सेना फर्कने तयारी हुँदैगर्दा सत्तामा तालिबानीहरुको पुनरागमन भएको छ । दोस्रोचोटि सत्तामा आउँदा तालिबानीहरुले उदार नीति अपनाउने र आतंकवादीहरुलाई प्रश्रय नदिने धेरैको अनुमान र अपेक्षा थियो । चीनले पनि तालिबानी नेताहरुलाई बेइजिङमा बोलाएर अतिवादीहरुसँग सम्बन्ध नराख्न भनेको थियो भने पश्चिमा मुलुकहरुले महिला अधिकार र मानव अधिकारको सम्मान गर्न भनिरहेका थिए ।

सन् १९९६ देखि २००१ सम्मको शासन सञ्चालनका बेला तालिबानीहरुले एकातर्फ महिलाप्रति कठोर नीति लिने र निरंकुश शासन चलाउने काम गरे भने अर्कोतिर विभिन्न आतंकवादी समूहलाई देशभित्र सेल्टर दिने काम गरे । अन्ततः तिनै मध्येका एक अलकायदाका नेता बिन लादेनलाई सेल्टर दिएकै कारण त्यसबेला अमेरिकाले तालिबानी शासन ढाल्यो र अफगानिस्तानलाई आफ्नो कब्जामा लियो ।

तालिबानीहरुले पहिलोचोटि सत्ता हातमा लिएकै साल सन् १९९६ मा अलकायदाका नेता ओसामा बिन लादेन साउदी अरबबाट अफगानिस्तान छिरेका थिए । लादेनले अमेरिकाको ट्विन टावरमा आत्मघाती हमला गरेपछि तालिबानी शासनमाथि दुर्दिन शुरु भएको थियो ।

अहिले फेरि हिजोको अलकायदाले गरेजस्तै इस्लामिक स्टेट (आईएस) ले तालिबानीहरुलाई चुनौती दिन सुरु गरिसकेको छ । काबुल विमानस्थलमा भएको आत्मघाती हमलाले अब तालिबानीमाथि प्रश्न उब्जाएको छ कि अब उनीहरुले आईएसप्रति कस्तो नीति लेलान् ? कतै अफगानिस्तान आईएसको सेल्टर त बन्ने छैन ? अनि आईएसको सामना तालिबानले एक्लै गर्न सक्छ या आईएसलाई बहाना बनाएर फेरि त्यहाँ अमेरिकालगायत पश्चिमी राष्ट्रको उपस्थिति कायमै रहनेछ ?​ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अफगानिस्तानमा दुईवटा नयाँ संकट शरणार्थी समस्या र आईएसएसके
  • २०७८ भाद्र १४, सोमबार २१:३९
  • In "अन्तराष्ट्रिय"
  • तालिबान सत्तामा आउँदा अब आतंकबादीहरुको अड्डाका रूपमा परिणत हुने खतरा
  • २०७८ भाद्र १४, सोमबार २१:३९
  • In "अन्तराष्ट्रिय"
  • तालिबानले कब्जा देखि अफगानिस्तानमा ‘विश्वकै सबैभन्दा ठूलो भोकमरी
  • २०७८ भाद्र १४, सोमबार २१:३९
  • In "अन्तराष्ट्रिय"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

ज्यान मारा खोलामा ‘डुड्डायुग’ अन्त्य

अफगानिस्तानमा दुईवटा नयाँ संकट शरणार्थी समस्या र आईएसएसके

चीनले सैन्य गतिविधि बढाउँदा अर्बौँको लडाकू विमान किन्दै ताइवान

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version