• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रचण्डलाई साइजमा ल्याउन हिन्दु राष्ट्रकाे मुद्दा अगाडि बढाउदै पुर्व प्रधानसेनापति कटवाल


प्रचण्डलाई साइजमा ल्याउन हिन्दु राष्ट्रकाे मुद्दा अगाडि बढाउदै पुर्व प्रधानसेनापति कटवाल

काठमाडौँ ।  नेकपा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक भविश्य सिध्याइदिने भन्दै मैदानमा उत्रिएका छन् । पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवाल नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने भन्दै मैदानमा उत्रिएका छन् ।

प्रचण्डलाई बेलाबेलामा भुत जसरी तर्साउने कटुवाल राजनीतिमा आएपछि उनलाई गलपासो बनेको छ । नेपाली राजनीतिमा कटुवाल काण्ड चर्चित छ । यसलाई प्रधानसेनापति प्रकरण पनि भनिन्छ । धर्म निरपेक्षताको वकालत गर्ने प्रचण्डलाई यो विषयले तनाव दिएको छ ।

२०६६ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई पदबाट हटाएर कुलबहादुर खड्कालाई प्रधानसेनापतिको नियुक्तिपत्र नै दिएका थिए । तर, तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले निर्णय रोकेका कारण सेनापति कटवाल पदमै रहे ।

यो प्रकरणपछि प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले राजनीतिक रुपमा निकै ठूलो धक्का खान पुगे । यो घटनापछि प्रचण्ड माओवादीप्रति निकै अनुदार बने । उनले सेवानिवृत्त भएपछि पनि माओवादी र प्रचण्डविरुद्ध आफूलाई उभ्याइरहे ।

अहिले उनै रुक्माङ्गत कटवाल हिन्दु राष्ट्र अभियानको शंखघोष गर्न पुगेका छन् । उनले ३ भदौमा हिन्दु धर्मगुरु र संस्थाहरुलाई साक्षी राखेर संयोजकका रुपमा हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियानको शंखघोष गरेका छन् ।

कटवाल हिन्दु राष्ट्र अभियानमा लाग्नु अर्थपूर्ण छ । पूर्वप्रधानसेनापति कटवाल निडर परिचय बनाएका हुन् । त्यसमाथि उनलाई माओवादीको कटु आलोचक मानिन्छ । प्रचण्डलाई उनले मुख्य प्रतिद्वन्द्वी देख्दै आएका छन् ।

नेपालमा एकात्मक राजनीतिक प्रणालीबाट संघीय राज्य प्रणालीको स्थापनामा प्रचण्ड मुख्य हुन् । राजसंस्था हटाएर गणतन्त्र स्थापना गर्न उनकै मुख्य योगदान छ । हिन्दुराष्ट्र हटाएर संविधानमा धर्मनीरपेक्ष राख्न उनैले प्रमुख भूमिका खेलेका थिए ।

त्यसैले हिन्दुराष्ट्र पक्षधरको सक्रियता बढ्दा उनले धर्मनीरपेक्षता जोगाउनुपर्ने खुलेरै बोलेका छन् । बाबुराम भट्टराई र उपेन्द्र यादवले पनि धर्मनीरपेक्षताका् पक्षमा खुलेर बोलेका छन् । शिर्ष नेताहरुमा शेरबहादुर देउवा, केपी शर्मा ओली, महन्थ ठाकुरले धर्मनीरपेक्षताको पक्ष वा विपक्षमा खुलेर बोलेका छैनन् । शिर्ष नेतामा प्रचण्डले मात्र धर्मनीरपेक्षताको रक्षाका लागि बोल्दै आएका छन् । यता हिन्दुराष्ट्रका पक्षधरहरु विस्तारै सक्रिय भइरहेका छन् । यसले अब प्रचण्डको मुख्य चुनौती हिन्दुराष्ट्रका पक्षधर हुने देखिएको छ । हिन्दुराष्ट्र अभियानका संयोजक बनेर प्रस्तुत भएका कटवाल नै यो मुद्दामा मुख्य चुनौती बन्न सक्छन् ।राजनीतिक वृत्तमा अहिले कटवाल नै किन हिन्दुराष्ट्र अभियानमा अघि सरे भन्ने विश्लेषण भइरहेको छ । विगतमा पनि प्रचण्डलाई धक्का दिन सकेकोले उनैलाई हिन्दुराष्ट्रका अभियन्ताहरुले विश्वास गरेको देखिन्छ ।हिन्दुराष्ट्रको विपक्षमा खुलेर प्रस्तुत हुनेमा प्रचण्ड र बाबुराम भट्टराई मुख्य हुने निश्चित छ । अन्य दलका शिर्ष नेताहरु पछि मात्र खुल्ने वा खुल्दै नखुल्ने लाइनमा छन् । उनीहरुलाई खुल्न वाध्य पार्न अभियान नै सारिएको देखिन्छ ।नेपाली राजनीतिमा धर्मको मुद्दा जोडतोडले उठिरहँदा यसलाई बेवास्ता गर्न नसकिनेमा धर्मनीरपेक्षताका पक्षधरहरु पनि देखिएका छन् । यसले अब धर्मको मुद्दाले टकराव हुने निश्चितप्रायः छ ।कटवाल यसका लागि अभियानका संयोजक बनेका छन् । यो मुद्दामा प्रचण्ड र कटवाल फेरि आमनेसामने हुने देखिदैछ । प्रचण्डका लागि फेरि कटवाल चुनौती बनेर आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • राजनितिक स्थिरताको लागि प्रचण्ड-देउवा मित्रता अपरिहार्य
  • २०७८ भाद्र ८, मंगलवार १८:१२
  • In "BannerNews"
  • प्रचण्ड–माधवको दावी : निर्वाचन आयोगले केही दिनमै हाम्रो पक्षमा निर्णय गर्छ
  • २०७८ भाद्र ८, मंगलवार १८:१२
  • In "देश"
  • प्रधानमन्त्री देउवाले एमसीसीलाई संसदमा पेश हुने सुइँको पाएपछि चिनियाँ राजदूत अत्तिईन
  • २०७८ भाद्र ८, मंगलवार १८:१२
  • In "मुख्य समाचार"
Tags: #धर्म-संस्कृतिक#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

स्टीभ जब्सले हस्ताक्षर गरेको ‘एप्पल टू’को म्यानुअल साढे ९ करोडमा बिक्यो

हिन्दू मन्दिरमाथि भएको तोडफोडका विषयमा प्रधानमन्त्री इमरान खानको गम्भीर ध्यानाकर्षण

सप्तरीमा मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउतको राजीनामा माग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version