• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मधेस झरेका उपेन्द्र यादवलाई शहिद परिवारले लखेटे, क्षतिपूर्ति नदिएर पटक पटक ठगेपछि प्रतिकारमा उत्रिए मधेसवासी


मधेस झरेका उपेन्द्र यादवलाई शहिद परिवारले लखेटे, क्षतिपूर्ति नदिएर पटक पटक ठगेपछि प्रतिकारमा उत्रिए मधेसवासी

जनकपुरधाम । मधेस आन्दोलनमा मधेसीको अधिकारका लागि सोझासाझा मधेसी जनतालाई शहिद बनाउने नेता हुन् उपेन्द्र यादव । तर त्यतिबेला भनेजस्तो अधिकार अझै पाइएको छैन ।

त्यो मधेसीको आन्दोलन, मधेसी नागरिकको शहादत उपेन्द्रका लागि खाली सत्ताको सिँढी चढ्ने माध्यम बन्यो । कतिसम्म भने शहिदका परिवारले वर्षौ वित्दा पनि राहत र क्षतिपूर्ति पाएका छैनन् ।

पटक पटक सत्तामा पुगेका उपेन्द्रले ठोस प्याकेज ल्याउन कुनै चासो दिएनन् शहिद परिवारका लागि । पटक पटक आश्वासनमात्रै बाँडिरहे । मधेसी जनतालाई ठगिरहे । पटकपटक ठगेपछि शहिद परिवारको धैर्यताको बाँध टुटेको छ ।

हालै जनकपुर पुगेका उपेन्द्रलाई शहिद परिवारका सदस्यले नाराबाजी गरेर लखेटेका छन् । भित्र कार्यक्रम हुँदा बाहिर शहिद परिवारका सदस्यले आफूहरुलाई पटक पटक ठगेको भन्दै नाराबाजी गरेका थिए ।

उनीहरुको नाराबाजीका बिच केही शहिद परिवारका सदस्यलाई एउटा गम्छन दिएर सम्मानका नाममा भुल्याउन खोजे पनि सफल भएनन् । अन्तत मधेसी शहिद परिवारको नाराबाजीबिच उपेन्द्र त्यहाँबाट बाहिरिए ।

विभिन्न आश र भरोसा बोकेर उपेन्द्र कहाँ गएका शहिद परिवारलाई उनले एक गम्छा दिएर ठगे । शहिदको परिवारले पाउने क्षतिपूर्ति पहिला संघीय सरकारले दिन्थ्यो । अहिले संघबाट तानेर प्रदेशमा ल्याइएको छ । तर ३ वर्ष वित्दा पनि उपेन्द्रका कार्यकर्ता लालबाबु राउत मुख्यमन्त्री बनेर आफ्नै पार्टीको सरकार हुँदा बाँडिएको छैन ।

उपेन्द्रले शहिद परिवार भुल्याउन यसपालि पनि आफ्नै पार्टी नेतृत्वको प्रदेश सरकारलाई शहीद परिवारको भरण पोषण तथा घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन निर्देशन पनि दिए । यो निर्देशन यादवले विगत ३ वर्षदेखि दिँदै आएका छन् । तर शहिद परिवार रोडमा छन् । शहिद परिवारको भावनासँग खेलवाड गरी विभिन्न कार्यक्रममा सहयोगको नाममा बोलाएर गम्छा दोसल्ला दिएर नै ठग्दै आएका छन् ।

शहिद परिवारहरुलाई रोजगारी, घाईतेको उपचार सहितको वाचाहरु यादवले विगतदेखि नै गर्दै आएका छन् । शहिद परिवारको नाममा विनियोजन गरिएको रकमलाई विभिन्न योजना र जनप्रतिनिधिहरुको तलब भत्तामा राखेको भन्दै केही दिनअघि शहिद परिवारहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन समेत गरेका थिए ।

प्रदेश सरकार बनेको ४ बर्ष भएपनि शहिद परिवारहरुले रोजगारी पाउन सकेको छैनन् । कार्यक्रममा सहभागी शहिद परिवारका सदस्यले पटक पटक आश्वासन दिएर आफूहरुलाई ठगेको गुनासो गरेका थिए । nepalpana

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सत्ता र शक्तिका लागि मधेसका शहिदको सपनामाथि लात हान्ने नेता उपेन्द्र
  • २०७८ भाद्र १३, आईतवार ११:३४
  • In "BannerNews"
  • सत्ता र शक्तिका लागि मधेसका शहिदको सपनामाथि लात हाने उपेन्द्रले, मधेसी जनता आक्रोशित
  • २०७८ भाद्र १३, आईतवार ११:३४
  • In "BannerNews"
  • उपेन्द्र यादवले सत्ताका लागि मधेसलाई धोखा दिएको आरोप
  • २०७८ भाद्र १३, आईतवार ११:३४
  • In "देश"
Tags: #अपराध#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै, देशभर सार्वजनिक विदा

चाँडै मन्त्रिपरिषद विस्तार गर्न गठबन्धनका नेताहरु सहमत

गणन थापाको घोषणा- कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिन्छु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version