काठमाडौं,१० पुस_राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्री आजै नियुक्त गर्ने भएको छ । राष्ट्रपतिले प्रधानमन्त्रीका लागि सात दिनभित्र दावी पेस गर्न दिएको समयसीमा भित्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दावी पेस गरेका थिए ।प्रचण्डले १६९ सांसदसहित राष्ट्रपति कार्यालयमा दावी पेस गरेपछि प्रक्रिया पुर्याएर आइतबारै नयाँ प्रधानमन्त्रीमा प्रचण्डलाई नियुक्ति गर्न लागिएको शीतल निवास स्रोतले जनाएको छ । ‘दावी पेस भयो, अब आजै प्रक्रिया पुर्याएर प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गर्ने गरी तयारी भइरहेको छ’, शीतल निवास स्रोतले बताएका छन ।